ताजा समाचार
  • कपिलवस्तुमा २ सय २ महिलाको प्रतिनिधित्व सुनिश्चित
  • ‘प्रमुख पदमा महिला पन्छाइँदै’
  • ‘न्याय पाउने आस मर्दै गयो’
  • म्यादी प्रहरीमा महिला उत्साही
  • प्रहरीकी श्रीमतीको शंकास्पद मृत्यु, माइती भन्छन् : छोरो पाइन भन्दै कुट्थे
  • मेलापातमा पनि चुनावकै चर्चा  
  • Samakon – (EP143) स्थानीय निर्वाचन : जित्ने र जिताउने भूमिकामा महिला
  • Samakon – (Ep142) ‘वन सरंक्षणमा महिला : नेतृत्व र लाभको हिस्सेदार कहिले बन्ने ?’
  • Samakon (Ep -141) ‘कसरी पुर्याउने न्यायमा महिलाको पहुँच ?’
  • महिलाको मृत्यु ‘रहस्यमय’
  • ‘प्रमुख पदमा महिला पन्छाइँदै’
  • महिलाको अश्लिल भिडियो खिचेर फेसबुकबाट चरित्र हत्या गर्ने पक्राउ
  • भाईबहिनीको सहरा बन्दै सितल
  • दोलखाको खोपाचाँगु–स्वरुङ्खोला–साङ्वा जोड्ने सडक अनुगमनको क्रममा सहभागी स्थानीय महिला । तस्वीरः सर्मिला बुढाथोकी/दोलखा
  • न्याय र सुरक्षामा सडक नाटकः विपन्न तथा सिमान्कृत समुदायको न्याय र सुरक्षामा पहुँच वृद्धिका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा आयोजित सडक नाटक । तस्वीर/पार्वती पाण्डे ।

    तीन वर्षीया कलाकार विदेहा

    प्रकाशित मिति :2016-10-05 15:00:06

    अञ्जली रम्तेल

    3
    काठमार्डौं । विदेहा रञ्जन उमेरले त भर्खर तीन वर्षकी हुन्, तर उनको प्रतिभाले अहिले नै उनी भविष्यकी कुशल कलाकार हुनसक्छिन् भनेर पहिचान दिइसकेको छ ।

    केहीदिन अघि बबरमहलस्थित नेपाल कला परिषद्मा उनले बनाएका चित्रकला प्रदर्शनीको आयोजना गरियो । प्रदर्शनी हेर्न आउने जो कोही उनको प्रतिभा देखेर आश्चर्य मानिरहेका थिए ।

    ‘सिर्जनाको बिहानी’ शीर्षक दिइएको उक्त एकल चित्रकला प्रदर्शनीमा उनी नौ महिना हुँदादेखि कोर्न थालेका चित्रकला राखिएका थिए । लेखक तथा कलाकार समेत रहेका बाबु पल्लव रञ्जनले भने–‘उनले साधारण तरिकाले बनाएका चित्रप्रति सुरुमा खासै वास्ता गरिएन, तर जब उनी बाहिर कतै गएर आउने बित्तिकै चित्र कोर्न थालिन अनि उनको चित्र लेखनमा हामीले पनि चासो दिन थाल्यौँ ।’

    उनलाई चित्र बनाउन आवश्यक सम्पूर्ण सामग्री पेन्सिल, कलर, मार्करको व्यवस्था आमाबाबुले मिलाइदिएपछि उनी बिहानै ६ बजे उठेर चित्र कोर्न थालिहाल्थिन् । उनकी आमा भगवतीले भनिन्–‘हामी बिहान सुतिरहेका हुन्छौँ, तर उनी बिहानै उठेर चित्र कोर्न बस्छिन् । उनलाई के बनाएको भनेर सोध्यो भने सबै भन्छिन् र कस्तो लाग्यो भनेर हामीलाई नै सोध्छिन् ।’

    4

    आफ्नो तेस्रो जन्मदिन मनाउने क्रममा तीन दिनअघि उनका बाबु पल्लवले उपहारस्वरुप उनले बनाएका चित्रहरूको प्रदर्शनी गरिदिए । विदेहाले आफू गएको ठाउँमा राम्ररी विश्लेषण गर्ने र पछि घरमा आएर त्यसैलाई कागजमा उतार्ने गरेको आमा भगवतीले भनिन् ।

    बाबु पल्लवले भने–‘बच्चालाई कहिल्यै पनि के चित्र बनाउने भनेर सिकाउने हैन, चित्र कोर्न आवश्यक पेन्सिल, कलर, मार्कर दिएर छाडिदिने हो । सिकाउन थाल्यो भने हामीले बनाएको चित्र नै नक्कल गर्ने मात्र हुन्छ । उनीहरूको सिर्जना निस्कन पाउँदैन ।’

    विदेहाको चित्रमा विभिन्न जनावर, व्यङ्ग्यचित्रका पात्र, पुतली, परिवारका सदस्य, हाँस, कुखुरा, मादल, बाँसुरी, मःमजस्ता चित्र देख्न सकिन्छ । कसैको जन्मदिनमा गएका बेला त्यहाँ देखेको केक, मैनबत्ती, वरपरका मान्छेलाई समेत उनले आफ्नो चित्रमा राखिहाल्छिन् ।
    प्रदर्शनीमा ८० चित्रकला समावेश थिए । प्रदर्शनीले बाल मनमस्तिष्कभित्रको झलकमात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बौद्धिकता, सिर्जनशीलता, शारीरिक र रचनात्मक क्षमता अभिवृद्धिसम्बन्धी चेतनालाई देखाउने कोसिस गरेको छ ।

    tt

    त्यतिमात्र हैन उनी फोटोग्राफीमा समेत रुचि राख्छिन् । उनका बाबु पल्लवले दिएको आइफोनबाट उनले आफूलाई मन लागेको ठाउँ, मान्छे, घरपालुवा जनावरको समेत तस्बिर खिचेर राखेकी छन् । बाबु पल्लवले त्यसको पनि प्रदर्शनी गर्ने तयारी गरेको जानकारी दिए ।

    आफ्नै आमाबाबुले खोलेको विद्यालयमा विदेहाले मादल, बाँसुरी बजाउन समेत सिकिसकेकी छिन् । उनले नेपाली र अँग्रेजी २० वटा गीत कण्ठस्त सुनाउन सक्ने आमा भगवतीले बताइन् ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    ‘न्याय पाउने आस मर्दै गयो’

    भवानी भट्ट, कञ्चनपुर . सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी लिन थालेपछि शुक्लाफाँटा नगरपालिका–१ वंशाका पल्टु

    भाईबहिनीको सहरा बन्दै सितल

    लमजुङ । नाम सितल तामाङ, उमेर १३, ठेगाना बेशीसहर नगरपालिका बजारखुट्टा । घरमा कोको हुनुहुन्छ

    गर्भपतनविरुद्ध सन्देशमूलक होडिङबोर्ड राख्न निर्देशन

    लिंग पहिचान गरी गर्भपतन गर्ने गराउने संख्या बढ्दै गैरहेको बेला व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ

    दिल्लीको कोठीबाट नेपाली चेलीको उद्धार

    -पार्वती पाण्डे- बालिकाको बयान अनुसार उनलाई मकवनपुरकै उर्मिला तामाङ र सुकमाया

    महिलाले मात्र बन्ध्याकरण गर्नुपर्ने बाध्यता

    कार्यालयले सञ्चालन गरेको दुई महिने निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ९ सय ४८ जना

    Read more
    ताजा अपडेट
    %d bloggers like this: