ताजा समाचार
  • किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष
  • नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा
  • तीन महिला मृत भेटिए
  • पाँच महिना बित्दा समेत किशोरी हत्या रहस्यमै
  • करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
  • पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा
  • बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या
  • विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला
  • रोगी बन्दै मनोञ्जनकर्मी
  • ‘छोरा नभएकै कारण श्रीमानकाे टोकसो’
  • अंश र वंशका पेचिला कुरा
  • ‘छाउ बार्न’ धामीकै दबाब
  • कार्यक्रम संचालन, संजाल विकास र मेलमिलाप तालिम शुरु
  • चट्याङ लागेर आमा छोरीको ज्यान गयो
  • ब्लड क्यान्सर पीडित उर्मिलालाई आर्थिक सहयोग

    लक्ष्मीहरू कहिलेसम्म मरिरहने लोकतान्त्रिक ढोँगी समाजमा ?

    प्रकाशित मिति :2016-12-13 13:45:58

    मीरा प्रसाईं
    20161119_205009‘मेरो ममीलाइ स्कुलको पोलमा बाँधेर कुट्दै दिशा खुवाए । मेरो स्कुलको सरले कुटेकै कारण मेरो ममी मर्नु भयो ‘दश वर्षीय बालक सुमन नेपालीको बयानमा आधारित पीडादायी समाचार बिहानै अनलाइनमा पढें । बोक्सीको आरोप लागेकी लक्ष्मी परियारलाई उनकै छोराका शिक्षक हिरा लामाको नेतृत्वमा केही गाउँले मिलेर मलमुत्र खुवाइ मरणासन्न यातना दिएको कारण मृत्यु भएकी निर्दोष लक्ष्मी परियार र उनका नाबालक दुई सन्तानको विक्षिप्त बालमनोविज्ञानका बारेमा सोचेर दिनभरी मन पिरोली रहयो ।

    सभ्य र सचेत मानिसको बथानमा बस्ने कुमान्छेको मनस्थिति देखेर दया लाग्यो ! एक्काइसौं शताब्दीमा आइपुगेका हामी अझै कहाँ छौ ? कता हराएका छौं ? कुन युगमा बाँची रहेका छौ? समाज परिवर्तनको सम्बाहक बन्नु पर्ने शिक्षकद्वारा नै बोक्सीको आरोपमा निर्दोष महिलालाई निर्घात कुटपिट गरिन्छ भने खोइ त्यस्ता शिक्षकले आर्जन गरेको शिक्षा ? अन्धिवश्वाससँग सम्बन्धित यो त प्रतिनिधि घटना मात्रै हो, दलितले मन्दिर छोएको आरोपमा पुजारीद्वारा बालबालिकाहरूलाई चार पाटा मुडिन्छन्, पानी छोएको आरोपमा पीडित बन्छ्न , गृहकार्य नगरेको निहुँमा शिक्षिकाद्वारा गोबर खुवाइन्छ । बोक्सीको आरोपमा मरणासन्न कुटिन्छन् । शहर होस या गाउँ जहा पनि निर्धाहरू नै हेपिन्छन, हेपिएका छन् ।

    हामी लोकतन्त्र, समानता र समावेशिकरणका बकम्फुसे कुरा गरिरहन्छौं । समाजले जतिसुकै सभ्यताको ढोङ रच्न खोजेपनि तल्लो दर्जा कहलिएका निर्धा र निमुखा उपल्लो दर्जा भनिनेहरूबाट सँधै शोषित छन् । हाम्रो समाजले कहिलेसम्म यो बेथितिलाई डोर्याइ रहन्छ । शिक्षामा मनोविज्ञानको कमी हुँदा अन्धविश्वास धमिराले खोक्रो बनाइ सकेको मनस्थितिको उपचार गर्नु जरुरी छ अनिमात्र विभेदरहित समाज निर्माण हुनेछ । केहीसमय अगाडि धरानको बिपी कोइराला प्रतिष्ठानको गर्ल्स होस्टलमा ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि कलाकार सन्तोष पन्त र रामेश्वर शाहद्वारा यौन हिंसा भएको समाचार छापाहरूमा पढें । त्यहाँ पनि एउटी गरिब महिला नै पीडित भएकी थिइन् । केहीदिनपछि उक्त घटनालाई मिलापत्रमा मिलाइयो । पीडितको गरिवमाथि पीडकको शक्ति हाबी भयो । प्रहरी र गाउँलेको रोहबरमा पीडित लक्ष्मी परियार र पीडक हिरा लामा मिलापत्रमा मिले पनि अचेत हुने गरि निर्घात पिटाइ खाएकी लक्ष्मीले चौबिस घन्टा पनि नबित्दै उपचारको अभाबमा ज्यान गुमाइन । नाबालक सन्तानको बाल अधिकार खोसियो । यस्तो कठ्याङ्ग्रीदो चिसोमा ममतामयी आमाको न्यानो काखबाट बन्चित भए उनीहरू ! पीडकले क्षणिक आबेगमा होस वा कुनै कलहका कारण नै किन नहोस तनाब नियन्त्रण गर्न नसक्दा लक्ष्मी परियारको मृत्युको कारण बन्न पुगिन् । निर्दोष लक्ष्मीको हत्यारा हिरा लामालाई कस्तो सजाय दिने रु सरकार भएको अनुभूती हुने गरि उक्त घटनामाथि न्यायोचित छानबिन होस् ।

    आमाको अप्रत्याशित मृत्युबाट इमोस्नल ट्रमाटाइज्ड भएको सुमनको बाल मनोविज्ञान कस्ले बुझीदिने ? दुई बर्से नाबालकको क्रन्दन कस्ले सुन्ने ? दश बर्से बालक सुमनका अघिल्तिर आफ्नी आमालाई त्यो हदसम्मको अत्याचार गर्दा बालक सुमनको बाल मनोविज्ञान मा दिर्घकालिन असर पर्न सक्छ भन्ने कुरा किन बुझेन कथित शिक्षक हिरा लामाले ? केही वर्ष पहिला नयाँ पत्रिकामा ‘ गृहकार्य नगरेको निहुँमा शिक्षिकाद्वारा बिध्यार्थीलाइ गोबर खुवाइयो ‘ शिर्षकको समाचार आएको थियो । त्यो घटनालाइ खन्डन गर्दै मैले लेख लेखेकी थिएँ । केही समयपछि जिल्ला शिक्षा कार्यालयले ती शिक्षिकालाई कार्बाही गरेको समाचार छापियो । बिकसित देश तिर अनिबार्य मनोविज्ञान पढाइन्छ अझ शिक्षक शिक्षिकाले त अनिबार्य रुपमा शिक्षा मनोविज्ञान पढेको वा शिक्षा मनोविज्ञान को तालिम लिएको हुनुपर्दछ । फितलो कानुन भएको हाम्रो देशमा सिफारिसका आधारमा शिक्षकको लाइसेन्स प्राप्त गर्न सकिन्छ । न नियम कानुन छ यहाँ न कुनै आवश्यक नै देखिएको छ ।

    विदेशी स्कुलमा पढाउन बाल मनोविज्ञान को अध्ययन वा तालिम नलिएका निवेदकहरूले आवेदन फारम भर्न नै पाउँदैनन । विदेशमा सैद्धान्तिक तवरले होइन प्रयोगात्मक तवरले पढाइन्छ । रिस , आवेग र तनाव नियन्त्रण गर्न नसक्नेले शिक्षण जस्तो संवेदनशील पेशामा रहनुहुँदैन । मनोविज्ञानले भन्छ ‘ रिस आवेग र तनाव नियन्त्रण गर्न नसक्ने शिक्षक , शिक्षक नै होइनन् । ‘ यो घटना मनोविज्ञानसँग सम्बन्धित भएको हुनाले लेख लेख्दा मनोविज्ञानका कुराहरु सँगसँगै जोडिन आएका छन् । कतिपय यस्तै घटनाहमा ज्यान गुमाएकाहरू पनि हाम्रो समाजमा प्रशस्तै छन् । समाजमा घट्ने यस्तै घिन लाग्दा घटनाहरूले पीडितको सामाजिक मनोबल गिराउनुका साथै व्यक्तिगत मनोविज्ञानमा समेत ठूलो असर पारेको हुन्छ । अन्धविश्पासपूर्ण सामाजिक मनोविज्ञानले ग्रस्त भएका शिक्षकले देशका कर्णधारलाइ कस्तो शिक्षा देलान ? खोइ मानव अधिकार ? खोइ बाल अधिकार? हाम्रो देशमा मनोविज्ञानको पढाइ अब हरेक तह अनुसार हुनुपर्दछ, तर हाम्रो देशमा मनोविज्ञान विषय र यस्को विकास क्रम एउटै देखिन्छ , निद्राबाट ब्युँझिएर पुन निद्रामा परेपछि उठ्न नसकेको कुम्भकर्ण जस्तो ! सरकारीस्तरका सिमित कलेजहरूमा अध्ययन हुने मनोविज्ञान विषयलाइ वर्तमान अवस्थामा भने नीजि कलेजहरूले पनि प्राथमिकता दिन थालेका छन् जस्ले भोलीका दिनमा मनोबिदहरू उत्पादन गर्ने छ । जस्तो महत्वपूर्ण विषयले अन्य विषय सरह राष्ट्रिय मान्यता पाउन सकेको छैन ।

    शिक्षा विभागको कुशल प्रसाशकको अभावमा यो विषय पछाडी परेको छ जस्को प्रत्यक्ष असर शिक्षा मनोविज्ञान, स्वाथ्य मनोविज्ञान, बाल मनोविज्ञान , औधोगिक मनोविज्ञान, नैदानिक मनोविज्ञान , खेलकुद मनोविज्ञान, परामर्श मनोविज्ञान आदी जस्ता क्षेत्रमा परेको छ यी क्षेत्रहरूमा मनोविज्ञानले विशेष स्थान ओगट्छ , तर बिडम्बना के छ भने मनोविज्ञानका कर्णधार अर्थात मनोबिद उत्पादन गर्ने विभाग जागरुक नहुँदा समाज अनि देशको यो दुर्गती भएको छ । मनोबिद र मनोचिकित्सकको अभावमा मनोरोगले ग्रस्त मानिसहरूले समाज सुधार गर्न सकेका छैनन् । मनोविज्ञानले प्राणीको व्यवहारको अध्ययन गर्दछ , उचित सल्लाह दिन्छ वा आफैलाई सचेत गराइ औषधिको काम गर्दछ भन्दा फरक नपर्ला । मनोविज्ञान आफैमा एक व्यवहारिक विषय भएकाले सैद्धान्तिक पक्ष भन्दा पनि प्रयोगात्मक पक्षलाइ जोड दिनुपर्दछ । डाक्टर , इन्जिनियर , पाइलट , वकिल बन्ने सपना मात्रै देख्छौं हामी किनकी यस्को बलियो आधार बनेको छ हाम्रो मानसपटलमा । यी विषयमा दक्षता हासिल गर्ने दक्षहरूको सामाजिक प्रतिष्ठा र आम्दानी ह्वात्तै बढ्ने लोभले पनि मानिसहरू यिनै विषय प्रति आकर्षित छन् । शिक्षा मनोविज्ञानको वर्तमान अवस्थाको सुधार कहिले होला रु हामी मध्ये धेरै अझै पनि मनोविज्ञान के हो र यस अन्तर्गत के के पर्दछन् रु भन्ने विषयवस्तुसँग अनभिज्ञ छौं ।

    पाठ्यसामग्रीमा मनोविज्ञानको अनिवार्य परिचय र मनोचिकित्साको अपरिहार्यताका बारेमा थोरै मात्र पनि जानकारी समावेस गराउन सके भोलीका दिनमा मनोबिद र मनोचिकित्सकको उत्पादन हुने थियो, जस्ले शिक्षा मनोविज्ञान , स्वास्थ्यथ्य मनोविज्ञान र अन्य मनोविज्ञान का सबै पक्षमा सकारात्मक भुमिका निर्वाह गरेर समुन्नत समाज र समुन्नत देश निर्माणमा सहयोग पुग्ने थियो । टोलै पिच्छे ब्यापारिक प्रयोजनका लागि खुलेका जस्ता देखिने कलेजहरू अनगन्ती छन, जस्ले स्तरीय शिक्षा दिने बाहानामा विषय विशेषज्ञ र भौतिक पुर्बाधारको समेत ख्याल नगरी बाहिरी आबरण आकर्षक देखाएर बिध्यार्थीलाइ भ्रममा पार्ने गरेका छन्, तर तिनै कलेजहरूको भिडमा मनोविज्ञान पढाइ हुने कलेज भेट्टाउन अझै पनि मुस्किल छ , पढाइ हुने कलेजमा पनि परामर्शको अभावमा विध्यार्थी संख्या अत्यन्तै न्यून छ । सरोकारवालाहरूले मनोविज्ञानका क्षेत्रमा चासो दिएमा भोली उदाउने सुर्यले मनोविकार युक्त समाजको निर्माण गर्ने कुरामा दुविधा छैन । हाम्रो देशमा कुर्सीको राजनीति चल्छ । शिक्षाको घिन लाग्दो व्यापार चल्छ । जनस्वास्थ्य जस्तो गम्भीर पेशा प्रति राजनीति हुन्छ । नातावाद कृपावाद हावी हुन्छ अनि व्यापार हुन्छ । व्यारपारीको एकमात्र स्वार्थ नाफा हो , नाफामुखी व्यापारीलाई देशको के चिन्ता ? आफ्नो अनुहार मात्र अर्जुन दृस्टिले हेर्न तल्लीन नेताहरूको भरमा देशको गरिमा कहाँ सुरक्षित रहन्छ र ?

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष

    एक रिर्पोट अनुुसार चीनमा श्रीमतीहरुलाई किनमेलको लागि प्रोत्साहन गर्न ‘श्रीमान् भण्डार’ इकाईको स्थापना गरिएको छ

    नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

    -महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

    पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

    काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

    बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

    –सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

    Read more
    ताजा अपडेट
    %d bloggers like this: