ताजा समाचार
  • बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’
  • नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने
  • दिल्लीमा महिला यात्रुकालागि छुट्टै ट्याक्सी सेवा
  • भोट हैन बोटमा ध्यानः निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेदवार मत माग्न व्यस्त छन् तर दोलखाका ग्रामीण महिलाहरू भने आफ्नो बारेमा फलेको कोदो टिप्न व्यस्त देखिन्छन् । तस्विरः सर्मिला बुढाथोकी-दोलखा
  • बालिकालाई करणी गर्ने किशोर पक्राउ
  • मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या
  • जित्नकै लागि मेरो उम्मेदवारीः महालक्ष्मी उपाध्याय
  • रेडियोमा बोल्ने रहरले अभियन्ता बनिन् मच्छे
  • चुनावी विभेद र विकृति
  • जुम्लामा महिला मत निर्णायक
  • अब इटहरीमै इजलास र न्याय सम्पादन
  • हरेक मतदान स्थलमा दुई प्रहरी महिला
  • प्रविधि अभावमा अब सुत्केरी र गर्भवतीले मर्नु नपर्ने
  • बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ
  • दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ

    श्रीमती जागिरे होस्, घरको काम आफैँ गर्छु

    प्रकाशित मिति :2016-12-14 10:47:18

    यमुना अर्याल
    yamuna-aryalआफ्नो हुनेवाला जिवनसाथी कस्तो होस् भन्ने चाहना राख्छन आम युवती ? पक्कै हेर्दा लायकको, पढेलेखेको, आफ्नो खुट्टामा उभिएको आदिआदि । ठिक विपरित युवाहरू कस्ती युवती आफ्नो जीवनसाथी होस् भन्ने चाहन्छन होला ? हेर्दा चट्ट राम्री, शरीर मिलेकी……तर यति मात्रै होइन । अहिले हेर्दा अनुहार मात्र राम्रो भएका युवती भन्दा पनि आत्मनिर्भर युवती खोज्ने पुरुषको संख्या बढ्न थालेको छ । केही दिनअघि एकजना आफन्तको बिहे लागि केटी हेर्न गए । केटीको घरपरिवार, आफन्त सबै राम्रो थियो खोट लगाउने ठाउँ कहीँ थिएन । युवती पनि उनले चाहेको भन्दा धेरै राम्री थिइन्, तरपनि उनी बिहेको लागि राजी हुन सकेनन् । अरु सबै ठिकै रहेछ, तर केटीले जागिर खाएकी रहिनछन्, अनुहार मात्र हेरेर के गर्नु, रुप होइन आफ्ना खुट्टामा उभिएका केटी पाएमात्र बिहे गर्ने भनेर उनीहरू बाहिरिए । केटीका आफन्तलाई जागिर खाएको नखाएको बारेमा सोध्दा कानेखुसी गरेको पनि सुने उनले । जागिरे हुँ भन्छन् पाल्न नसक्ने भए किन बिहे गर्न आँट्नु नि ? सिधै केटी जागिरे हो कि होइन भन्छन् बा केटीकी फुपुले साउती गरेको सुनिहाले । अहिलेको यो महँगीको जमानामा एकजनाको कमाइले केही चल्दैन, पुग्दैन त्यसैले एकवर्ष ढिलो होस्, तर आफ्नो खुट्टामा उभिएकी केटी पाएपछि मात्र बिहे गर्ने निर्णय छ उनको ।

    यी आफन्त मात्रै होइन अहिलेका अधिकांश दुःख गरेर सहर छिरेका युवाको चाहना आत्मनिर्भर सहयात्री रोज्नेतर्फ नै देखिन्छ । आर्थिक रुपमा मात्रै होइन सामाजिक र पारिवारिक रुपमा पनि यो रोजाइले धेरै फरक पारेको छ । दुवैजना जागिरे भएकालाई हेर्ने नजर र श्रीमानको कमाइ खाएर बसेका श्रीमतीलाई हेर्ने नजरमा धेरै फरक छ ।

    अलि राम्रोसँग पढ है नानी हो, अहिलेको जमानामा राम्रोसँग पढिएन भने जागिर पाईंदैन, जागिर नभएका केटीलाई कसैले बिहे गर्दैन । भर्खर आइकम पढ्दै गर्दा डिल्लीबजार कन्या क्याम्पसमा गुरुले सिकाएको यो वाक्य कानमा गुन्जिरहन्छ । सरले किन यस्तो भन्नुभो होला भन्ने लाग्थ्यो, अर्काको घरजाने जात हो पाल्न सक्नेले लगिहाल्छ नि सर एकजना साथीले बिचैमा कुरा खुस्काँउदा सरले दिएको लामो ‘लेक्चर’ निकै रोचक लाग्छ अहिलेपनि । यही सोचाइका कारण तिम्रा आमा हजुरआमाहरू पछि परे, राजधानीमा पढ्न आएका छोरीमा समेत त्यही गुण छ कमसेकम श्रीमानले मलाई पाल्ने होइन म श्रीमानलाई पाल्न सक्छु भन्ने आँट त गर न ! सरको यो वाणी कहिल्यै विर्सन सकिँदैन । श्रीमानले खल्तीबाट पैसा निकालरे दिँदा यति पैसाले पुर्‍याउनु म सँग पैसासैसा छैन जसरी चलाउनुपर्छ चलाउनु भन्दा मनमा इख आउँछ कि आउँदैन ? भोली मैले यसैगरी कमाएर श्रीमानको हातमा यति पैसा छ जे मन लाग्छ किनेर लगाउनु भनेर दिँदा कस्तो होला ? सोच त ? सरको यही बाक्यले आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकायो र आत्मनिर्भर भएपछि कसैसँग हेपिनुपर्ने रहेनछ भन्ने ज्ञान पनि दिलायो ।

    घरमा छोराको बिहेको चर्चा चलेको ३ वर्ष पुगसक्यो तैपनि लगन जुरेको छैन । यसपटकको मंसिरमा जसरी पनि जेठी बुहार भित्र्याउने आमा बुवाको रहर र दवाव दुवै छ छोरामाथि । छोरा सरकारी जागिरे हुन प्राविधिक लाइनका अफिसरस्तरका । आमाबुवाले दर्जन भन्दा धेरै केटीका कुरा ल्याइसके होलान तरपनि उनलाई चित्त बुझेको छैन । रुप हेरेर राम्रो नराम्रो भएकोले होइन प्राविधिक कारणले, उनले आफन्तसँग सँधै यही भन्ने गरेका छन् । जस्ता केटीका कुरा ल्याउँदा पनि हुँदैन भन्छ , अव कस्ता खोज्नेहोस् आफै खोज बा आमा उनीसँग झर्किन थालेका छन् । आफैले कतै मन पराएको छ कि भन्दा छैन भन्छ । आमा बुवाले आफन्तले कुरा ल्याएको ठाऊँमा कहिल्यै हुन्छ भन्दैन । आमाबुवाको एउटै गुनासो तीनर्षदेखि दोहोरिएको छ । उनले आमाबुवालाई धेरै सम्झाएका छन्, राजधानीको ठाउँ, एउटाको कमाइले केही पनि हुँदैन, महँगीले आकाश छोइसक्यो । दुईजनाको कमाइ भयो भने कमसेकम जिविका चलाउन त कठिन पर्दैन । जागिरे केटी होस् आफ्नो खुट्टामा उभिएकी बरु घरको सबै काम मै गर्छु, अहिलेपनि काठमाडांैमा बस्दा आफ्नो कोठाको सारा धन्दा भ्याएकै छु मलाई केही फरक पर्दैन ।

    उनको यो भनाईमा आमाबुवा धेरै खुसी छैनन् । सोझा केटी बिहे गर्नुपर्छ, आफूले भनेको मान्छन् भन्दा छोराले टेर्दैनन् । अहिले जागिरे केटी खोज भोली त्यही जागिरेवालीले दवाएर राख्छे थाहा पाउलास् उनलाई आमा दिदीहरूले प्रायः यसै भन्ने गरेका छन् । जागिर खाएकी बुहारी घरमा भित्रीइ भने उसले आाफ्नो छोरो, भाइलाई दवाएर राख्छे, आफ्नो बसमा चलाउछे, जोइटिग्रें बनाउछे, भन्ने मानसिकताले ती युवाका आफन्तलाई पेलिरहेको छ । आत्मनिर्भर केटी खोज्ने छोरोले दुईजनाको जागिर भयो भने जिविका चलाउन सहज हुने सोच्नु र सोझी केटीलाई बुहारी बनाउन पाए छोराले सुख पाउँथ्यो, हेपिदैनथ्यो, सासु ससुराको राम्रो स्याहार हुन्थ्यो भन्ने आमाबुवाको चाहनाको बिचमा के अन्तर देखिन्छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

    छोरो गाउँ छाडेर सहरमा छिर्‍यो, आफ्नो काम आफै गर्नुपर्छ भन्ने पाठ सिक्यो, उसलाई महिला र पुरुषले यो गर्नुहुन्छ हुँदैन भन्ने मतलव छैन । उसलाई सहर खर्चिलो छ, यहाँ टिक्नको लागि महिला पुरुष दुवैले संघर्ष गर्नुपर्छ एकल कमाइबाट जिवन धान्न मुस्किल पर्छ भन्ने कुरा राम्रोसँग थाहा छ र त ऊ आत्मनिर्भर केटी आफ्नो जिवनसाथी होस भन्ने कल्पना गर्छ । तर गाउँका सोझा आमाबुवाको लागि घर लिपपोत गर्ने, गोठको धन्दा गर्ने, मेलापात गर्ने, सासुससुराको स्याहार सुसार गर्ने सोझी बुहारीको चाहना हुन्छ । यसलाई अन्यथा मान्न सकिँदैन, समयको सवक पनि हो । हाम्रा आमा हजुरआमाले जे सिक्नुभयो त्यही कुरा हामीलाई सुनाउनुहुन्छ , उहाँहरूका सबैकुरा हुबहु लागू गर्नैपर्छ, हुनैपर्छ भन्नेपनि केही छैन । मनन गर्ने र निर्णय लिने फरक कुरा हो ।

    बुहारीको कमाइ खाँदा मख्ख पर्ने सासुससुराको मुहारमा अर्कै चमक देखिन्छ । बुहारीले कमाएर दिएको छोराले दिएको भन्दा बढी मूल्यवान हुँदोरहेछ यो स्वयं आफ्नै अनुभवले सिकाएको पाठ हो । मेरा सासुससुराले कहिल्यैपनि बुहारीले जागिर नखाओस भन्नु भएन । अझै असी वर्ष उमेर पुगेकी हजुरआमाले जाँचको बेलामा घरधन्दा आफूले गरेर पढ्न समय दिनुहुन्छ । श्रीमानबाट कहिल्यै दवाव आएन र अहिलेसम्म आफू हेपिनुपरेको पनि छैन ।

    सबैका घरपरिवारले यस्तै स्वच्छ चाहना राख्ने हो भने महिलाले म श्रीमती हुँ, म बुहारी हुँ बुहारी भएकोले यो गर्नुहुन्छ गर्नुहुँदैन भन्ने भावना आउने थिएन । आत्मनिर्भर श्रीमती, आत्मनिर्भर बुुहारी बनाउनेतर्फ घरपरिवारले सहयोग गर्ने हो भने घरपरिवार चलाउन मात्रै होइन परिवार खुसी राख्न पनि सजिलो हुन्छ , हिंसा पनि कम हुन्छ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’

    महिला खबर काठमाडौं । बोक्सी प्रथा उन्मुलन गर्ने उद्देश्यले निर्माण भएको चलचित्र ‘अग्नीदहन’ अभियानको रुपमा

    नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने

    –महिला खबर– सरकारी कार्यालयको विवरणमा तीनपुस्ते विवरण भर्दा संस्थाको पहलमा प्राप्त नागरिकतामा बाबु, बाजेको नामथर हु्न्न

    बालिकालाई करणी गर्ने किशोर पक्राउ

    -महिला खबर- पाँचथर । गत कात्तिक १६ गते स्थानीय ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको

    मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या

    -जमुना वर्षा शर्मा- ‘सामान्य अवस्थामा आइसकेकालाई पनि समाज र आफन्तले समेत सामान्य व्यवहार गरिदिन्नन् । ‘पागल’

    Read more
    ताजा अपडेट
    %d bloggers like this: