गैरदलितबीच फूलेकी मंगला सार्की

प्रकाशित मिति :2016-12-17 10:00:04

खेमा बस्नेत

kheemaनाम मंगला सार्की । ठेगाना– कैलाली, फुलबारी ‘ए’। तर, यत्तिकैमा मंगलाको परिचय खुल्दैन । उनी गाउँकै दिदी थिइन्, अनि मेरी ठुलीआमा । हुन त मंगला मेरो आमाकी आफ्नै दिदी थिइनन्, न त ठुलो बा’की श्रीमती । उनी दलित परिवारकी, म जातले क्षेत्री । उनीसँग भावनाको साइनो मात्रै थियो ।

प्रायः घरमा आइरहने र आवश्यक पर्दा सघाउन पनि अघि सर्ने भएकाले उनी हाम्रो घरको सदस्य झैं थिइन् । म सानी भएकाले पनि होला, उनीसँग मेरो सामिप्यता झन् बढी थियो । आमाले दिदी भनेकै कारण हामी उनलाई ‘ठुली आमा’ भन्दा रहेछौं । पहाडीमुलका मानिसको बढी बसोबास भएको मेरो र उनको त्यो गाउँमा विपन्न र दलित परिवारकी बुुज्रुक महिला थिइन् उनी ।

जातीय विभेदले जरो गाडेको हाम्रो समाजमा आजभन्दा २० वर्ष पहिलेको अवस्था कहाली लाग्दो थियो । समाजमा दलित सहभागिता हरेक ठाउँमा वञ्चित थियो । होटल, धारा, मन्दिर वा भनांै सार्वजनिक ठाउँमा उनीहरू जान पाउँदैनथे । उनीहरूलाई हुने विभेदको कुनै सीमा थिएन ।

तर, त्यही समयमा हुर्के पनि मंगलाले यो अवस्था कहिल्यै भोग्नु परेन । किनकी, उनले जन्मले होइन, कर्मले आफ्नो परिचय बनाएकी थिइन् । मंगला गाउँकी सबैकी प्यारी थिइन् । उनको व्यवहार गाउँका ठुलाठालुदेखि केटाकेटीसँग समेत समान थियो । उनी माया र ममताकी खानी थिइन् । त्यसैले होला म जस्ता बालमस्तिष्कले समेत उनलाई परिवारिकरुपमा देख्न सक्यो । गाउँमा हरकोहीलाई मंगलाको आवश्यकता थियो । उनले नाई भनेको गुनासो गाउँलेको थिएन् । आफ्ना पराई नभनेर उनले सक्दो सहयोग सबैका लागि गर्थिन् र कसैलाई छुट्याउँदैन थिइन् ।

कामका लागिमात्र होइन, उनको आवश्यकता गाउँमा हुने हरेक कार्यमा हुन्थ्यो । गाउँमा हुने हरेक विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा उनलाई निम्ता हुन्थ्यो । उनी जान्थिन् पनि । गाउँ समाजमा मंगलाले गरेको सेवा सँधै प्रशंसनीय बन्यो । उनले कहिल्यै एक्लो महसुस गर्नै परेन । जसको घरमा मिठो मसिनो पाक्यो, त्यहाँ उनको उपस्थिति अनिवार्य जस्तै थियो ।

एकप्रकारले, गाउँलेमा मंगला खुशी छैनन् भने हाम्रो कल्याण छैन भन्ने जस्तो देखिन्थ्यो । मंगलाप्रति गाउँलेले देखाएको सहानुभूति केही स्वार्थ प्रेरित पनि थियो होला । तथापी, उनीमाथि अन्याय गरेको देखिएन । दलित भएकै कारण उनले ‘हेपिन’ परेको मैले कहिल्यै देखिनँ । न त अन्यत्र झैं उनलाई विभेद नै थियो ।

मंगला सार्की

मंगला सार्की

गाउँलेलाई पर्दा उनले र उनलाई पर्दा गाउँलेले गर्ने सहयोग चलिरहेकै थियो । ब्राह्मण, क्षेत्री, थारुलगायतका गैरदलित विच फूलेकी मंगलाले आफ्नो उर्वर जीवन गाउँ र गाउँलेको सेवामा खर्चिइन् । सेवा गर्दागर्दै उनले आफ्ना पाँच सन्तान पनि हुर्काइन् ।

गाउँको सेवा गर्दागर्दै उनको उमेरले नेटो काट्न थाल्यो । छोराछोरीबाट नाति नातिनातिना समेत भए । मंगलाको चहलपहल बिस्तारै घट्दै गयो । गाउँलेले उनको उपस्थिति सँधै खोजिरहे, तर पनि विगतलाई दोहो¥याउन सक्ने अवस्था उनमा थिएन । मंगलाले सुगन्ध छरेको गाउँ एकदिन एकाएक सुनसान बन्यो । गाउँलेहरू मंगलाको घरमा घेरिए ।

मंगला यो दुनियाँबाट बिदा भइसकेकी रहिछिन् । यो दुःखद खबर एकैछिनमा गाउँभरि फैलियो । सबै आफ्नो काम छोडेर उनको अन्तिम बिदाईका लागि जम्मा भए । यसपछि मैले जीवनकै अद्भुत दृश्य देखें । उनको शवलाई काँध थाप्ने बाहुन, क्षेत्री थिए, अनि गाउँभरिका गैरदलित उनका मलामी । सबैले आँशु खसाले । बिदाइका हात हल्लाए ।

नदीको घाट टाढाबाटै देखिन्थ्यो । त्यहाँ गाउँलेको ठुलो भीड थियो । गाउँलेले गाउँको जिम्मेवार र कर्तव्यनिष्ठ सदस्य, जसले उनीहरूलाई सबैसँग मिलेर बस्न सिकायो । उनको शोकमा गाउँ धेरै दिनसम्म रोयो । मेरो सम्झनामा गाउँमा यो नै एक विशिष्ट घटना थियो, जहाँ एक दलित महिलालाई भेदभावरहित सम्मान दिइएको थियो । उनको मुत्यु भएको ३ वर्ष भएको छ, तर म जस्तै गाउँमा आजपनि उनलाई सम्झिनेको कमि छैन ।

अब उनी सम्झनामा मात्र हुने मैले ठम्याएकी छु । किनकी मानवीय व्यहार सुधार हुनको साटो झन क्रुर बन्दै गएको छ । यसपछि न त मैले मंगला सार्की देखिकी छु । आजको २१ औं शताब्दीमा मंगला सार्कीको अभाव देखेकी छु । साथ, त्यस्ता सह्रदयी गाउँलेहरू पनि ।

काभ्रेकी लक्ष्मी परियारमाथि गरिएको दुव्र्यवहार र हत्याको निष्पक्ष छानवीनको माग भइरहका बेला मैले मंगला ठुलीआमाको जीवन कथा प्रस्तुत गर्न सान्दर्भिक ठानें । किनकी मानवीय व्यहार सुधार हुनको साटो झन क्रुर बन्दै गएको छ । आजको २१ औं सताब्दीमा मंगला सार्कीको अभाव देखिकी छु । साथै उनलाई बाँचुन्जेल र मरेपछि पनि साथ दिने ती गाउँलेहरूको पनि ।

म त भन्छु, उनलाई हामीले सम्झिरहनुपर्छ किनकी, हामीले अहिले पनि समाजमा उँच, नीचको भेदभाव र छुवाछुत गर्न छोडेका छैनौं । आज हामी शिक्षित छौं, समाज पनि शिक्षित भएको छ । तरपनि, यस्तो भेदभाव हटेको छैन ।

म मेरा ती गाउँलेलाई सम्मान गर्छु, जसले आजपनि दलितलाई उस्तै आफूसमान व्यवहार गरिहेका छन् । २० वर्षको समाज र आजको समाजमा म केही फरक देखिरहेकी छैन । मगंलाका छोराछोरी र तिनका सन्तानले अहिले पनि उही स्थान पाएका छन् गाउँलेवाट ।

हाम्रा काम, कर्तव्य आफ्ना ठाउँमा होलान् । तर, त्यसभन्दा माथि हामी मानव हौं भन्ने कुरा सोच्नु जरुरी छ । मंगलग्रहमा समेत वस्तीबसाउन सकिन्छ कि भन्ने अनुसन्धान भइरहेका बेला हाम्रो समाज जातीय, लैंङ्गिक विभेदमा रुमल्लिदै गएको छ । यसले न त व्यक्ति र समाजको उत्थान गर्न सक्छ नत मुलुकको सर्वाङ्गीण विकास नै । मानिस मानिसबिच भावनात्मक सद्भाव पैदा गरौं । मानवीय मुल्यलाई आत्मसाथ गर्दै अबको सोच र चिन्तन आर्थिक, भौतिक र सामाजिक विकासमा केन्द्रित गरौं । जातपात, वर्ण, लिङ्गको आधारमा दृष्टिकोण तयार नगरौं । ताकी भावी पुस्तालाई मंगला सार्कीको जस्तो प्रंसशा गर्ने अवसर जुटाउन सकौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: