ताजा समाचार
  • बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ
  • दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ
  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चेली पूनम घिमिरे, सबैले सक्दो भोट गरौ (लिंकसहित)
  • कलिलैमा क्यान्सर
  • लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन
  • सिर्जनाले जितिन् एनपिस अवार्ड  
  • कञ्चनपुरमा पुरुष भन्दा महिला मतदाता बढि
  • शिक्षक महिलाले धानेको नमूना विद्यालय
  • हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय
  • भोट माग्न महिला सक्रियता 
  • महिलालाई आत्म सुरक्षा तालिम
  • एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा
  • ठुला दलबाट ४३ जना महिला चुनावी मैदानमा (नामसहित)
  • राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो
  • मतगणना स्थलमा महिला मात्रै प्रतिनिधि

    मलाई ‘वेश्या’ बनाउने पुरुषको उपनाम के ?

    प्रकाशित मिति :2016-12-31 10:00:15

    यो समाजमा म जुठो हो भने मेरा जुठा शरीर भोग गर्ने पुरुष कसरी चोखो हुनसक्छ ? म ‘वेश्या’ भएँ भने मलाइ वेश्या बनाउने यो पुरुषको उपनाम के?

    सिर्जना बस्नेत

    लेखिका

    उनको दैनिकी कुनै सम्पन्न परिवारको भन्दा कम थिएन। स्कुटरमा उनी यसरी सजिएर हिँडेको देखिन्थिन्, मानौं कुनै फिल्मको सुटिङमा जादै छिन् ।

    सानैमा विहे गरेकी उनले एउटी छोरीलाई होस्टेलमा राखेकी हुनाले काठमाडौंमा डेरामा एक्लै बस्न थालेको पनि दुईचार वर्ष नै भइसकेको थियो। उनका बारेमा छिमेकीको आ–आफ्नो अनुमान थियो।

    कोही भन्थे यसको श्रीमान अमेरिका तिर छ रे, कोही भन्थे श्रीमानले छाडेको वर्षाैं भइसकेको छ रे, अनि कोही भन्थे यसकी छोरीलाई समेत थाहा छैन रे त्यसको बाउ को हो भनेर, तर सबैको अनुमानमात्र थियो वास्तविक कुरा स्वयं इच्छालाई मात्र थाहा थियो।

    उनले छोरीको जन्मदिन पारेर मलाइ पनि निम्ता गरेकी थिइन्। दिनभरी छोरीलाई फन पार्क र केही सपिङ गराएर पुन होस्टेल छाडेर हामी दुवै जना उनको कोठामा पुग्यौं। म घर जान्छु भन्दा उनले आज पिउने मुड छ एक्लै के पिउनु बस न भनेर कर गरेपछि मैले नाइ भन्नै सकिनँ।

    हिजो अस्तिको भन्दा आज उनको अनुहारमा चमक थिएन। मलाइ लाग्यो आज उनी अलि निरास छिन्, उनको मनको कुरा सुनिदिए पनि केही हल्का होला जस्तो लाग्यो। उनलाई चिनेको करिव एक वर्ष जति भएको थियो, तर उनको वारेमा मलाइ केही थाहा थिएन। कहिले काहीँ हाइ हेलोमात्र थियो। उनले मलाइ कुनै दिन सहयोग गरेकी भएर म उनीसँग छिट्टै नजिकीएकी थिएँ ।

    बेलुका उनले कुखुराको मासु पकाइन्। प्राउन र पापड तारिन् र वाइनको बोतल खोलेर दुई वटा गिलासमा खन्याउँदै एउटा मलाइ दिइन्। खासै खाने मुड नभए पनि मैले समातें।

    चियर्स गर्दै उनले वाइनको गिलास उचालिन्, मैले पनि उनलाई साथ दिएँ।

    उनले त एक गिसाल वाइन त एक सासमै सक्दि रैछिन्, म उनलाई हेरेर बसें।

    वाइनले गिलास भरिँदै र रित्तिँदै गर्ने क्रम निरन्तर थियो। उनी मलाइ कर गरिरहेकी हुन्थिन्।

    उनको फोनमा बेला बेलामा नयाँ नयाँ नम्वरबाट फोन आइ नै रहेको थियो।

    कोही को फोन काटी दिन्थिन, कोहीको फोन रिसिभ गरेर आज फुर्सद छैन भोली भेटौंला भन्थिन् भने कोहीलाई त साफ गाली नै गर्थिन्। मलाइ भने उनको त्यो व्यवहारले चकित बनाउँदै थियो। उनले बिचमा ‘सरी’ है भन्दै फोन नै अफ गरिन् र भनिन् ‘मपनि रक्सी पिउँदिन थे, खै कसरी बानी नै भैसक्यो अव त।’

    मैले भने ठिकै छ। कहिलेकाहीँ त पिउँदा हुन्छ, तर लत बसाल्दा आफैलाई गाह्रो हुन्छ।

    उनले सहमतिको टाउको हल्लाइन्।

    मैले सोधे‌ं कोठामा एक्लै बस्नु भन्दा त छोरीलाई पनि सँगै राख्दा साथी हुने थियो नि हैन? उनले कालो अनुहार लगाएर भनिन् ‘छोरीलाई सँगै नराख्नुको बाध्यता छ।’

    मैले सोधें कस्तो बाध्यता? मलाइ लाग्यो उनी कतै काम गर्छिन्, घरमा समय दिन सक्दिनन् होला त्यसैले होस्टेल राखेको होला भन्ने अनुमान थियो। तर जब उनले आफ्नो कथा सुनाइन् म केही सोच्न सक्ने स्थिती भन्दा बाहिर पुगेकी रहेछु।

    उनले आफ्नो कथाको सुरुवात यसरी गरिन्

    बच्चैमा आमाले दोस्रो विहे गरेर गइन् बाउले कान्छी आमा ल्याए। घरमा मुस्किलले दुई छाक टार्न कठिन थियो। त्यो भन्दा ठुलो पीडा कान्छी आमाको कुटाइ थियो। कक्षा पाँच मा पढ्दै गर्दा छिमेकी दाइले शहरमा ( काठमाडौँ )मा साहुको घरमा काम गर्ने र पढाउने व्यवस्था मिलाइ दिएको कुरा घरमा गरे।

    म पहिलो पटक शहर आउन पाउने भएकोमा निक्कै खुशी थिए त्यो भन्दा सानी आमाको कुटाइबाट छुट्कारा पाउने भएर होला कहिल्यै शहर जाउँ जस्तो लागेको थियो। म यहाँ आएपछि मेरो जीवनले नयाँ मोड लियो। मैले काठमाडौंको ठुलै घरमा काम गर्न थालंे। मैले भाँडा माझ्ने लुगा धुने र घर पुछ्ने काम गर्नुपर्थ्याे।

    नजिकै सरकारी स्कुलमा भर्ना समेत गरिदिएका थिए। तर घरको काम सकेर स्कुल पुग्दा जहिल्यै ढिला भैसकेको हुन्थ्यो। घरमा सानी आमाको कुटाइ भन्दा कम थिएन मालिक्नीको कुटाइ। घरी यो भएन त घरी त्यो भएन भनेर मेरो शरीरमा हत्केला दैनिक बजारेकै हुन्थिन्। मालिक आउँदा चाहिँ मलाइ निकै राहत हुन्थ्यो। मालिक्नीले पनि खुव माया गरे जस्तो देखाउँथिन। तर व्यवसायी मालिक प्रायः घरमा बस्दैनथे। करिव तीन वर्ष त्यो घरमा बसें।

    मैले त्यो घर छाड्नु पनि कारण छ !

    तीजमा मालिक्नी माइत गएकी थिइन। घरमा म एक्लै थिएँ। घरमा मालिक आउने कुनै खवर थिएन। राति सुतिसकेकी थिएँ। टेलिफोनको घण्टी बजेकोआवाजले मेरो आँखा खुले।

    फोन उठाएँ, मालिकको रहेछ।

    ढोका खोल भन्नुभयो, मैले ढोका खोलें र भान्सा कोठामा सुत्न गएँ।

    त्यसको केहीबेरमा मालिक म सुतेको कोठा ढकढ्क्याउन आइपुगे।

    मलाइ लाग्यो सायद केही खाने कुरा चाहिएर होला। ढोका खालें।

    उनी मातेका थिए। के खोज्नु भयो भनेर सोधें

    म छक्क परे‌ं कहिल्यै त्यस्तो केही नसोचेको मान्छे एक्कासी! म अलि पर सरें उ झन नजिक आयो।

    मैले विन्ती गरे मलाइ छाडी देउ भनेर तर मेरो चित्कार सुनेन। उसले मेरो कलिला अंगलाइ भोग गर्‍यो। मलाइ सही नसक्नु पीडा हँुदा समेत

    केही गर्न सकिनँ। बिहान उठ्दा उ घरमा थिएन। म पहिलो चोटी लुटिएँ,

    धेरै रोएँ, अरु केही विकल्प थिएन म सँग।

    त्यसपछि त उ धेरै जसो घर आउन थाल्यो।

    मालिक्नी भएकै वेलामा पनि कहिले ट्वाइलेट त कहिले भान्छा कोठा, कहिले मालिक्नी सुतेपछि म भएको ठाउँमा आइपुगेको हुन्थ्यो।
    मैले सहन नसकेर हप्तामा काम गर्न आउने दिदीलाई सवै कुरा भनें। उसले तिमी यहाँवाट भागेर मेरोमा आउ राम्रो काम खोजी दिउँला भनेपछि म त्यो घर बाट भागेकी थिएँ।

    अर्की दिदीको घरमा केही महिना बसेपछि गार्मेन्टमा काम गर्न थालें।

    पढाइ रोकियो। त्यही क्रममा एक जनासँग प्रेम भयो।

    उ निकै माया गर्थ्याे। हामीले विवाह पनि गर्‍यौं।

    हाम्रो पहिलो सन्तानको रुपमा छोरी जन्मेकी थिइ। श्रीमान पनि ठेक्का पट्टाको काम गर्ने गर्थे। कोठामा सवै सामान जोडेका थियौँ। छोरी जन्मेको केही महिना पछि उ मलाइ र छोरीलाई छाडेर बेपत्ता भयो।

    उसले मलाइ उसको घर पनि लगेको थिएन। पुर्खौली घर सिन्धुपाल्चोक भनेको थियो। म उ कोठा नआएको तीन चार महिनापछि काखमा

    छोरी च्यापेर सिन्धुपाल्चोक पुगेर उसको फोटो देखाउँदै धेरैलाइ सोधें, तर कसैले चिनेनन्।

    सबैले उल्टै मलाइ नै दोषी सावित गरे ।

    म निराश हुदै फर्किएँ। कोठामा भएको खानेकुरा सकिएको थियो।

    घरबेटीले कोठा भाडा नतिरे कोठामा चाबी लगाइदिने भन्न थालेको थियो।

    म कहाँ जाने र के गर्ने भनेर सोच्न नै सकेकी थिइन। धेरै पटक मर्न कोसिस नि गरें, तर काखको छोरीको मायाले मर्न दिएन।
    म काखमा छोरी च्यापेर गार्मेन्ट तिर काम गर्न थालें। त्यहा पनि ठेकेदारले राम्रै पैसा दिउँला मेरो आवश्यकता पुरा गरिदे भन्न थाल्यो। घीन लागेर आयो पुरुष जाती प्रति नै।

    नमाने कामवाट निकाल्ने धम्की दिएपछि त्यहाँवाट काम छाडें। फेरी काम खोज्ने सिलसिलामै होटलमा काम गर्न थालें। त्यहा झन मेरो काँचो मासुमा धेरैले आँखा लगाए। सहमति नभए जवरस्ती नै गर्न समेत पछि नपर्ने रहेछन्। त्यही होटलमा काम गर्ने अर्की साथीलाई मैले सोधें।
    किन यो पुरुष जातीमा मानवता भन्ने कुरा हुँदैन? किन महिलाको मजवुरीको फाइदा उठाउँछन्? किन महिला देख्ने वित्तिकै उनीहरूको कामुकता उर्लिएर आउछ?

    ती साथीले हाँस्दै भनिन् ‘त्यही उनीहरूको कामुकतालाई हामीले फाइदा उठाउँन पनि सकिन्छ नि।’
    उसको कुराले झनक्क रिस उठ्यो।

    मैले झर्किंदै भनें ‘के नचाहिने कुरा गरेकी। त्यस्तो काम नि गर्छन् कोही ?’

    उसले पनि अलि ठुलो स्वरमा भनि ‘यो समाज स्वार्थी छ। तिमी आफै भन काम गर्ने सिलसिलामा कति ठाउँमा तिम्रो इज्जत लुट्न खोजे? तिम्रो सहमतिसँग यहा कसैको सरोकार छैन। तिमी जहाँ र जहिले पनि लुटिन सक्छौ। त्यसको बदलामा तिमीले न्याय हैन बेइजती बेहोर्नुपर्छ। यदि तिमीले सहमतिमै उनीहरूको आवश्यकता पुरा गरिदियौ भनेे तिम्रो र छोरीको आवश्यकता पनि पुरा हुनेछन्। तिम्रो मासु सकिने पनि त हैन? न तिम्रो पढाइ छ, के काम गरेर यो छोरीलाई जमाना अनुसार चलाउँछौं? यसको बाउले छाडेकै कारण यसले केही गर्न सकिन भन्ने प्रमाणित गर्न चाहन्छौ तिमी यसको हेरचार गर्ने कर्तव्य तिम्रो पनि हैन ?’

    उसको हरेक कुराले यर्थात चित्रण गरेको पाएँ। अनि थालें आफ्नै शरीर बेच्न। मेरो स्वार्थ भनेको मैले कसैको आवश्यकता क्षणिकका लागिमात्र पुरा गरे बापत मैले मेरो छोरी र मेरो आवश्यकता पुरा गर्न सकुँ। मैले कहिल्यै चाहिन उसको घर बर्बाद पारुँ भनेर। उसले आफ्ना क्षणिक आवश्यकता पुरा गरेपछि म मेरो चार्ज लिएर बाटो लाग्छु।

    यो समाजमा म जुठो हो भने मेरा जुठा शरीर भोग गर्ने पुरुष कसरी चोखो हुनसक्छ ? म ‘वेश्या’ भएँ भने मलाइ वेश्या बनाउने यो पुरुषको उपनाम के ? धेरैले भन्छन् अरु विकल्प पनि थिए होलान् भनेर। आदर्शको कुरा गरेर भोको पेट भरिँदैन रहेछ। जुन दिन मैले धेरैलाई सहयोग मागें, खै त के पाएँ? कहिले काही महिला दिदी बहिनीले कस्तो अर्काको घर बिगार्न थालेकी भनेको सुन्छु। र भन्न मन लाग्छ मैले हैन उसको घर बिगार्न चाहेको उसैले नै हो।

    यदी एउटी महिला उसको घर बिर्गाने भनेर सोच्ने मानसिक रोगीहरूले कहिल्यै सोचेनन् होला पुरुषले पनि आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन भनेर। आफूसँग भएको कुरा नै सदुपयोग गर्ने हो।

    बौद्धिक क्षमता भएका महिलाहरू पनि दिनभरी अफिसमा बसेर आफ्नो क्षमता बेच्दछन् उनीहरू ‘वेश्या’ हुँदैनन्, तर शरीर बच्ने किन वेेश्या ? म यो पेशामा बाध्यतामा लागें, तर म भएको ठाउँमा धेरै शोखले आउँछन्, वास्तविक गल्ती कस्ले गरेको हो? यदी म यो पेशा छाडे

    भने मेरो र छोरीको भविष्यको केही विकल्प छ राज्यसँग ?

    यति भन्दै उनी खाटको भित्ता तिर फर्केर रुँदै थिइन्। मसँग बोल्नका लागि कुनै शब्द थिएन।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ

    –महिला खबर– काठमाडौं । सामूहिक बलात्कार गर्नेलाई पक्राउ नगरिएको भन्दै वीरगंजमा विरोध र्याली निकालिएको छ

    दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ

    -अप्रिल अधिकारी- गाउँमै परम्परागत हिसाबले सहजै सुत्केरी हुन नसकेको अवस्थामा सहरका अस्पतालमा लैजान ठूलो धनराशी खर्च

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चेली पूनम घिमिरे, सबैले सक्दो भोट गरौ (लिंकसहित)

    ११ बर्षको उमेर देखिनै ‘छोरीलाई पनि शिक्षा दिनु पर्दछ’ भन्ने सडक नाटक खेली बिधालय तथा

    लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन

    दोलखा-जिल्लाका विभिन्न गाउँपालिका तथा विद्यालयहरूमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतनामूलक अभियान सञ्चालन भएको छ ।

    शिक्षक महिलाले धानेको नमूना विद्यालय

    –रमेश रावल– कालिकोट । जिल्लामा महिला शिक्षक मात्र रहेको एक विद्यालय नमुना बन्दै गएको छ ।

    Read more
    ताजा अपडेट
    %d bloggers like this: