ताजा समाचार
  • बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ
  • महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति
  • जसले त्यागे छोराको ‘मोह’
  • रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’
  • बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’
  • नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने
  • दिल्लीमा महिला यात्रुकालागि छुट्टै ट्याक्सी सेवा
  • भोट हैन बोटमा ध्यानः निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेदवार मत माग्न व्यस्त छन् तर दोलखाका ग्रामीण महिलाहरू भने आफ्नो बारेमा फलेको कोदो टिप्न व्यस्त देखिन्छन् । तस्विरः सर्मिला बुढाथोकी-दोलखा
  • बालिकालाई करणी गर्ने किशोर पक्राउ
  • मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या
  • जित्नकै लागि मेरो उम्मेदवारीः महालक्ष्मी उपाध्याय
  • रेडियोमा बोल्ने रहरले अभियन्ता बनिन् मच्छे
  • चुनावी विभेद र विकृति
  • जुम्लामा महिला मत निर्णायक
  • अब इटहरीमै इजलास र न्याय सम्पादन

    आमालाई चिठी

    प्रकाशित मिति :2017-02-25 15:23:52

    प्यारी आमा,
    मिठो सम्झना ।

    अस्बिना ढकाल

    आमा, यतिबेला के गर्दै हुनुहुन्छ होला है ! सायद आफ्ना पट्पट् फुटेका पैतालामा चिल्लो दल्ने बेला भयो होला तपाइँको । तपाइँसँग धेरै पहिलेदेखि आफ्नो पीडा पोख्न खोजें तर, भन्नै सकिनँ । अहिले म तपाइँभन्दा टाढा छु तर, आफ्नो कुरा तपाइँलाई सुनाउन पाएको भए मन कति हल्का हुने थियो भन्ने लागिरहन्छ । हुन त दिनहुँजसो तपाइँको र मेरो फोनमा कुरा भइरहन्छ । अझ, कहिले त दिनको दुई–तीन पटक सम्म हुन्छ । तर, सबै कुरा फोनमा साट्न सकिँदो रहेनछ ।

    तपाइँसँग भेट पनि भइरहेकै हुन्छ, महिना, दुई महिनामा । तर, भेटमा पनि भन्न सक्ने हिम्मत मलाई पटक्कै आउँदैन । किनकि, भावनामा डुबेर आफ्नो मनलाई कमजोर बनाउने कुरा न तपाइँले सिकाउनुभयो न त बुबाले नै । सँधै हामीलाई उच्च मनोबलका साथ पाइला चाल्न मात्रै प्रेरणा दिइरहनुभयो । त्यसैले, आफूलाई भावुक बनाएर कुनै पनि कुरा प्रस्तुत गर्न मन लाग्दैन तपाइँको अगाडि । कति कमजोर ह्रदय भएकी छोरी जन्माएछु भनि तपाइँले सोच्नुहोला तर, आज म त्यो पीडाको बखान यहि चिठी मार्फत गर्छु आमा !

    हामी नारीलाई प्रकृतिले एउटा यस्तो विशेषता थोपरिदिएको छ कि त्यसलाई अँगाल्न हामी बाध्य छौं । त्यो विशेषता हो या अभिशाप हामीले स्वीर्कानैपर्छ । चाहेर वा नचाहेर पनि यसलाई हामी आफूबाट टाढा राख्न सक्दैनौं । किनकि यसमा नै हामी नारी हुनुको अर्थ र महानता झल्किएको छ । अब तपाइँले बुझ्नुभयो होला मैले के भन्न खोजेकी हुँ भनेर । हो, म महिनावारीकै कुरा गर्दैछु ।

    हरेक महिनाका ५ दिन साह्रै नै पीडादायी लाग्छन्, अब त यो पीडा सहने पनि बानी परिसकेको छ । मैले दिदीहरु महिनावारीको समय छट्पटाएको निकै पटक देखेकी थिँए । उहाँहरु मरेतुल्य भएर आफ्नो पीडा सहनुहुन्थ्यो । उहाँहरुलाई मात्र किन यतिविधि गाह्रो हुुन्छ भन्ने सोच्ने गर्थें । मलाई त त्यतिविधि पीडा हुँदैनथ्यो भन्दै म दिदीहरुको सेवामा खटिन्थें । जब म एकदिन यस्तै पीडाको सिकार भएँ, तब मैले पनि उहाँहरुको पिडालाई नजिकबाट अनुभूत गरें । कठै, मेरा दिदीहरुले महिनैपिच्छे यत्रो पीडा कसरी पो सहनुहुन्छ कुन्नी ?

    जब कुनैपनि कुरा आफैंलाई आइपर्छ, तबमात्र मानिसले त्यो कुरा भित्रैबाट अनुभूत गर्ने रहेछ । साँच्चै, त्यो दुई घण्टा मलाई दुई महिना जस्तो लागेको थियो । अब म मरें, मलाई छिटो अस्पताल लैजा भन्दै म चिच्याइरहन्थें तर, बहिनीले पनि यो पीडा भोगेकी हुँदा मलाई सान्त्वना दिनतर्फ लागेकी थिई । म यति धेरै चिच्याएको थिएँ कि, छरछिमेकीले सुन्छन् भन्ने डरले दिदी र बहिनीले झ्याल–ढोका ढ्यामढुम पारेर थुन्नुपरेको थियो । त्यतिखेर मलाई यस्तो भयो कि, मेरो मुखबाट आमा–आमा भन्दै रुन मात्र आइरहेको थियो । जतिखेर पनि आमालाई नै सम्झिरहेकी थिएँ । लाग्थ्यो, त्यो बेलामा आमा, तपाइँको काखमा लुट्पुटिन पाएको भए त्यो भन्दा करोडौं गुणा बढी पीडा पनि सजिलै सहिदिन्थें ।

    आमा, मलाई महिनावारी हुँदाको दुई घण्टाको पीडा त त्यति असह्य थियो भने तपाइँले छ जना छोरी जन्माउँदाको पीडा कस्तो थियो होला ? मेरो दुई घण्टाको पीडा तपाइँले कम्तिमा बाह्र दिनसम्म भोग्नुभएकोे छ । किनकि, एउटा बच्चा जन्माउन आमाले न्यूनतम ४८ घण्टा अर्थात २ दिन त तड्पिनुपर्छ नै । यसबाटै म तपाइँले भोगेको असहजता र पीडा बुझ्नसक्छु । तर, म तपाइँको अगाडि उभिएर आफूले भोग्नुभएको पीडाबारे तपाइँलाई नै प्रश्न गर्न सक्दिन । किनकि, भावनामा डुबेर आफ्नो मनलाई कमजोर बनाउने कुरा न तपाईले सिकाउनु भयो न त बुबाले नै !

    आमा, शारीरिक पीडा त सबैले खप्नुपर्छ नै । यस्तो जीवनशैलीसँग हामी बानी परिसकेका छौं र हुनुपर्छ पनि । तर, महिनावारीको पीडासँगै कतिपय दिदीबहिनीे घर, समाजले दिएको पीडा भोग्न बाध्य भएको सम्झिन्छु ।

    चेतनाका कारण महिनावारीमा हामीमाथि हुने छोइछिटो घर, छिमेकमा घट्दै गएका छन् तर, महिनावारीको पीडा हरेक पटक उस्तै छ । महिनावारी भएको बेलामा म त घरभित्र छिर्न पाएकै छु । मलाई ५ दिन मन्दिर र पूजा कोठामा छिर्न नपाएकोमा अनि पूजाको प्रसाद खान नपाएकोमा पनि कुनै गुनासो छैन । किनकि, मानव जीवनका लागि प्रसाद मानिएका अरु पौष्टिक आहार (दुध, दही, फलफूल, माछामासु आदि) खान मलाई कुनै बन्देज छैन ।

    तर, महिनावारी भएको बेलामा यस्ता खानेकुरा खानुहुँदैन भन्ने अन्धविश्वास अझैपनि हाम्रै देशको भूगोलमा भेटिन्छन् । खै किन हो कुन्नि, यस्ता कुरीतिले हाम्रो समाजमा जरा गाडेर बसेको देख्दा मन त्यसै खिन्न हुन्छ । अझैपनि घाम र हावा नछिर्ने छाउगोठमा बस्न बाध्य दिदीबहिनीले अकालमै बाघको टोकाई र सर्पको डसाईबाट मृत्युवरण गर्नुपरेको छ । झन्, सभ्य मानिएका मानवबाट नै छाउगोठमा सुतेका दिदीबहिनी बलात्कृत भएको सुन्दा त आङै जिरिङ्ग हुन्छ । हो आमा, यस्ता कुरीति र कुसंस्कार अब तोड्दै जानु छ अनि, हाम्रो समाजलाई पनि सभ्य र सुसंस्कृत बनाउनु छ हाम्रै पालामा ।

    उहि तपाइँकी ठूलीकान्छी छोरी

    अस्बिना

    मितिः २०७३/११/४ गते बुधबार

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ

    -महिला खबर- काठमाडौं । आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ

    महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति

    -महिला खबर- कालिकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला

    जसले त्यागे छोराको ‘मोह’

    -गीता थापा- छोरा मोहका कारण गर्भमा रहेको लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्नेक्रम रोकिएको छैन ।

    रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’

    –महिला खबर– काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट उम्मेदवारी पाउने

    बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’

    महिला खबर काठमाडौं । बोक्सी प्रथा उन्मुलन गर्ने उद्देश्यले निर्माण भएको चलचित्र ‘अग्नीदहन’ अभियानको रुपमा

    Read more
    ताजा अपडेट
    %d bloggers like this: