ताजा समाचार
  • बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ
  • दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ
  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चेली पूनम घिमिरे, सबैले सक्दो भोट गरौ (लिंकसहित)
  • कलिलैमा क्यान्सर
  • लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन
  • सिर्जनाले जितिन् एनपिस अवार्ड  
  • कञ्चनपुरमा पुरुष भन्दा महिला मतदाता बढि
  • शिक्षक महिलाले धानेको नमूना विद्यालय
  • हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय
  • भोट माग्न महिला सक्रियता 
  • महिलालाई आत्म सुरक्षा तालिम
  • एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा
  • ठुला दलबाट ४३ जना महिला चुनावी मैदानमा (नामसहित)
  • राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो
  • मतगणना स्थलमा महिला मात्रै प्रतिनिधि

    नारी स्वतन्त्रता र पोशाक

    प्रकाशित मिति :2017-03-27 14:29:31

    पहिरन लगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि कुनै बस्तुको विज्ञापनका लागि नारीलाई बस्तुको रूपमा प्रदर्शन गर्नु पक्कै पनि नारी स्वतन्त्रता होइन । त्यसैले महिलालाई मदिरासँग जोडेर तथा कामुक बस्तुको रूपमा प्रचार प्रसार गरी विज्ञापन गर्ने कार्य तत्काल रोक्नुपर्दछ ।

    शशी बस्नेत

    आजभोली दैनिक जस्तो विभिन्न अनलाइन समाचारहरुमा महिला कलाकारले लागाएका पोशाकको बारेमा विभिन्न टिकाटिप्पणीहरु देख्दा दिक्क लाग्न थालेको छ । नारी स्वतन्त्रताको नाममा नारीहरू नाङ्गिए भनी आरोप लगाउदा निकै दुख लाग्दछ ।

    हुन त नारीलाई नङ्ग्याउनु न बौद्धिकता हो, न त उसले लगाएको कपडाको लम्बाईसंग उसको चरित्रलाई नाप्नु नै सभ्यता हो । यो एउटा पाखण्डवाद हो । जुन हामी नेपाली सबैमा छ । यस वादले जुनसुकै जातजातिका महिला पुरुष तथा बौद्धिक व्यक्तिहरूलाई समेटेको छ । जहाँ नाङ्गो माानसिकता भएका बौद्धिक व्यक्तिहरू धेरै हुन्छन् त्यहाँ नारीको बाहिरी कपडाको आवरणलाई आधार मानी मुल्याकँन गर्न सञ्चार माध्यमहरु पनि अछुतो रहदैन ।

    यो पाखण्डबादले कुनै पनि जातका नारीलाई छोडेका छैनन् । हुन त भन्नेले यस्ता पहिरनका कारण नारीहरू बलात्कृत भैरहेका छन् पनि भन्छन् तर तिनीहरूलाई मेरो प्रश्न ५/६ महिनाको बालिका र ६० वर्ष कटेका वृद्ध हजुरआमाहरु के कारणले बलात्कृत हुन्छन् त ? नारी माथि भएका यस्ता हिंसा न नारीले लगाएको पोशाकले भएको हो न त नारीले आवेशमा ल्याएर भएको हो । यीे खाली नाङ्गे माानसिकता र दरिद्र सोचको कारणले भएका हुन् ।

    तर हामी नारीले पनि एउटा कुरालाई पक्कै विचार गर्नु पर्दछ कि हामी नारीले लगाएको पोशाक कसका लागि हो ? आफ्ना लागि या अरूका लागि? यदि आफ्ना लागि लगाएका हौ भने पक्कै पनि यो नारी स्वतन्त्रता हो । जसलाई नारीले यस्ता पोशाक लगाएको मन पर्दैन उसले आँखाबन्द गरेर वा आँखामा पट्टी लगाएर हिँडे हुन्छ । तर यदि कुनै नारी त्यो पोशाक अरूले राम्रो भन्लान् वा अरू कुनै कारणले लागाएको हो भने त्यो नारी स्वतन्त्रता कदापि हुन सक्दैन ।

    कुनै पनि महिलाले कुनै व्यापारीको साबुनको व्यापार बढाउनका लागी आफ्नो शरीरको अंग देखाउनुलाई हामीले कुनै पनि हालतमा प्रश्रय दिनु हुँदैन । यसले नारीलाई एउटा स्वतन्त्र व्यक्तिको सट्टा एउटा बस्तुको रूपमा प्रस्तुत गराइदिन्छ । त्यो स्वतन्त्रता हामीले पक्कै खोजेका हौइनौं ।

    हामीले खोजेको स्वतन्त्रता र अधिकार भनेको त नारीले लगाएको गाजल नारी स्वयँलाई राम्रो लागेकाले लगाएको हो । अरूले राम्रो भनेका कारणले हैन र हुनु पनि हँुदैन । कुनै पनि नारीको बाहिरी आवरण तथा शारीरिक बनावटका आधारमा सुन्दर र कुरुप भन्न मिल्दैन । नारीको आँखा र स्तनको आकारलाई आधार बनाई सुन्दरताको परिभाषा गर्न मिल्दैन । अब यो सोच र परिभाषा बदल्न जरुरी छ । महिला भनेको सिता जस्तो हुनु पर्दछ भनी नारीलाई रुढिवादी र पिछाडीएको सोचको साङ्लोमा बाँधी राख्ने पाखण्डवादबाट अब नेपाली समाज माथि उठ्नु पर्दछ । नेपाली नारीलाई त्यो समाजबाट माथि उठाइनुपर्दछ ।

    कुनै पनि बस्तुको विज्ञापन प्रचारप्रसार तथा प्रकाशन गर्दा महिलालाई कामुक एवं अश्लील तथा बस्तुको रूपमा चित्रण गर्ने प्रवित्तिलाई रोक्नुपर्दछ । यस्ता विज्ञापनमार्फत नारीको शरीर र निजको पहिरनलार्ई गलत तरिकाबाट प्रस्तुत गरी समाजमा नारीलाई यौन आकर्षणको बस्तुको रूपमा स्थापित गर्ने गरिएको पाइन्छ । उदाहरणको रूपमा राष्ट्रियस्तरका केही दैनिक पत्रिकाले छापेको ‘जिंक भोड्का’को विज्ञापनमा निलो चलचित्रको नायिकालाई मोडलको रूपमा प्रयोग गरिएको छ । जसमा महिलालाई अर्धनग्न रूपमा प्रस्तुत् गरी ‘Get Sexy” भनी उल्लेख गरेको लगायतका विभिन्न भ्रामक तथा महिला हिंसालाई प्रश्रय दिने खालका विज्ञापनहरू प्रसारण तथा प्रचारप्रसार गरेको देखिन्छ ।

    विज्ञापन गरेको बस्तु र महिलाको अर्धनग्न शरीरको विज्ञापनहरू पत्रपत्रिका, टेलिभिजन तथा होर्डिङ्ग बोर्ड लगायत विभिन्न सञ्चार साधनमार्फत प्रकाशन, प्रसारण तथा प्रदर्शन गर्दा महिलालाई यौन बस्तुको रूपमा चित्रण गरिएको देखिन्छ । यस्ता विज्ञापनले किशोर तथा बालबालिकाहरुमा महिलाको शरीरलाई पुरुषले नियन्त्रण गर्नुपर्दछ र गर्न सक्दछ भन्ने नकारात्मक सोचको विकास हुन जान्छ । जसले महिला हिंसालाई अझै बढी प्रश्रय दिन्छ ।

    त्यसैले कुनै पनि पहिरन लगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि कुनै बस्तुको विज्ञापनका लागि नारीलाई बस्तुको रूपमा प्रदर्शन गर्नु पक्कै पनि नारी स्वतन्त्रता होइन । त्यसैले महिलालाई मदिरासँग जोडेर तथा कामुक बस्तुको रूपमा प्रचार प्रसार गरी विज्ञापन गर्ने जस्ता कार्यहरू तत्काल रोक्नुपर्दछ । यस्ता विज्ञापन तथा होर्डिङ बोर्डलाई नियन्त्रण गर्नका लागि छुट्टै कानुनको आवश्यकता देखिएको छ ।

    बस्नेत अधिवक्ता हुनुहुन्छ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ

    –महिला खबर– काठमाडौं । सामूहिक बलात्कार गर्नेलाई पक्राउ नगरिएको भन्दै वीरगंजमा विरोध र्याली निकालिएको छ

    दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ

    -अप्रिल अधिकारी- गाउँमै परम्परागत हिसाबले सहजै सुत्केरी हुन नसकेको अवस्थामा सहरका अस्पतालमा लैजान ठूलो धनराशी खर्च

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चेली पूनम घिमिरे, सबैले सक्दो भोट गरौ (लिंकसहित)

    ११ बर्षको उमेर देखिनै ‘छोरीलाई पनि शिक्षा दिनु पर्दछ’ भन्ने सडक नाटक खेली बिधालय तथा

    लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन

    दोलखा-जिल्लाका विभिन्न गाउँपालिका तथा विद्यालयहरूमा लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि चेतनामूलक अभियान सञ्चालन भएको छ ।

    शिक्षक महिलाले धानेको नमूना विद्यालय

    –रमेश रावल– कालिकोट । जिल्लामा महिला शिक्षक मात्र रहेको एक विद्यालय नमुना बन्दै गएको छ ।

    Read more
    ताजा अपडेट
    %d bloggers like this: