ताजा समाचार
  • सुरु भयो बालकुमारीको उपचार
  • चार बालिकाको खाल्डोमा डुवेर मृत्यु भएको घटनामा छनविन सुरु
  • ‘६० प्रतिशत सेटिङ एयरपोर्टबाट’
  • महिला विवेकहीन हुन्छन् र ?
  • दलित प्राविलाई ३ लाख सहयोग
  • स्वार्थ नराखी काम गर्छुः मेयर दाहाल
  • मानव बेचविखनको आरोपमा तामाङ पक्राउ
  • महिला र बालबालिका हराउने क्रम बढ्दो
  • कपिलवस्तुमा ७४ प्रतिशत बालविवाह
  • गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार
  • स्तनपान र ६ महिना बिदा
  • बलात्कारविरूद्ध न्यायिक चुनौती
  • तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा
  • जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती
  • समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’

    ‘समावेशितामा धेरै काम बाँकी’

    प्रकाशित मिति :2017-04-05 12:12:22

    लन्डन । दस वर्षअघि सरकार र तत्कालीन विद्रोही माओवादीबीचको बृहत् शान्ति सम्झौतायता कैयौं रूपान्तरणकारी घटना भए पनि बहिष्करणमा परेका समुदायको समावेशिताका सबालमा अझै निकै काम बाँकी रहेको विज्ञले औंल्याएका छन् । लन्डनस्थित स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिज ९सोआस० को दक्षिण एसिया अध्ययन केन्द्र तथा लन्डनस्थित कन्सिलियसन रिसोर्सेज नामक संस्थाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

    काठमाडौंस्थित सोसल साइन्स बहाका निर्देशक दीपक थापाले कतिपयले समावेशिताको मुद्दालाई विदेशीहरूले थोपरेको एजेन्डा भन्ने गरे पनि वास्तवमा सन् १९३० को दशकदेखि नै नेपालमा यसबारे बहस चल्दै आएको बताए । उनले माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता मूलधारका राजनीतिक पार्टी र सरकारले पनि समावेशी कदमहरू चालेको, तर अहिले आएर निजामती, प्रहरी, सेना आदिमा जनजाति, महिला तथा मधेसीका लागि कोटा छुट्याउनुलाई नै समावेशिताको रूपमा हेर्ने गरिएको गुनासो गरे । राज्यका सबै निकायमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको पनि उनको भनाइ छ ।

    इन्टरनेसनल एलर्ट भन्ने संस्थाको नेपाल प्रतिनिधि भएर काम गरिसकेकी एलिजावेथ ड्रयुले भ्रष्टाचार र अपराध नेपालका लागि चुनौती भएको बताइन् । गैरसरकारी संस्थाहरूलगायत सबैजसो संस्थाको राजनीतीकरण गरिएको भन्दै उनले नेपाल अझै जटिल राजनीतिक संक्रमणबाट गुज्रिरहेको धारणा राखिन् । उनले राजनीतिक दलहरूमा दरिलो इच्छाशक्ति नभए अहिलको परिवर्तन जोगाइराख्न गाह्रो हुने चेतावनी पनि दिइन् ।

    युनिभर्सिटी अफ लन्डनको सिटी ल स्कुलकी लेक्चरर डा. मारा मालागोडीले नेपालमा सर्वोच्च अदालतसँग पनि न्यायिक पुनरावलोकनको अधिकार रहेको र संवैधानिक विकासमा त्यो निकै महत्त्वपूर्ण रहेको बताइन् । उनले दोस्रो संविधानसभा चुनावपछि समावेशिताको माग बढ्दै गएको आकलन पनि गरिन् । एक प्रश्नको जवाफमा उनले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिनेबारे नेपालको कानुनमा भन्दा पनि कार्यान्वयनमा समस्या देखिएको टिप्पणी गरिन् ।

    अन्तक्रियामा अधिवक्ता दीपेन्द्र झाले अन्तरिम संविधानकालमा सर्वोच्चले समावेशिताको पक्षमा धेरै फैसला गरेको तर नयाँ संविधान आएपछि भने त्यो अलि कम भएको अनुभव गरेको बताए । उनले कैयौं प्राविधिक छिद्रहरूका कारण कानुनमा उल्लेखित कोटा प्रणाली लागू गर्न पनि समस्या भइरहेको जनाए ।

    सोआसको दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक प्रा. माइकल हटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कन्सिलियसन रिसोर्सेज नामक संस्थाको एकर्ड कार्यक्रमका निर्देशक डा. अलेक्जेन्डर राम्सबथमले संस्थाको नयाँ प्रकाशनबारे बताएका थिए । नेपालको शान्ति प्रक्रिया दुई कदम अगाडि बढेको तर अहिले एक कदम पछि फर्किएको बताउँदै उनले नेपालमा गएको दस वर्षयता भएको रूपान्तरणका कारण शान्ति प्रक्रिया अगाडि बढ्न सम्भव भएको धारणा राखे ।

    कार्यक्रममा एकर्डद्वारा प्रकाशित नेपालसम्बन्धी विशेष अंक भएको म्यागेजिनसमेत सार्वजनिक गरिएको थियो । म्यागेजिनमा कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, दीपक थापा, विष्णु सापकोटा, आदित्य अधिकारी, मन्दिरा शर्मा, झलक सुवेदी आदिको लेखसहित नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र दमननाथ ढुंगानाको अन्तर्वार्ता समावेश गरिएको छ ।

    स्रोतः कान्तिपुर दैनिक 

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    सुरु भयो बालकुमारीको उपचार

    -लिलाराज भट्टराई - सुनसरी । आर्थिक अभावका कारण उपचार गराउन नसकी बिचल्लीमा परेकी सुनसरीकी बालकुमारी रसाइलीको

    चार बालिकाको खाल्डोमा डुवेर मृत्यु भएको घटनामा छनविन सुरु

    महिला खबर काठमाडौं । रौतहटको गरुडामा साउन २१ गते सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको

    दलित प्राविलाई ३ लाख सहयोग

    –महिला खबर – काठमाडौं । भौत्तिक संरचना जिर्ण रहेको पर्साको महुवन, ७ स्थित दलित प्राथमिक विद्यालयलाई

    स्वार्थ नराखी काम गर्छुः मेयर दाहाल

    –सृजना अर्याल – चितवन । नेपाल महिला संघ चितवनले जिल्लाका स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा

    मानव बेचविखनको आरोपमा तामाङ पक्राउ

    -महिला खबर- काठमाडौं । नुवाकोट प्रहरीले मानव बेचविखानको अभियोग लागेका घ्याङ्फेदीका २४ वर्षीय कुमार तामाङलाई

    Read more
    ताजा अपडेट
    %d bloggers like this: