ताजा समाचार
  • तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा
  • जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती
  • समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’
  • किन रोकिदैन बालविवाह ?
  • मेरो छोराले जन्मदर्ता किन नपाउने ?
  • कलिला आमाहरू
  • भरतपुरकी मेयर रेणुको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा
  • दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन
  • काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन शुरु
  • तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’
  • सुत्केरी बिदा ६ महिना पुर्याउन पहल
  • बाल विवाह एवम् दाइजो विरुद्ध अभियान्त सम्मानित
  • बालिका बलत्कार गर्ने पक्राउ
  • ‘हेय र भेदभाव हटे मात्रै यौन हिंसा उजागर’
  • रोकिएन असुरक्षित गर्भपतन

    ‘दलितलाई टिकट दिए, भोट दिदैँनन् भन्ने सोच छ’

    प्रकाशित मिति :2017-06-19 11:16:17

    -महिला खबर संवाद-

    दलित महिलाको हकहितका लागि काम गर्दै आउनुभएकी कला स्वर्णकार दलित महिला संघकी अध्यक्ष हुनुहुन्छ । लामो समय यस क्षेत्रमा काम गर्दै आउनुभएकी स्वर्णकारले महिला सशक्तिकरणका साथै दलित महिलाको मुद्धामा आवाज उठाउँदै आउनुभएको छ । स्थानीय तहको निर्वाचनमा दलित महिला संख्यात्मक रुपमा धेरै आएपनि नेतृत्वमा भने खासै आउन सकेनन्  । यसै सन्दर्भमा रहेर अध्यक्ष स्वर्णकारसँग महिला खबरले गरेको यो संवाद ।

    दुई दशकपछि स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भयो, दलित महिलाको सहभागिता कस्तो रह्यो ?

    पहिलो चरणको निर्वाचनमा दलित महिलाको सहभागिता राम्रै रह्यो । किनकी जुन संविद्यानले नै वडा तहमै दलित महिलाको सिट सुरक्षित गरेको छ । त्यसलै वडा सदस्यमा दलित महिलाहरु धेरै आए । केही तहमा उपप्रमुखमा समेत केही दलित महिलाहरु आएका छन् । यो राम्रो पक्ष हो । पहिलो चरणको निर्वाचनमा २ हजार ४ सय २४ दलित महिला निर्वाचित भएको अवस्था छ । त्यसमा पनि नगरपालिका र गाउँपालिकामा ९ जना महिला उपप्रमुखमा निर्वाचित हुनु भएको छ ।

    मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लामा आरक्षण कोटामा समेत दलित महिलाहरु आउन सकेनन् नी ?

    वडा तहमा दलित महिला अनिवार्य भनेर प्रावधान त ल्यायो । तर समुदाय स्तरमा पार्टीले प्रचार प्रसार गर्न सकेनन् । समयपनि छोटो भएको कारण पनि कोटा खाली भयो ।

     दलित महिलाहरु आरक्षण कोटामै सिमित भएको पाइयो, अन्य पदहरुमा जान नसक्नुको कारण ?

    अझै संविद्यानले नै वडामा एक जना दलित महिलाको कोटा नछुट्याएको भए यसमा पनि आउने थिएनन् दलित महिलाहरु । केही रुपमा आउने थिए तर यति धेरै आउने थिएनन् । किनकी पार्टीले दलित महिलालाई अबसर नै दिने थिएनन् । अर्को अरु पदमा दलित पुरुषलाई त दिएका छैनन् महिलालाई त दिने कुरो नै भएन । अहिले सम्मपनि दलितलाई टिकट दियो भने भोट दिदैँनन् । पार्टीले हार्छ भन्ने सोच छ । त्यसैले दलित महिलालाई कोटामै सिमित राखिएको अवस्था छ ।

    तपाईको संस्थाले दलित महिला शसक्तिकरणका लागि के कस्ता काम गरिरहनुभएको छ ?

    दलित महिला संघले दलित महिलाहरुलाई पहिले देखि नै संगठित र सशक्तिकरणका कामहरु गर्दै आएका छ । अहिले पनि दलित महिलालालाई राज्य र समाजले किन पछाडि पार्यो भन्ने विषयमा हामीले महिलाहरुलाई सशक्तिकरण गर्दै आएका छौ । यसले दलित महिलालाई ठूलो सहयोग पुरेको छ भन्ने लाग्छ ।

    अझै पनि दलित महिलाहरु पछाडि नै छन्, कसरी उनीहरुको सामाजिक, आर्थिक र राजनितिक स्थिति उकास्न सकिएला ?

    यसका लागि दलित महिलाका लागि भनेर लक्षित कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । तर त्यो एक, दुई वर्षको नभई दश वर्षको प्याकेज ल्याउनुपर्छ । उनीहरुको शैक्षिक, आर्थिक, सामाजिक विकासका लागि विशेष प्याकेज नै ल्याउनुपर्ने देखिन्छ । त्यस्ता कार्यक्रम ८, १० र १५ वर्षका लागि लक्षित गर्यो भने दलित महिलाको माथि उकास्न सकिएला ।

     दलित महिलामाथि बोक्सी, छुवाछुत, यौनिक जस्ता हिंसाहरु कायमै छ नी ?

    दलित महिलालाई २१ औँ शताव्दीमा आइपुग्दा समेत छुवाछुत, बोक्सी लगायतका आरोप लगाएर कुटपिट गरेको, मलमुत्र खुवाएको थुप्रै घट्नाहरु छन् । समाज अहिलेपनि अन्धविश्वासमै छ । अहिले पनि मान्छेले अन्धविश्वासलाई स्विकारी राखेको अवस्था छ । समाजमा बोक्सी भन्ने पनि दलित, गरिब र एकल महिला नै हुन्छन् । जो गरिब छ, जो महिला छ, बृद्धाहरु छन् उनीहरुलाई बढि यातना दिएको अवस्था छ । अझ त्यसमा बढि दलित महिलाहरु छन् । छुवाछुतको नाममा दलित महिलाले धेरै यातानहरु पाएका छन् ।
    कानुनमा पनि छुवाछुत कसुर ऐन छ । छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसक्यो तर अझै छुवाछुतका घट्ना घट्न सकेको छैन । समाजमा एक थरि मानिसमा छुवाछुत गरिरहनुपर्छ भन्ने मानसिकता छ । यसमा दलित महिलाहरु प्रत्यक्ष छुवाछुतसँग संलग्न हुन्छन् । जस्तै गाउँमा मठ मन्दिर, पानी पधेँरा, भएका कारण दलित महिलाहरु बढि पिडित छन् ।

    दलित महिलाका समस्याहरु के के हुन् ? कसरी समाधान गर्न सकिएला ?

    दलित महिलाको प्रमुख समस्या गरिबी हो । अर्को अवसर पनि हो । अबसर पाए नै अगाढि बढ्ने हो । उनीहरुले अवसरै पाउँदैनन् । त्यसले गर्दा बोल्ने ठाउँमा उनीहरु बोल्न सक्दैनन् ।
    यस्ता समस्या समाधानका लागि राज्यले नै विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । दलित महिलाको लागि नीति अनुसार कार्यक्रम ल्याउन सकियो भने समग्र दलित महिलाहरु अगाडि आउनु सक्छन् । राज्यको जुन समावेशी सिद्धान्तका नीति छ । त्यो नीतिलाई अवलम्बन गर्न सकियो भने अवश्य दलित महिलाहरु अगाडि आउन सक्छन् ।

    अहिले सदस्यमै भएपनि धेरै दलित महिला स्थानीय सरकारमा पुगेका छन् । अब कस्तो परिवर्तन देख्न सकिएला ?

    वडा तहमा दलित महिला आउँदा उनीहरुको जिम्मेवारी भूमिकामा भरपर्ने कुरा हो । कति उनीहरु कार्यकारी पदमा पुग्छन् अधिकार उनीहरुले प्रयोग गर्न पाउँछन् त्यसमा भरपर्छ । कतिपय उपमेयरमा गएका दलित महिलाहरुले दलित महिलाको क्षेत्रमा अवश्य काम गर्न सक्छन् ।
    वडा सदस्यमा गएका महिलालो पनि दलित महिलाका सकारात्मक र सुधारात्मक तवरले पहल गर्न सक्छन् । दलित महिलाहरुका लागि आवाज उठाउँनेछन् । यसमा अन्य दलित महिलाहरुको समेत पहुँच पुग्ने देखिन्छ । आफ्ना कुरा राख्न सक्छन् ।

    दोस्रो चरणको विर्नाचन हुदैछ, पहिलो निर्वाचनमा देखिएका त्रृटिहरु के के थिए, अब कसरी जानुपर्ला ?

    पहिलो चरणको निर्वाचनमा महिलालाई उपप्रमुखमा मात्रै सिमित गरियो । प्रमुखमा धेरै महिला आउन सकेनन् । गाउँपालिकाको अध्यक्ष, वडा अध्यक्षमा महिलाहरु कम निर्वाचत भएको अवस्था छ । थोरै समय भएका कारण सक्षम व्यक्तिहरु पनि छुटेको देखियो ।
    दोस्रो निर्वाचनमा पार्टीहरुले टिकेट दिदाँ हाम्रा भन्दा राम्रा मान्छेलाई टिकेट दिनुपर्छ । जस्को समाजमा राम्रो छवि छ , विकास गर्ने उसको भावनमा छ । त्यस्तो मान्छेलाई पार्टीले टिकट दिनुपर्छ । महिलाहरुलाई पनि वडा अध्यक्षमा, गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको मेयरहरुमा टिकट दिनुपर्छ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा

    -सृजना अर्याल- तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले

    समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’

    -महिला खबर- नागरिकता बनेपछि गरिखाने बाटो खुलेको विमला बताउँछिन् । ‘जे गर्दा पनि नागरिकता चाहिने रहेछ

    किन रोकिदैन बालविवाह ?

    –सन्दिप विक– पछिल्लो समय सूचना प्रविधिको बढ्दो प्रयोगले समेत बालविवाह हुने गरेको पाइन्छ । चितीकै संगिता

    दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन

    महिला खबर काठमाडौं । रौतहट गरुडामा निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार

    तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’

    -यमुना खनाल- तराईका सीमित परिवारका महिलाहरुले मात्र स्वतन्त्र रुपमा आफ्नो क्षमता अगाडि बढाउन पाएका छन् ।

    Read more
    ताजा अपडेट
    %d bloggers like this: