घरेलु श्रमिक महिलालाई नेपालमै आकर्षक तलब

प्रकाशित मिति :2017-07-02 10:22:21

‘घरेलु श्रमिकको माग बढ्दो’

खेमा बस्नेत

काठमाडौं । पार्वती थापा (३५) ले काठमाडौंमै हाउस क्लिनिङ (घरको सरसफाई) गरेर मासिक २० हजार रुपैयासम्म आम्दानी गर्छिन् । उनको डियुटी हो, घरको पूर्ण सरसफाइदेखि फुलबारीमा पानी हाल्ने, गोडमेल गर्ने । उनले दैनिक २ घण्टाको दरले ४ वटा घरमा यस्तै काम गर्छिन् । र प्रत्येक घरबाट औषत ५ हजार रुपैयाँ तलब लिन्छिन् । यो सगै उनले घरमा ३ छोरीहरुको पालनपोषण पनि गर्न भ्याउछिन् ।

पाल्पा घर भएकी उनी काठमाडौं बनस्थली बस्न थालेको चार वर्ष भैसक्यो । श्रीमान् रोजगारका लागि कतार हिडेपछि उनले यसैगरि ३ छोरीलाई हर्काउदै आएकी छन् ।

श्रीमानले विदेशबाट मासिक १५ हजार रुपैयाँ पठाएपनि त्यो पैसा घर खर्चमै ठिक्क भएपछि उनी कामको खोजीमा थिइन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उनले नजिकैको घरमा क्लिनरको काम पाइन् । र विस्तारै अरु घरहरुमा पनि काम गर्न थालिन् । ‘अहिले धेरै सजिलो भएको छ, पार्वतीले भनिन्,–एउटाले कमाएकोले घरखर्च धान्ने र अर्काेले कमाएको बचत गर्ने गरेका छौं ।’

अन्जना पाठक

पहिले यो काम गर्न उनलाई गाह्रो लाग्थ्यो । यही कामबाट यति राम्रो कमाई होला भन्ने लागेको पनि थिएन । तर अहिले उनलाई गरे नेपालमै हुँदोरहेछ भन्ने परेको छ । ‘काम र कमाई दुवैप्रति सन्तुष्ट छु, उनले भनिन्– मालिक राम्रो भए खाजा नास्ता समेत उनीहरुले नै खुवाउछ ।’

४ वर्ष अघि रोजगारीको लागि इजराइल जान काठमाण्डौ छिरेकी ३८ वर्षिया अन्जना पाठक पनि अहिले नेपालमै घरेलु काममा संलग्न छिन् । काठमाण्डौंमै काम पाएपछि उनी विदेश जान रोकिइन् । उनले पनि विभिन्न ठाउँमा पार्टटाइम काम गरेर अहिले मासिक २० हजार रुपैया बढी कमाउछिन् । ‘विदेश गएजत्तिकै कमाई भएपछि किन अरुको देश जानु ।’ पाठकले भनिन् ।

घरको काम सकेर उनी विहान एक कन्सटेल्सीमा जान्छिन् । त्यहाँको काम सकेर एक जना बुढी आमाको स्याहार सुसारमा गर्छिन् । त्यहाँ ४ घण्टा समय विताएर फेरी घरको काममा फर्किन्छन् ।

अन्जनाको श्रीमान विदेश गएको ७ वर्षदेखि अतोपत्तो छैन । श्रीमान् बेपत्ता भएदेखि उनी छोरालाई लिएर यसैगरि काठमाडौंमा बस्दै आएकी छन् ।

अञ्जना पहिले जिल्लाकै एक बोडिङ स्कूलकी शिक्षिका थिइन् । शिक्षकको तलबले नधानेपछि उनले पेशा परिवर्तन गरेकी थिइन् ।

‘श्रीमान बेपत्ता हुनुभयो । त्यसपछि सवै जिम्मेवारी मेरो काँधमा आयो । त्यसै म विदेश जानलाई काठमाण्डौ आएकी थिए । तर संजोक नै भन्नुपर्छ, यतै काम पाएपछि यतै बसे’– अन्जनाले भनिन् । उनले सबै कुराको खुसी स्वदेशमै देखेकाले यही काम गर्ने योजना बनाएको बताइन् ।

ललितपुरको बालकुमारीमा घर भएकी ३७ वर्षिया मिना श्रेष्ठ घरेलु कामदारको रुपमा काम गर्दै आएको १० वर्ष पुरा भयो । यही कामको कमाइबाट उनले घरखर्च र छोराछोरीको पठनपाठन खर्च व्यहोरेकी छिन् ।

मिना अहिले दुई ठाउँमा काम गर्छिन् । विहानको समय स्थानीय एक विद्यालयमा परिचारिकाको रुपमा २ घण्टा काम गर्छिन् । त्यसपछि लगनखेल स्थित एक घरमा क्लिनरको रुपमा काम गर्छिन् । यही कामबाट उनी मासिक १३ हजार रुपैयाँ कमाउँछिन् ।

मिनाले सुरुमा विदेश जाने सोच नबनाएकी होइनन् । तर, वैदेशिक रोजगारीमा घरेलु कामदारमा जाने महिलालाई हुने हिंसा, तनाव र यातना सम्झेर नगएको उनी बताउँछिन् ।

‘विदेश जानुभन्दा यही केही गर्छु भनेर नेपालमै घरेलु काम खोजेँ । अहिले म सन्तुष्ट छु घरखर्च चलाएर छोराछोरी पढाउन भ्याएकी छु ।’उनले भनिन् ।

घरेलु कामदारको रुपमा काम गर्दा सुरुमा रोजगारदातासंग सम्झौता गर्ने गरेको उनले बताइन् । सोही अनुसार काम गर्ने र तलब लिने गरेको उनको भनाई छ ।

‘कसैले सम्झौता उलंघन गरे छोडेर अर्को ठाउँ पनि जान सकिन्छ । तर, विदेशमा त्यसो गर्न सकिदैन । चित्त बुझे पनि नबुझेपनि बाध्यतामा परिन्छ । त्यसैले मैले विदेश जानुभन्दा यही काम गर्नु ठीक ठाने’ –मिनाले भनिन् । मिनाका छोरी कक्षा १२ र छोरा कक्षा १० मा पढ्छन् ।

पार्वती, अन्जना र मिनाको परिचय एउटै हो,‘घरेलु श्रमिक’ । उनीहरुको अनुभव छ, स्वदेशमै सम्मानजक व्यवहार पाएका छन् । पछिल्लो समय उनीहरु जस्तै धेरै महिलाहरु नेपालमै घरेलु श्रमिकका रुपमा काम गरिरहेका छन् ।

स्वतन्त्रता अभियान नेपालकी अध्यक्ष ऋतु भट्ट राईले जिफन्टले २०११ मा गरेको अनुसन्धानले नेपालमा २ लाख घरेलु श्रमिकहरु मध्ये ९० प्रतिशत महिला घरेलु श्रमिकका रुपमा काम गरिरहेका   छन् भने थप २७ प्रतिशत माग रहेकाे बताउनुभयो । जसमध्ये ८५ प्रतिशत आशिंक रुपमा दैनिक वा साप्ताहिक काम गर्ने कामदार खाेजीरहेकाे छन् ।

उनका अनुसार ७४ प्रतिशत राेजगारदाताले मासिक ५ देखि ७ हजार र १६ प्रतिशत राेजगारदाताले १० हजार रुपैया भन्दा बढी तलब दिन तयार रहेकाे अध्यक्ष राईले भन्नुभयाे । उहाँले नेपालमा पहिलाको तुलनामा अहिले घरेलु श्रमिकलाई गर्ने व्यवहार राम्रो भएको बताउनुभयो ।

उहाँले सम्झौता गरेर मात्र श्रमिक महिलाले काम थाल्ने गरेको बताउनुभयो । जसमा काम गर्ने समय, तलब, हप्तामा एक दिन बिदा, खाजा नास्ता जस्ता व्यवस्था हुने अध्यक्ष राईले भन्नुभयो ।

घरेलु श्रमीकहरु सम्बन्धि काम गर्ने एजेन्सीहरुले माग अनुसार घरेलु कामदारको आपूर्ति हुन नसकेको बताउने गरेकाे घरेलु श्रमीक मंचका सचिव गोमा भण्डारीले बताउनुभयाे । उहाँले घरेलु श्रमीक महिलाहरुले नेपालमै पारिवारिक वातावरणमा आर्कषक तलब पाइरहेको बताउनुभयो । बढ्दो शहरीकरणले पनि घरेलु श्रमीकको माग बढेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४० हजार घरेलु श्रमिक छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: