‘महिलाले जित्दैनन् भन्ने भ्रम चिरिएको छ’

प्रकाशित मिति :2017-07-04 12:29:20

-महिला खबर संवाद –

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मन्जु मलासी विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका बाजीसिंह खड्कासँग कडा प्रतिस्पर्धाका साथ विजयी हुनुभएको हो । मलासीले ४ हजार ४ सय १८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी खड्काले ४ हजार एकसय ५२ मत ल्याउनुभएको थियो । ४८ वर्षिय मलासी २०४६ सालदेखि राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ ।  उहाँ २०५६ सालको स्थानीय निर्वाचनमा समेत वडा अध्यक्ष हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ एमालेको जिल्ला उपसचिवको रुपमा काम गर्दै आउनुभएको थियो । स्थानीय तह दोस्रो निर्वाचबाट निर्वाचित एक्लो महिला मेयर मलासीसँग महिला खबरका लागि सन्दिप विकले गरेको कुराकानी:

 मेयरमा निर्वाचित हुनुभएको छ, कस्तो लागेको छ ?

– खुसी छु । जनताले जे चोहेका थिए, त्यो फैसला भएको छ । मैले निर्वाचन जित्छु भन्ने पूरा विश्वास थियो । मैले जे सोच बनाएको थिएँ त्यो नगरबासीहरुले पूरा गरेका छन् । अब नगरबासीको सेवा गर्ने अवसर मिलेको छ ।

 तपाईको प्रतिस्पर्धी पुरुष हुनुहुन्थ्यो । यो जित कतिको सजिलो भयो ?

– चुनावमा प्रतिस्पर्धा गर्दा चुनौती त आउँछ नै । महिलाहरुसँग पैसा छैन । जनताले विश्वास गर्दैनन् । टिकट दिए हार्छन् कि भन्ने आशंका थियो । त्यो पितृसत्तादेखिको सोच, भ्रम चिरिएको छ । गाउँ गाउँमा चुनाव प्रचार प्रसारमा जाँदा महिलाले पुरुषसँग के लड्न सक्छन् भन्ने पनि थिए । महिलाहरु पनि प्रमुख पद जित्न सक्छन् । उनीहरु कमजोर छैनन् । हरेक तहमा महिलाहरु सक्षम छन् भन्ने प्रमाणित भएको छ ।

तपाईलाई प्रमुख पदको लागि टिकट पाउन कत्तिको गाह्रो भयो ?

– मलाई खासै गाह्रो भएन् । किनकी, मलाई पार्टीका कार्यकर्ताको साथ थियो । मेरो नगरबासी दाजुभाई दिदिबहिनीको साथ थियो । जब टिकट पाएँ । मेरा शुभचिन्तक सबै प्रचारप्रसारमा लागे । पार्टी भित्र अन्र्तघात पनि भोग्नु परेन ।

अबको योजना के छ ?

– पाँच वर्षको कार्यकालमा नमुना नगरपालिका बनाउने योजना छ । जनताको घरदैलोमा गएर काम गर्नेछु । जनताको दु:ख पिडामा आफैँ गएर समाधान गर्नेछु । जसरी जनताले भोट दिएर मलाई जिताउनुभयो । त्यसरी नै उहाँहरुको सम्मान गरेर समृद्ध नगरपालिका बनाउन जोड दिनेछु । यो नगरपालिका आफैँमा पछाडि परेको नगरपालिका हो । नगरको विकासमा लाग्नेछु ।

नगरपालिकामा अहिले सडक छैन । स्वास्थ्य चौकी, बिजुली जस्ता विकासको आधारभूत पूर्वाधार छैन । यसको विकासमा लाग्नेछु । नगरपालिकामा रोजगारी सृजना गर्नेछु । पर्यटन, जलविद्युत क्षेत्रको विकास गर्नेछु ।

 सिलगढी नगरले महिला मेयर पाएको छ । अब महिलाहरुले कस्तो राहत पाउँलान् ?

– महिलाको विकासका लागि मैले ठोस योजना बनाएको छु । अझैपनि महिलाहरु शिक्षाबाट बञ्चित छन् उनीहरुलाई शिक्षा तर्फ उन्मुख गर्नेछु । महिलाहरु हिंसामा परेका छन् । महिलामाथि हुने हिंसा न्युनिकरण गर्नेछु । महिला सशक्तिकरणका कार्यक्रम ल्याउने छु । महिलालाई आयआर्जन तर्फ उन्मुख गर्नेछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: