ताजा समाचार
  • मेरो जित सुनिश्चित छ – अष्टलक्ष्मी शाक्य
  • स्वास्थ्य व्यवस्थापन समितिमा परेनन् दलित महिला
  • आठ बुँदे मागसहित राजनीतिक दललाई ज्ञापनपत्र
  • स्वास्थ्य स्वयंसेविकालाई मोवाइल
  • लैगिंक सचेतनाका लागि मैत्रीपुर्ण ब्याडमिन्टन
  • ‘एकल आमाको पीडाः हाँस्दा पनि शंका, रुदा पनि शंका’
  • बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ
  • महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति
  • जसले त्यागे छोराको ‘मोह’
  • रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’
  • बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’
  • नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने
  • दिल्लीमा महिला यात्रुकालागि छुट्टै ट्याक्सी सेवा
  • भोट हैन बोटमा ध्यानः निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेदवार मत माग्न व्यस्त छन् तर दोलखाका ग्रामीण महिलाहरू भने आफ्नो बारेमा फलेको कोदो टिप्न व्यस्त देखिन्छन् । तस्विरः सर्मिला बुढाथोकी-दोलखा
  • बालिकालाई करणी गर्ने किशोर पक्राउ

    योगमायाको योगदान

    प्रकाशित मिति :2017-07-04 14:01:56

     योगमायाले अन्यायपूर्ण सामाजिक मान्यतालाई चुनौती दिन पुनःविवाह गरिन् । अहिले पनि विधवा महिलाले पुनःविवाह गर्न हुँदैन भन्ने मान्यता राख्ने हाम्रो जस्तो समाजमा सामाजिक क्रान्ति आफैबाट शुरु गर्ने साहसी महिला नेता हुन् योगमाया ।                                                        

    सृजना अर्याल

    ‘यसै शताब्दीको शुरुमा पुर्वी नेपालमा एउटा असाधरण विद्रोह छेडिएको थियो । यस विद्रोहको नेतृत्व एक जना अत्यन्तै सर्घर्षशिल महिलाले गरेकी थिइन् । त्यस विद्रोहले तत्कालिन नेपालको राणा शासन र ब्राम्हणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो । तर, त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्ण रुपले विस्मृतिको अन्धकारमा छोडीएको छ । इतिहासमा स्मरणसम्म गरिएको छैन ।’ यो भनाई हो लेखक बारबारा निम्री अजिजको ।

    बारबाराले ‘शक्ति योगमाया संघर्षशिल नेपालीको एक परम्परा” भन्ने शिर्षकको आलेखमा योगमायालाई बिर्सएकी सपुतका रुपमा पस्किएकी छन् । वास्तवमा नै लेखक अजिजले भनेजस्तै अहिलेको युगले योगमायालाई बिर्सिएको छ । उनको योगदान र संर्घषलाई मेटाउन खोजिएको छ । वि.स. १९२५ सालमा भोजपुरको सिम्लेमा जन्मिएकी योगमायाको योगदान र संघर्षको चर्चा नेपालीहरुका माझ सायदै हुन गरेका छन् ।

    योगमाया सामाजिक आन्दोलनकी अग्रणी स्रष्टा हुन् । राणा शासनको दबदबामा गाउँकी निम्न स्तरमा जन्मिएकी योगमायाले छेंडेको सामाजिक आन्दोलन र साहस विश्वमा सायदै अन्य महिलाले गरेका छन् । सात वर्षको उमेरमा नै एकल भएपछि योगमायाले सामाजिक तिरस्कार सहनु प¥यो । उनले माइतीघरमा पनि सम्मानजनक व्यवार पाउन सकिनन् । त्यसपछि अन्यायपूर्ण सामाजिक परम्परालाई चुनौती दिन पुनःविवाह गरिन् । अहिले पनि विधवा महिलाले पुनःविवाह गर्न हुँदैन भन्ने सामाजिक मान्यता राख्ने हाम्रो जस्तो समाजमा सामाजिक क्रान्ति आफैबाट शुरु गर्ने साहसी महिला नेता हुन् योगमाया । उनले त्यतिबेला मुलकभर जेलिएको राणा शासनकोे दमन, कुरिती र कुसंस्कारको जालो तोड्ने अभियान चलाइन् । उनले नारी शिक्षालाई मान्यता, वर्ग विभेद, लैङ्गिक विभेद र जातीय विभेद अन्त्य जस्ता ६८ वुँदे माग आफै काठमाडौं पुगी तत्कालिन सरकार समक्ष पेश गरेकी थिइन् । माग सरकारले पुरा गर्नेपर्ने चेतावनी पनि दिएकी थिइन् । यदि सरकारले यस मागप्रति व्यवास्था गरे परिणाम नराम्रो आउने उनले पटक पटक धम्की पनि दिने गर्थिन् । 

                         योगमाया

    तिनैबेला सरकारले देश द्रोही भन्दै ४ शहिदलाई १९९७ सालमा हत्या ग¥यो । यो घटनाले योगमायाको मन अति नै कँुडियो । जनताले आफ्नो अधिकार माग्दा ज्यानै लिनु अत्याचार हो भन्दै सामाजिक आन्दोलनका थप चरणहरु अगाडि बढाइन् । उनले सरकारले कुनैपनि हालतमा माग पुरा गर्नै पर्ने यदि यसो नगरेमा अभियानकर्मी सहितको जत्थाले एकैपटक आत्मदाह योजना सार्वजनिक गरिन् । जुन आत्मादाहको धम्की आन्दोलनको अभियानको एक पक्ष थियो ।

    आत्मदाहको योजना विफल बनाउन राणा सरकार सफल भयो । उनले यति हुँदा पनि हरेश खाइनन् । जनताको अधिकार जनतालाई नदिएसम्म माग नरोकिने भन्दै सशक्त आन्दोलनका चरण अघि बढाइन् । आन्दालनकै अभियान अन्तरगत जलसमाधिको शंखघोष गरिन् ।

    वि.स १९९८ असार २२ हरिसयनी एकादशीको दिन समाज सुधारको माग राख्दै उनले जलसमाधी (आत्मदाह) लिइन् । उनीसँग ६८ जना महिला पुरुषले पालैपालो अरुण नदिमा हाम फालेर जलसमाधि लिएका थिए ।

    समाज रुपान्तरणका माग राख्दै अभियानकर्मीहरुले एकैपटक जलसमाधी लिनु विश्व इतिहासमा नै विरले हुने घटना हो । तत्कालिन सरकारले उनीहरुलाई मर्न बाध्य पारिएकोले उनीहरुको मरण हत्या समान नै थियो भन्ने विश्लेषकहरुको मत छ ।

    संघर्षशिल योगमायाको योगदानको चर्चा अहिले कतै सुनिँदैन । न त समाज परिर्वतनका लागि योगमायाले छेंडेको आन्दोलन इतिहासका पानामा समेटिएको छ । लेखक अजिज कारण योगमायालाई चिन्न पाएको बताउने नेपालकी अर्की विरङगना पारिजातले पनि ‘देशको इतिहासमा यस्तै महत्वपुर्ण कुराहरु पोखराले सेती लुकाए जस्तै गरि लुकाइदिएको छ त कतै उडन्ते गन्थनहरुले जतासुकै प्रदिशीत गराएका छन् ।’ भन्दै एउटा पत्र बारबार अजिजको नाउँमा लेखेको चिठीमा भनेकी छिन् ।

    नेपाली समाज रुपान्तरणमा योगमायाको योगदान कवित्व र नेतृत्व दुवै पक्षबाट भएको छ । तर, उनको नेतृत्व र कवित्व दुवै पाटा गुमनाम पारिएको छ । निरक्षर भएर पनि समाजका वास्तविक चित्रण कवितामा उनले यसरी उतारेकी छिन् :
    महाराज छन् दरबारमा हेर्न आउदैनन्
    दुःखीजनले नियाँनिसाफ सीधा पाउदैनन् ।

    उनका कविताले पनि समाजमा रहेको छुवाछुत, ब्राम्हणवाद, घुसखोरी विरुद्ध चेतना छर्न गाउँ पुगेका भन्दै तत्कालिन राणा सरकारले सो कविता संग्रहका ठेलीलाई खोजी खोजी जलाएको थियो ।

    समाज रुपान्तरणकी अभियन्ता योगमायाले त्यतिबेलाको समयमा स्थान पाएनन् पाएनन्, अब उनको योगदानको कदर लोकतन्त्रले गर्नपर्छ । विश्वका महिला रोजा लक्जम्र्वक, क्लारा जेट्किन, वेनेजीर भुट्टोले यसो गरे भन्नु भन्दा पनि हाम्रा योगमाया, दिव्या, शैलजा, साहनाहरुका योगदानलाई स्मरण गर्न सक्यौ भने मात्र समाज रुपान्तरणको अभियानले सार्थकता पाउनेछ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    मेरो जित सुनिश्चित छ – अष्टलक्ष्मी शाक्य

    –महिला खबर– शाक्यले भनिन्, –‘खर्चिलो चुनावी प्रचारप्रसारका कारण महिलालाई धेरै गाह्रो छ । प्रचारप्रसार कमिटीले उम्मेदवार

    स्वास्थ्य व्यवस्थापन समितिमा परेनन् दलित महिला

    –महिला खबर– काठमाडौं । पर्साको सखुवा प्रसौनि गाउँपालिका –५ मा रहेको महुवन स्वास्थ्य चौकीको स्वास्थ्य

    आठ बुँदे मागसहित राजनीतिक दललाई ज्ञापनपत्र

    –रुजु खतिवडा– पाँचथर । महिला स्रोत समूहमा आवद्ध महिलाहरुले राजनीतिक दलहरुलाई ८ बुँदे माग सहित

    स्वास्थ्य स्वयंसेविकालाई मोवाइल

    –महिला खबर– सान्नी त्रिवेणी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाइल र सिम वितरण गरेको छ

    लैगिंक सचेतनाका लागि मैत्रीपुर्ण ब्याडमिन्टन

    -महिला खवर- “हाम्रो सटल :महिला हिंसा अन्त्यका लागि” भन्ने नाराका साथ लैगिंक हिंसा न्युनिकरण बारे

    Read more
    ताजा अपडेट
    %d bloggers like this: