‘नर्सहरु सरकारबाटै विभेदमा परेका छन्’ : अध्यक्ष पोखरेल

प्रकाशित मिति :2017-07-07 11:24:28

महिला खबर 

तारा पोखरेल नर्सिङ क्षेत्रमा परिचत नाम हो । नर्सिङ पेशामा उहाँले ४० वर्ष विताइसक्नुभएको छ । नवलपरासी मनीग्राम स्कुलबाट माध्यमिक शिक्षा पुरा गरी काठमाडौबाट नर्सिङ गर्नुभएकी पोखरेल एक अनुभवी नर्स हुनुहुन्छ । उहाँले महाराजगंज क्याम्पसमा १४ वर्ष पढाएर सोही क्याम्पसमा ६ वर्ष प्रमुख भएर काम गर्नुभयो । त्यसपछि नर्सिङ काउन्सिलकी अध्यक्ष, नर्सिङ संघको महासचिव र उपाध्यक्ष हुँदै अहिले अध्यक्ष हुनुहुन्छ । उहाँसँग नेपालमा नर्सिङ पेशाको अवस्था बारे महिला खबरका खेमा बस्नेतले गर्नुभएको कुराकानीः

नेपालमा नर्सिङ पेशाको अवस्था कस्तो छ ?

नर्सिङ पेशामा महिलाहरुको आकर्षण बढ्दो छ । यो पेशाको संस्थागत विकाससगै नर्सहरुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ । तर, नर्सहरु वर्षैदेखी शरारिक र मानसिक शोषणबाट पीडित भइरहेकै छन् । नेपालमा अस्पतालको तुलनामा नर्सको सख्या एकदमै न्युन छ । स्वास्थ्य मन्त्रालयमा एउटा नर्सिङ महाशाखा छैन । नर्सिङ सेवा महाशाखा पनि स्वास्थ्य मन्त्रालयले हटायो । हेल्थ रिसर्च काउन्सिल (स्वास्थ्य अनुसन्धान परिषद्) छ । त्यसमा एक जना पनि नर्स राखिएको छैन । कति नर्स छन् सरकारीसंग कुनै तथ्याङक छैन ।

एकदमै ठुलो समस्याको रुपमा हामीले भोलेन्टियर(स्वयंसेवी) कामलाई लिएका छौ । सरकारी देखि गैरसरकारी अस्पतालमा धेरै नर्सहरु भोलेन्टियर काम गरिरहेका छन् । विना कुनै सेवा सुविधा एक्लै डिउटीमा लगाइरहेका छन् । भोलेन्टियर काम भन्ने फेरि आइसियु जस्तो सम्वेदनशील ठाउँमा पनि एक्लै खटाउन तर पैसा माग्दा जागिर जाने अवस्था छ । त्यसैले सरकारले भोलेन्टियर राख्न नपाईने नीतिगत व्यवस्था गर्नुपर्दछ । अर्को समस्या, नर्सहरुलाई अन्र्तराष्ट्रिय श्रम संगठन, आइएलओले तोकेको न्युनतम तलब पनि दिइएको छैन । बर्षाैदेखि एउटै पदमा बस्न बाध्य छन् । नीति फितौलो छ, अनुगमन छैन । यसले गर्दा दिनप्रतिदिन नर्सहरु पेलानमा परिरहेका छन् ।

नर्सहरुले आफ्नो समस्याबारे संघमा कत्तिको उजुरी गर्छन् ?

विशेष गरी यस्ता उजुरीहरु नर्सिङ एसोसिएशनमा पर्ने गरेका छन् । भोलेन्टिरको समस्या बारे नर्सहरु डरका कारणले उजुरी गदैनन् । तर अहिले हामीले नाम नखुलाई उजुरी हाल्न अनुरोध गरेपछि केही उजुरी परेका छन् ।

समाधानका लागि के पहल भैरहेको छ ?

यस्ता उजुरी समाधान गर्न सम्बन्धित निकायसँग छलफल गर्छौ । सरकारसंग भोलेन्टियर प्रथा हटाउन भनिरहेका छौ । मुख्य कुरा नर्सहरुका समस्या समाधान गर्न नीतिगत व्यवस्था नहुँदा समस्या भएको छ । मौखिक कुरा हुन्छ तर कार्यान्वयन र अनुगमन हुदैन । समस्या ज्युँको त्युँ हुन्छ ।

श्रम शोषणका उजुरी पनि पर्ने गरेको भन्नुभयो ? यसमा कस्तो कारवाही हुन्छ ?

हामीले त्यसो गर्न पाइन्न भनेर भन्ने हो । कतिपय अस्पतालले हामीले भनेपछि तलब दिएका छन् । तर थाहा नपाएका र उजुरी नपरेका ठाउँमा भने अवस्था उस्तै छ । सरकारले यस बारे अनुगमन गर्नुपर्छ । नर्सहरुलाई काम लगाएर पैसा दिन नसक्ने अस्पतालहरु सरकारले बन्द गर्नुपर्दछ । अस्पतालहरुले प्राक्टीकल नपुगेकाले भोलेन्टियर राखेको भन्छन्, तर त्यसरी निशुल्क राख्न पाइन्दैन ।

नर्सिङ पेशामा लैगिंक विभेद कतिको छ ?

हामीलाई अरुबाट होईन्, सरकारबाटै विभेद भएको छ । नर्सलाई नर्स सेवा गर्ने व्यक्तिको रुपमा भन्दा महिला भनेर हेरिन्छ । त्यही अनुसारको व्यवहार गरिन्छ । एकै लेबल पढेको पुरुषलाई माथिल्लो पद र नर्सलाई तल्लो पद दिइदै आएको छ । ब्याचुलर गरेका नर्स र एमविविएस गरेकाको लेबल एउटै हो । तर त्यही लेबलको लाई पदस्थापना गर्दा सरकारले नर्सलाई सातौ तह र पुरुषलाई आठौ तह दिने गरेको छ । मन्त्रालयले अहिलेसम्म महाशाखा प्रमुखमा एउटा पनि नर्स राखेको छैन । अहिले स्वास्थ्य मन्त्रालयमा ३ जना नर्सहरु राखेको छ । तर, उनीहरु अधिकार विहिन भएर खरिदार, मुखिया जस्तै गरेर राखेको छ ।

अधिकार सहितको नर्सिङ सेवा महाशाखा पूर्नस्थापना गर्ने माग कहाँसम्म पुग्यो ?

हामीले उठाएका २० बुँदे माग मध्ये यो पनि एउटा हो । यो शाखा भएको भएमा नर्सहरुका साना कुरा पनि यसले हेर्ने गर्छ । नर्सहरुलाई कहाँ सरुवा गर्नुपर्ने हो ? नर्सहरुको तालिम पुगेको छ छैन ? नर्सहरुको अवस्था जस्ता कुराहरुले यसले अनुगमन गथ्र्यो । तर सरकारले हाम्रो माग सुनुवाई गरिरहेको छैन ।

नर्सहरु कतिको जोखिममा छन् ?

नर्सहरु एकदमै जोखिममा हुनुहुन्छ । बिरामीसँग पनि चेकजाँच गर्न नर्स नै जाने भएकाले विभिन्न किसिमका रोगहरु सर्ने जोखिम हुन्छ । त्यसमाथि २४ घण्टा नर्स बिरामीसँग बस्नुपर्छ । हेल्थ हाजाड एलाउन्स (मासिक रुपमा भिटामिनयुक्त खानेकुरा खानका लागि मासिक एक हजारसम्म दिने), स्वास्थ्य बिमाको माग गरेका छौ । ती दुवै माग पुरा भएका छैनन् । सरकारीमा काम गर्ने नर्सहरुका लागि सुविधाहरु छन् । तर केही नीजी अस्पतालमा सुत्केरी बिदा, भत्ता, यातायातको सुविधान पाइरहेका छैनन् । नीजि स्तरका अस्पतालले सुत्केरीलाई बिदा दिएपनि ३० दिन,४५ दिन सम्म दिने गरेका छन् । यस्ता समस्या सरकारले अनुगमन गरेको छैन ।

नेपालमा नर्सहरु प्रयाप्त छन् वा कति हुनुपर्ने हो ?

नेपालमा ७२ हजार नर्सहरु भएपनि सबै काम गरिरहेका छैनन् । कति विदेशमा छन्, कतिले जागिर छाडेर बसेका छन् । नेपाल सरकारले २० हजार नर्स राख्नुपर्ने भनेता पनि सरकारी अस्पतालमा १२ हजार नर्सहरुले मात्र सेवा दिदै आएका छन् । विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी, सुत्केरी वार्डमा २ नर्स १ बेड, सिसियूमा १ नर्स १ बिरामी, पोस्ट अपरेटिभ वार्डमा १ नर्स १ बिरामी, अपरेशन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड बनाएको छ । नेपाल सरकारले पनि डब्लुएचओको मापदण्डमा हस्ताक्षर गरेपनि कार्यान्वयन गरेको छैन । नेपालमा एकै जना नर्सले १० देखी ४० जना विरामीलाई हेनुपर्ने बाध्यता छ । जसले स्तरीय सेवा दिन सकिरहेका छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: