ताजा समाचार
  • शिक्षक महिलाले धानेको नमूना विद्यालय
  • हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय
  • भोट माग्न महिला सक्रियता 
  • महिलालाई आत्म सुरक्षा तालिम
  • एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा
  • ठुला दलबाट ४३ जना महिला चुनावी मैदानमा (नामसहित)
  • राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो
  • मतगणना स्थलमा महिला मात्रै प्रतिनिधि
  • प्रत्यक्ष चुनावमा हेपिएका महिला
  • समान ज्याला प्राप्त गर्ने अधिकारलाई कार्यान्वयनमा ल्याउन सर्वोच्चको आदेश
  • अमेरिकी राष्ट्रपतिलाई माझी औँला देखाउँदा महिलाको जागिर गयो
  • कुवेत लैजान लागिएका दुई युवतीको उद्धार
  • ८८ महिलाको स्वतन्त्र उम्मेदवारी
  • सामाजिक क्षेत्रमा अभियान थाल्न सहकारीलाई आग्रह
  • मतदाता रिझाउन ढकिया बोक्दै आरजुले भनिन्, तपाईंहरूको सेवक बन्ने धोको छ

    पुनर्निर्माणको नेतृत्व गर्दै महिला

    प्रकाशित मिति :2017-07-09 14:11:07

    ‘सुरु सुरुमा घर बनाउने काम पुरुषहरुकै मात्र हो कि जस्तो लाग्थ्यो । आँट गरेर तालिम लिएँ । तालिम लिन जाँदा गाउँलेहरुले होच्याएर बोलेका पनि थिए । अहिले तालिम पाएपछि तिनै गाउँलेहरु मेरो घर बनाइदेउ है भन्दै बोलाउन थालेका छन् ।’ – महिला डकर्मी बिमलाले अनुभव सुनाइन् ।

     रामकृष्ण शर्मा

    काठमाडौं । दोलखाको बिगु गाउँपालिका, आलम्पु निवासी शनिमाया थामीको दैनिकी अहिले बदलिएको छ । घरधन्दा र ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने शनिमाया अहिले तालिम प्राप्त डकर्मी बनेकी छन् । उनी पुरुष डकर्मीहरु झैँ घर निर्माणमा खटिन्छिन् । घर निर्माणको योजना बनाउनेदेखि घरको गारो लगाउने कामसम्म अरुलाई सोध्नुपर्दैन ।

    गत सालको भदौमा उनकै गाउँमा भएको डकर्मी तालिम लिएपछि उनले डकर्मी बन्ने मौका पाएकी हुन् । हातमा सीप भएपछि मुस्किलले २ सय रुपैयाँ कमाइ गर्ने उनको दैनिक ज्याला ५ सय रुपैयाँ बढी पुगेको छ । शनिमाया अहिले बिगु गाउँपालिका अन्र्तगत आफ्नै वडा नम्बर ३ का पर्तमान थामीको घर बनाउने काममा डकर्मीको रुपमा खटिएकी छन् ।

    दोलखाकै भीमेश्वर नगरपालिका वडा नं २ की ३६ वर्षीया विमला बस्नेत ६ महिना अघिसम्म घरायसी काममा मात्रै संलग्न थिइन् । श्रीमान्को मृत्यु भएपछि कहिले ज्यालामजदुरी गरेर त कहिले खेतबारीमा काम गरेर आफ्ना दुई सन्तान र सासुको हेरचाह गर्थिन् । उनले घर बनाउने मिस्त्री बन्छु भन्ने कल्पना पनि गरेकी थिइनन् ।

    २०७३ को मंसिरमा भीमेश्वर नगरपालिकाको वडा नं २ स्थित टंक प्रसाद श्रेष्ठको भूकम्प प्रतिरोधी घर निर्माणको लागि दिइएको तालिममा विमलाले डकर्मी तालिम लिईन् । अमेरिकी सहायता नियोग (युएसआइडी)को सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)द्वारा सञ्चालित ‘बलियो घर कार्यक्रम’ले कार्यगत तालिम दिएको थियो । उनले ५० दिन लगाएर घरको लेआउट गर्ने, ढुङ्गा काट्ने, गारो लगाउने, सुर ढुङ्गा मिलाउने, नस कस्ने, रड काट्ने देखि त्यसको ठिक ठाउँमा प्रयोग, नाप र तौलको हिसाब आदि कुराहरु सिकेको बताईन् ।

    घर निर्माणको सैद्धान्तिक र व्यवहारिक सीप जानेपछि विमलालाई घरधनीहरुले आफ्नो घर निर्माणमा संलग्न हुन बुकिङ गर्न थाले । बिमलाले अनुभव सुनाइन्, ‘सुरु सुरुमा त घर बनाउने काम पुरुषहरुको मात्रै हो कि जस्तो लाग्थ्यो । आँट गरेर तालिम लिएँ । तालिम लिन जाँदा छिमेकीहरुले गाउँलेले होच्याएर बोलेका पनि थिए । अहिले तालिमप्राप्त भएपछि तिनै गाउँले मेरो घर बनाइदेउ है भन्दै बोलाउन थालेका छन् ।’

    घर निर्माणमा पहिल्यैदेखि संलग्न तर गारो लगाउने लगायत अप्ठ्यारो मानिने काममा सहभागी नभएकी शनिमाया र घर बनाउने कार्य समेत नदेखेकी विमला प्रतिनिधी पात्रमात्रै हुन् । २०७२ बैशाख १२ को भूकम्पका कारण ढलेका घरहरुलाई फेरि उठाउन र सुरक्षित पुनर्निर्माणको अभियानमा डकर्मीको रुपमा महिलाहरु क्रियाशिल हुन थालेका छन् ।

    २०७२ बैशाख १२ को भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरुमा ८ लाख २४ हजार घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । तिमध्ये दोलखा जिल्लामा मात्रै ५० हजार ८४२ घरहरु ध्वस्त भएका थिए । यतिधेरै घरहरु एकैपटक बनाउनुपर्ने अवस्थामा दोलखामा सरकारी आँकडा अनुसार जम्मा ३ हजार जना डकर्मी छन् । लडेका घरहरुको पुनर्निर्माणको लागि दोलखामा मात्रै ८ हजार ५ सय डकर्मीहरु आवश्यक रहेको भुकम्प लगत्तै गरिएको सर्वेक्षण (पीडीएनए) प्रतिवेदनले देखाएको छ । त्यसैले पनि पुनर्निमाणको काममा भूकम्पबाट अतिप्रभावित १४ वटै जिल्लाहरुमा महिला डकर्मीहरुको संख्या र आकर्षण बढिरहेको छ ।

    ३४ वर्षीया रोशनी लामा नुवाकोटको ककनी गाउँपालिका राम्चेकी महिला डकर्मी हुन् । घर बनाउने काममा रोशनी संलग्न हुन थालेको तीनवर्ष भइसक्यो । उनी पहिले ज्यामी काम गर्ने र पुरुष डकर्मीलाई सघाउने गर्थिन् । अहिले ४–५ जना महिलाको नेतृत्व गर्दै मुल डकर्मी भएर काम गरिरहहेकी छन् । ४ महिना अघि डकर्मी तालिममा सहभागी भएपछि उनलाई घरधनीहरुले मुख्य डकर्मीको रुपमा विश्वास गर्न थालेका हुन् । भन्छिन्, ‘तालिम अघि घरधनीहरु हामीलाई डकर्मीको रुपमा जिम्मेवारी दिन हिच्किचाउँथे । घर बनाउने तरिका पनि धेरै थाहा थिएन तर अहिले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सक्ने भएकी छु । धेरै ठाउँबाट घर बनाउनका डिमान्ड आइरा’छ ।’

    भुकम्पबाट नुवाकोटमा मात्रै ७७ हजार घरहरुमा पूर्ण क्षति भएको थियो । त्यसैले पनि डकर्मी तालिमसँगै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सक्षम भएपछि महिलाहरुले काम पाउन थालेका छन् । ‘एक त गाउँठाउँमा वैदेशिक रोजगारीका कारण पुरुष डकर्मीहरुको अभाव छ । महिलाहरु डकर्मीको रुपमा उदाइरहेका छन् । दोस्रो कति घरधनीहरु त पुरुषको तुलनामा खटिएर कामगर्न सक्ने र नठग्ने प्रवृत्तिका हुनाले महिलाहरुलाई प्रयोग गर्न उत्साहित देखिन्छन्,’ पुनर्निर्माणको सम्बन्धमा कलम चलाइरहेका नुवाकोटका पत्रकार रामहरी न्यौपानेले भने ।

    भूकम्पका धादिङमा मात्रै ८३ हजार २ सय २९ घरहरु ध्वस्त भएका थिए । पीडीएनए प्रतिवेदनका अनुसार धादिङमा ६२ सय डकर्मीहरुले काम गरिरहेका थिए । तर भूकम्पबाट ध्वस्त भएका घरहरुलाई पुनःनिर्माण गर्न १३ हजार बढी डकर्मीको आवश्यकता रहेको सरकारी आँकडा छ । भूकम्प प्रभावित जिल्लाहरुमा डकर्मीहरुको अभाव बढिरहेको बेला महिलाहरुको बढ्दो सक्रियताले सुखद संकेत दिएको छ । ‘भूकम्पले भत्किएका घरहरु फेरि बनाउनै प¥यो । यस्तो बेला कामदार खोजेर कहाँबाट ल्याउने ? त्यसैले जोसँग सीप छ उनीहरु त घर बनाउन लागिहाल्छन् ।

    हामी सीप भएकाले नगरे कसले गर्ने ?’ – धादिङको दार्खाकी भोकटेनीकी शान्ति तामाङले भनिन् । उनी भूकम्पमा परि घाइते भएकी महिला समेत हुन् । घाइते भएर पनि घर निर्माणको काममा संलग्न हुन थालेपछि अन्य महिलाको उनी प्रेरणाको स्रोत बनेकी छन् ।

    अहिले कार्यरत डकर्मीको संख्या भन्दा दोब्बर डकर्मी उत्पादन गर्नुपर्ने वर्तमान अवस्था छ । यति बेला महिलाहरुलाई केन्द्रित गरेर डकर्मी तालिम संचालन गरियो भने महिलाहरुको सहभागितामा निर्धारित समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न सहज हुनेछ । अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)द्धारा संचालित बलियो घर कार्यक्रमका प्रबन्धक रञ्जन ढुंगेल भन्छन्, ‘पुनर्निर्माणको अभियानमा गाउँमा रहेका डकर्मीहरुको संख्या पनि एउटा चूनौति बनको छ । बहुसंख्यक पुरुष वैदेशिक रोजगारी लगायतका कारणले गाउँ बाहिर रहेकाले महिलालाई डकर्मी, सिकर्मी काममा लगाउन जरुरी छ ।’

    (शर्मा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा आवद्ध छन् । )

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    शिक्षक महिलाले धानेको नमूना विद्यालय

    –रमेश रावल– कालिकोट । जिल्लामा महिला शिक्षक मात्र रहेको एक विद्यालय नमुना बन्दै गएको छ ।

    हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय

    मेरो नाम दिपा थापा । घर र माइती संखुवासभा हो । हाल म इटहरीमा बस्छु

    महिलालाई आत्म सुरक्षा तालिम

    नेपालगंज २२ गते । महिलालाई आफ्नो सुरक्षाप्रति सजग र सम्वेदनशील हुन प्रेरित गर्नका लागि नेपालगंजमा

    एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा

    रमला सिंगक\महिला खबर सुनसरी । पाँच दिनदेखि ढाडको समस्या लिएर एक्स–रे गर्न आमाको साथमा स्थानीय

    Read more
    ताजा अपडेट
    %d bloggers like this: