विराटनगर महिलाका लागि सुरक्षित स्थल हो भन्ने बनाउँछु :उपमेयर कार्की

प्रकाशित मिति :2017-07-11 15:48:52

-महिला खबर संवाद-

स्थानीय तह दोश्रो चरणमा भएको निर्वाचन अन्र्तगत तीनवटा प्रदेश मध्य एकमात्र महानगर विराटनगर महानगरपालिकाको उपमेयरमा इन्दिरा कार्की निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी उमेदवार कार्कीले २० हजार १८६ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्धन्दी भन्दा ८६२२ वढि मत ल्याएर कार्की विराटनगर महानगरको पहिलो ऐतिहासिक महिला उपमेयर हुनुभएको हो । महानगर विकासका लागि उहाँको भावी योजना के छ त महिलाखवर सुनसरी संवाददाता लिलाराज भटट्राइले गर्नुभएको कुराकानी ।

महानगरको उपमेयर बन्नुभएको छ, अब तपाईको प्राथमिकता के हो ?                            

मेरो प्रमुख प्राथमिकता विराटनगरलाई प्रदेश नम्वर एकको राजधानी वनाउनु हो । त्यसका लागि सक्दो जोड हुनेछ । त्यसपछिको प्राथमिकता महिलाका लागि हो । हिंसामा परेका महिला, अन्यायमा परेका, पछाडी पारिएका समुदायका महिलाको लागि काम गर्ने छु । उनीहरुका लागि विशेष तालिम संचालन गरि स्वरोजगार वनाउने छु । घरमै बसेर गर्न सकिने स्वरोजगार कार्यक्रम ल्याइने छ । विराटनगरलाई हराभरा, सभ्य र भयमुक्त बनाउन जोड दिइने छ । पानी पर्नुहुदैँन विराटनगर हिल्याम्मे बन्छ । गाँउवजार डुब्छन् । जनआन्दोलन चौकमै साइकल, मोटरसाइकल डुब्छन् । त्यसको उचित ब्यवस्थापनमा ध्यान दिनेछु ।

 फोहोर ब्यवस्थापन, शिक्षा, सञ्चारको क्षेत्रमा पनि प्राथमिकता दिने छु । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्न सक्दो कोसिष हुने छ । अझै पनि विराटनगरमा सुत्केरी गराउन महिलालाई अस्पताल नपुरयाउने गरेको समेत पाइन्छ । महिलाले प्रसव पीडामा घरमै छटपटाउने अवस्था छ । त्यो लगायत सवै प्रकारको स्वास्थ्य समस्या हटाउन प्रत्येक वडामा एउटा एम्वुलेन्सको ब्यवस्था गरिने छ । दुई तीन वडा मिलाएर एउटा दमकलको ब्यवस्था गरिने छ । सिगिया र केसिलया खोला छेउछाउ रमणीय पार्क वनाउने योजनामा ध्यान दिने छु । विराटनगरलाई वन्द मुक्त वनाउन सवै राजनीतिक पार्टीहरु र सरोकारवालाहरु सँग छलफल गरिने छ ।

महिलामैत्री महानगर बनाउन के गर्नुहुन्छ ?

विराटनगरलाई महिलामैत्री र अपाँगमैत्री महानगर बनाउन सक्दो कोशिस गर्ने छु । महिलाका लागि विराटनगर सुरक्षित स्थल हो भन्ने वनाउनका लागि कार्ययोजना वनाएर अघि वढिनेछु । २४अ‍ै घण्टा विराटनगरमा महिलाले निर्धक्क हिडडुल गर्न सकिने वनाउनु पर्ने छ । विद्यालयलाई किशोरीमैत्री वनाइने छ । महिला र अपांगता मैत्री शौचालय निर्माण गरिने छ ।

महिलाले टिकट पाउनै गाह्रो, टिकट पाएपछि चुनाव लडन झनै गाह्रो हुन्छ भन्छन्, तपाईको अनुभव कस्तो रह्यो ?              

 त्यो समस्या हुन्छ । तर मैले अरु महिलाले जति भोग्नुभयो त्यति समस्या झेल्नु परेन । ३५ बर्षदेखि राजनीतिमा छु । अहिले पनि काँग्रेसको महासमिति सदस्य छु । महासमिति सदस्य भएको यो तेश्रो कार्यकाल हो । हरेक आन्दोलनको अग्रमोर्चामा छु । जेलनेल भोगेको छु । यी कारणले पनि मलाई टिकट पाउन त्यति गाह्रो भएन । तर चुनाव लड्न महिलालाई श्रोत साधनको अभाव त हुन्छ नै । मैले जनताको म प्रतिको विश्वासका कारण त्यति समस्या भोग्नु परेन । चुनौतिलाई सजिलै पार गरेँ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि महिलालाई के सजिलो हुन्छ ?

लामो समय स्थानीय तह जनप्रतिनिधि विहिन रहयो । जनप्रतिनिधि नहुँदा विशेषगरि महिलालाई धेरै समस्या थिए । अव जनप्रतिनिधि त्यसमा पनि वडा वडामा महिला जनप्रतिनिधि भएपछि धेरै सजिलो हुनेछ । महिलाले आफना समस्या कर्मचारी सँग राख्न सक्दैनथिए । अव महिला जनप्रतिनिधिलाई समस्या राख्न पनि सजिलो भएको छ । महिला जनप्रतिनिधि आफैले समस्या भोगेका छन, देखेका छन । आफैले भोगको हुनाले महिलाका समस्या समाधान गर्न सहज हुन्छ । आफना समस्या राखेर समाधानका लागि आफना प्रतिनिधिलाई दवाव दिनसक्छन, कराउन सक्छन, गाली गर्न सक्छन । अव महिलाका आर्थिक, सामाजिक, राजनीतिक समस्याहरु समाधान हुन थाल्छन । एकै चोटि सवै समस्या समाधान हुन्छ भन्दिन विस्तारै सिस्टम वनाएर काम गरिन्छ । महिलाका लागि आएको वजेट दुरुपयोग हुन्थ्यो, अब त्यसो हुन पाउदैँन । महिलाका लागि आएको वजेट महिलाकै क्षेत्रमा खर्च गरिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: