दुई दिनमा दुई महिलाको हत्या

प्रकाशित मिति :2017-07-11 14:29:13

जनप्रतिनिधि भएकी श्रीमतीको हत्या, श्रीमतीको टाउसहित प्रहरीकोमा

महिला खबर

काठमाडौं । रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका, ७ जाङकी दलित महिला सदस्यमा निर्वाचित (२७) बयानसरी कामीको हत्याको आरोपमा प्रहरीले आइतबार उनकै श्रीमान तेजबहादुर (३८)लाई पक्राउ गरेको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बयानसरी नेपाली काँग्रेसबाट वडा सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै दुवैबीच झगडा हुँदै आएको र आइतबार मदिरा खाएर मातिएका टेकबहादुरले सामान्य विवादमा आफ्नै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङगुर जिसीले बताउनुभयो । बयानसरीले सपथ ग्रहण गर्न समेत पाइनन् ।

डिएसपी जिसीका अनुसार दुवैविच पहिलादेखी नै झगडा हुने गरेपनि बयानसरीले श्रीमानको विरुद्धमा यसभन्दा अगाडी उजुरी दिएकी थिइनन् । हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

यसैगरि, बाँके कोहलपुरका ४ बेलनपुरका अहमद अफतालले सोमबार राती जेठी श्रीमती फुलटन बेरुवा(२६)लाई झारफुक गर्न जाम् भनेर हत्या गरेका छन् ।

६–७ महिने दूधे सहित मध्येरातमा साइकल चढाएर केही पर पुरयाएका फुलटललाई श्रीमानले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि श्रीमतीको टाउको लिएर अहमत इलाका प्रहरी कार्यालय कोहलपुर पुगेको प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

अहमदले दुई श्रीमती हुँदा कचकच धेरै भएको भन्दै झारफुक गर्न जाने बहानामा जेठी श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
प्रहरी घटनास्थल पुग्दा आमाको शरिर नजिकै दूधे बच्चा हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिएको थियो । प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

-महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

–सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला

-महिला खबर- दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आएपछि विराटनगर महानगरपालिकमा २९ सदस्यीय नगर कार्यपालिकामा

Read more
%d bloggers like this: