ताजा समाचार
  • स्वार्थ नराखी काम गर्छुः मेयर दाहाल
  • मानव बेचविखनको आरोपमा तामाङ पक्राउ
  • महिला र बालबालिका हराउने क्रम बढ्दो
  • कपिलवस्तुमा ७४ प्रतिशत बालविवाह
  • गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार
  • स्तनपान र ६ महिना बिदा
  • बलात्कारविरूद्ध न्यायिक चुनौती
  • तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा
  • जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती
  • समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’
  • किन रोकिदैन बालविवाह ?
  • मेरो छोराले जन्मदर्ता किन नपाउने ?
  • कलिला आमाहरू
  • भरतपुरकी मेयर रेणुको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा
  • दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन

    बाहुनीलाई नि मन्त्र पढ्न आउँछ ?

    प्रकाशित मिति :2017-07-16 12:35:09

    खेमा बस्नेत

    काठमाडौं । ६२ वर्षकी कमलादेवी पोखरेल पशुपती मन्दिरको गेट अगाडी नियमित आउने गरेकी छन् । यो क्रम १२ वर्षदेखि जारि छ । उनको अगाडी रातो टिका, केशरी, अछेता राखिएको हुन्छ । दर्शनार्थीलाई आर्शिवाद दिदै टिका लगाईदिने उनको दैनिकी हो ।

    काठमाडौंको महाराजगन्जमा बस्दै आएकी कमलादेवि श्रीमानसंगै हरेक विहान ६ बजे पशुपती पुग्छिन् । १२ वर्ष अघि श्रीमानले एउटा मृगौला छोरालाई दिएपछि उनी कम्जोर भएकाले कमलादेवि श्रीमानलाई सघाउन पशुपति आउन थालेकी हुन् ।

    सुरुका दिनमा यो काम उनलाई अप्ठ्यारो लाग्थ्यो । अहिले सहज लाग्छ । उनी भन्छिन्–‘महिलाले खासै नगर्ने काम भएकाले सुरुका दिनमा अप्ठ्यारो लाग्थ्यो, अहिले बानी हुदै गयो ।’

    उनलाई बाहुनले जस्तै मन्त्र पढ्न र पुजापाठको सवै कर्म आउँछ । तर केही दर्शनार्थीले महिलाले पनि पण्डितजस्तै मन्त्र पढ्न काहाँ आउँछ र ? भनेर हेप्ने गरेको उनले अनुभव बताइन् । कतिले टिका लगाउनु अघि तपाई बाहुन नै होनि भनेर सोध्ने गर्छन् । तर पुरुषलाई शंकाको त्यो घेराले कहिल्यै नहेर्ने गरेको उनको अनुभव छ ।

    ‘बाहुन हो भनेर सोध्छन्, म हो भन्छु, अनि मात्र टिका लगाउँछन् । तर यहाँ धेरै पुरुष पण्डितहरु हुनुहुन्छ, उहाँहरुलाई कहिले पनि बाहुन हो की नाई भनेर सोधेको मैले सुनेकी छैन’ कमलादेवीले भनिन् ।

    काठमाडौं कपनकी ६० वर्षिया ढकामाया बाग्ले पनि १ बर्षदेखि पशुपतिकाे गेट अगाडी बसेर पण्डित्याईँ काम गदै अाउनुभएकाे छ ।  ओखलढुंगाको घर भुकम्पले भत्काएपछि २ बर्षअघि ४ सन्तान सहित काठमाडौं आएकी ढकामाया श्रीमानसंगै पशुपतिमा पण्डित्याईँको काम गर्छिन् ।

    तर संगै बसेको श्रीमानले कहिल्यै उत्तर दिनुनपर्ने प्रश्न, ‘तपाई बाहुन नै हुन् नि’ भन्ने प्रश्नको उत्तर ढकामायाले सधै दिनुपर्छ ।

    ‘टिका लगाउनु पहिला तपाई बाहुन हो भनेर सोध्छन् । म हो भन्ने संकेतमा टाउको हल्लाउछु । तर मेरो बुढोले त्यो उत्तर कहिल्यै दिनुपर्दैन ।’ ‘आमाको हातबाट टिका लगाउन पाइयो भनेर खुशी हुनेहरु पनि धेरै छन्’, उनले थपिन् ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    स्वार्थ नराखी काम गर्छुः मेयर दाहाल

    –सृजना अर्याल – चितवन । नेपाल महिला संघ चितवनले जिल्लाका स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा

    मानव बेचविखनको आरोपमा तामाङ पक्राउ

    -महिला खबर- काठमाडौं । नुवाकोट प्रहरीले मानव बेचविखानको अभियोग लागेका घ्याङ्फेदीका २४ वर्षीय कुमार तामाङलाई

    महिला र बालबालिका हराउने क्रम बढ्दो

    –बसन्ता भट्ट– बेसिशहर । लमजुङबाट वर्षेनी दर्जनौ बालबालिका र युवतिहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालयको

    कपिलवस्तुमा ७४ प्रतिशत बालविवाह

    पार्वती पाण्डे- कपिलवस्तु । जिल्लामा ७४ प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ

    गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार

    -महिला खबर- काठमाडौं । चार महिना अघि कुवेतमा बेचिएकी पाँचथरकी बिमला न्यौपानेको गृहमन्त्री जनार्दन शर्माको पहलमा

    Read more
    ताजा अपडेट
    %d bloggers like this: