ताजा समाचार

फिस्टुला: स्रोत भएर पनि उपचार पाउँदैनन्

प्रकाशित मिति :2017-07-16 12:38:38

महिलाहरुमा फिस्टुलाको समस्या बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकोको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइ सकेपछि सुत्केरीलाई लगातार पिसाव बगिरहने हुन सक्छ । मलाशयमा परेको दवाबले गर्दा कहिलेकाही दिसा पनि चुहिनसक्छ ।

डा. अरुणा उप्रेती

काठमाडौं । खोटाङकी बिना कठायत २६ वर्षदेखि फिस्टुला (पिसाव चुहिने) समस्याबाट पीडित छिन् । उपचारको क्रममा धरानमा उनको ५ पटक शल्यक्रिया भयो । लामो समय उपचार गर्दा परिवारमा समस्या थपियो । श्रीमान्ले बिनालाई छोडिदिए । फिस्टुला भएको निकै लामो समय पछि उपचार गरेकोले उनको समस्या पुर्ण रुपमा ठिक भएन । तर बाँच्न सकिने अवस्थामा चाँही छिन् ।

बिनालाई जस्तै नेपाली महिलाहरुको फिस्टुला रोगको अवस्था कस्तो छ भनेर बुझ्न नेपाल सरकारले न त कुनै अध्ययन गरेको छ । न त यो समस्या समाधानको लागि नै स्वास्थ्य मन्त्रालयको विशेष कार्यक्रम नै छ । फिस्टुला शब्दले शरीरको कुनै पनि भित्री अगंमा पर्ने अनवश्यक प्वाल भन्ने बुझिन्छ । महिलाहरुमा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव ब्यथा लाग्दा शिशुको टाउकोको दबाबले पिशाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइ सकेपछि सुत्केरीलाई लगातार पिसाव बगिरहने हुन सक्छ । मलाशयमा परेको दवाबले गर्दा गर्दा कहिले कहिले दिसा पनि चुहिने हुन सक्छ । यसरी दिसा र पिसाव दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिक रुपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ । जुन बिना कठायतले भोगिन् ।

१२ वर्षको उमेरमा विवाह भएकी राधिका पनि फिस्टुलाको समस्या भोग्ने महिला हुन् । उनको पहिलो बच्चा १६ वर्षको उमेरमा भएको थियो । राधिकालाई लामो प्रसव व्यथा लाग्यो । गर्भमा नै मरेको बच्चा जन्मियो । एकातिर ९ महिनासम्म गर्भमा हुर्काएको सन्तान गुमाउनुको पीडा त छँदैथियो । त्योसँगै अर्को दुःख पनि थपियो, राधिकाको पिसाव लगातार चुहिन थाल्यो । अर्थात् उनलाई फिस्टुला भयो । तर, बिनालाई झैं राधिकालाई परिवारको अपहेलना भएन । केही समयपछि उनले धरान अस्पतालमा उपचार गरिन् । घर परिवारले पनि उनको सहायता गरे । निको हुनको लागि ४ पटकसम्म शल्यक्रिया गर्नुप¥यो । अहिले राधिकाको पिसाव चुहिने समस्या छैन ।

विकसित देशहरुमा फिस्टुलाको समाचार शुन्य प्रायः हुन्छ । नेपाल, भारत जस्तो देशमा र अफ्रिका महादेशमा त अझ धेरै महिलाले पिसाब चुहिने समस्या भोग्नुपरेको अवस्था छ । गाउँका गरिब, कुपोषण ग्रस्त र दक्ष सुत्केरीकर्मीको सेवा नपाउने महिलालाई यो समस्या धेरै हुन सक्छ । सानो उमेरमा विवाह पछि गर्भवती हुँदा र सुत्केरी व्यथा लामो हुने कारणले पनि यो समस्या बढ्छ । ‘नेपालमा ठयाक्कै फिस्टुलाबाट पिडीत कतिमहिलाहरु छन् भन्ने तथ्याक त छैन । तर अहिलेसम्म उपचार नपाएर पिडीत ५००० देखि १०,००० जना महिला भएको अनुमान छ ।’ धरान अस्पालका स्त्री रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मीले भने । उनका अनुसार प्रत्येक वर्ष झण्डै चार सय जना नेपाली महिला फिस्टुलाबाट पीडित हुन्छ ।

तर, नेपालमा कति महिलाले राधिका जस्तो छिटै उपचार पाउँछन् ? कतिलाई यो रोगको उपचार संभव छ भन्ने चेतना होला ? एकातिर सरकारले निःशुल्क उपचार गर्न भनेर छुट्याएको स्रोत पनि खर्च भएको छैन । अर्कोतिर महिलाले उपचार पाएका छैनन् । धरान अस्पतालमा र काठमाण्डौं मोडेल अस्पतालमा यो समस्याको उपचार निःशुल्क गरिने व्यवस्था छ । तर, धेरै महिलाहरुले यसको सुविधा लिन सकेका छैनन । गएको एक वर्षमा मोडेल अस्पतालमा १०० जना फिस्टुलाको समस्या भएका महिलाको उपचार नहुनुले पनि यो अवस्थालाई उजागर गर्छ ।

एक त जानकारीको अभाव र अर्को गाउँबाट अस्पतालसम्म आउजाउ गर्न खर्च अभावले उनीहरु उपचार सेवासम्म पुग्न सकेका छैनन् । अर्कोतर्फ परिवारको सदस्यले महिलाको उपचारमा ध्यान नदिदाँ पनि महिलाले फिस्टुलाको समस्या बोकेर जिन्दगी गुजार्नु परेको अवस्था छ । फिस्टुलाको शल्यक्रिया गरेपछि पिसाब चुहिने समस्या त रोकिन्छ । तर सुत्केरी हुँदा पाठेघर क्षतविक्षत हुने भएकोले उनीहरुबाट भविष्यमा सन्तान नजन्मिन सक्ने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

सुदुर पच्छिमकी २२ वर्षीय कलावतीको पहिलो बच्चा भएपछि नै फिस्टुलाको समस्या भयो । उनले समयमा नै उपचार पाइन् । सुर्खेत अस्पतालमा उनको उपचार पनि भयो । तर उनी पुनः सन्तान जन्माउन नसक्ने भईन् । त्यसपछि कलावतीलाई श्रीमानले छाडेर हिडे । कलावती अब के गर्ने भनेर अन्योलमा छिन् । फिस्टुलाको रोग हुनु उनको कुनै दोष थिएन । यद्यपी सन्तान नजन्मिने कारणले नै उनी पारिवारीक र सामाजिक अपहेलना खेप्दै छिन् ।

फिस्टुलाको कारणले महिलालाई भएको पीडालाई कम गर्न र समयमा नै उपचार होस् भनेर केही जनचेतनाका कार्यक्रम पनि भएका छन् । हरेक वर्ष मे २३ मा ‘फिस्टुला अन्त्य गरांै’ भन्ने नारा सहित अर्तराष्ट्रिय दिवस मनाइन्छ । नेपालमा पनि फिस्टुला अन्त्य गर्न हामीले विभिन्न ठाउँमा छलफल तथा जनचेतनाका कार्यक्रम विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीले गर्दै आएका छन् । यद्यपी, ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी नै यो रोगबारे बेखबर छन् । डा. अरुणा कार्की भन्छिन् ‘समुदायमा जाँदा हामीले के थाहा पाएका छौ भने कतिपय अनमी र नर्सलाई पनि फिस्टुला हुन्छ भन्ने ज्ञान छैन । अनि उनीहरु कहाँ बिरामी आउँदैनन् ।’ उनले भनिन् – ‘हामीसँग उपचार गर्न पैसा छ । तर महिलाहरुले उपचार पाएका छैनन् ।’

स्वास्थचौकी वा अस्पतालमा महिला नआउने कारण त उनीहरुलाई आफ्नो उपचार नै हुन्छ भन्ने थाहा नहुनु पहिलो कारण हो । अर्कौ कारण चाँही यस्तो समस्या भएका महिलाहरु अपेहेलित भएर घरबाट निकालिएका हुन्छन् । उपचारमा सहयोग गर्ने परिवारको साहरा नै नभएपछि उपचार सेवामा पुग्ने त कुरै रहेन । वास्तवमा लुकेर बसेका यस्ता समस्यालाई खोजेर उनीहरुलाई उपचार दिलाइने काममा महिला स्वथ्स्य स्वयंसेविका, समुदायमा रहेका विभिन्न संस्था, विद्यालयका शिक्षकलाई पनि जानकारी दिन आवश्यक छ ।

समस्याबाट पीडित महिलालाई महिलालाई परिवारले अपहेलना नगरेर उपचार कहाँ छ भनेर खोज्ने कोशिश गरे भने अस्पतालसम्म आउने जाने बाटोखर्च पनि दिने व्यवस्था रहेको छ । महिला बिरामी भएपछि नहेर्ने परिवार झन् पिसाब चुहिने समस्या भएपछि त छिःछिः दुर्दुर् नै गर्छन् । कहिलेसम्म नेपाली महिलाले रोकथाम गर्न सक्ने फिस्टुला भएपछि दुःखखपेर बस्ने ? ‘फिस्टुलाको समस्या भएका महिलालाई उपचार गर्न हामीसन्ग पैसा भएपनि यस्ता महिलाहरुलाई हामीकहाँ ल्याइदिने कोही हुँदैन । हामी पैसा भएर पनि उपचार गर्न सक्दैनौ । यस्तो उपचार गाउँघरमा गएर गर्न सकिन्न केवल सुविधा सम्पन्न अस्पातलमा मात्र गर्न सकिन्छ ।’ स्त्री रोग विशेषज्ञहरुका भनाइ यस्तो रहन्छ ।

फिस्टुला रोग भइसकेपछि उपचार निःशुल्क त छँदैछ । त्यहाँसम्म महिलाको पहुँच पु¥याउनु महत्वपूर्ण कुरो हो भने यो समस्या महिलामा आउन नै नदिनु मुख्य पाटो हो । फिस्टुलालाई रोकथाम गर्न समाजका केही कुप्रथा अन्त्य गर्नुपर्छ । उमेर नपुगी विवाह नगराउने । त्यसैगरी किशोरीलाई हुने कुपोषण पनि फिस्टुलाको कारण बन्न सक्छ । जुन समाजमा विद्यमान छोरीप्रति गरिने विभेदको एउटा रुप पनि हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसिड विक्रि वितरण नियन्त्रण र नियमनका कानुन बनाउन सर्वोच्च अदालतबाट परमादेश

-महिला खबर- काठमाडौं । एसिड आक्रमणको अपराध रोकथाम, एसिडको विक्रि वितरण, नियन्त्रण र नियमन तथा,पीडितलाई पर्याप्त

फौजदारी संहिता विधेयक पारित

-महिला खबर- पारित फौजदारी संहितामा बहुविवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । बहुविवाह गर्ने महिला

असुरक्षित प्याडको प्रयोगले पाठेघरमा संक्रमण

-सर्मिला बुढाथोकी- दोलखा । लण्डनको एक्जुडस ट्राभल्सको आर्थिक सहयोग तथा हेल्थ पाटर्नरशीप नेपालको समन्वयमा चरिकोट

नगरपालिकालाई कुपोषणमुक्त बनाउँछौः प्रमुख झा

–महिला खबर–  काठमाडौं । नवलपसीस्थित कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी झाले पाँच वर्षभित्र नगरपालिकालाई कुपोषणमुक्त नगरपालिका

जिससमा पनि महिला उपमै सीमित

-महिला खबर- दलहरुले जिल्ला समन्वय समितिको प्रमुखमा पुरुषलाई मात्र उम्मेदवार बनाउँदा महिला उपप्रमुखमै सिमित भएका छन्

Read more
ताजा अपडेट
%d bloggers like this: