ताजा समाचार
  • डेढ वर्षको छोरा बोकेर जागिर खोज्‍दै सहीद पत्‍नी सोनी
  • Samakon Web Series Episode 2
  • यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार
  • महिला हिंसाको प्रमूख कारण घरेलु मदिरा नष्ट
  • रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत
  • अनुहार हेरेर डिपे्रसन भएको कुरा ठहर गर्न सकिन्न है !
  • बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिए
  • म्यादी प्रहरीमा ४ सय ९५ महिलाको निवेदन
  • सेना–माओवादीबाट बलात्कृतको प्रश्नः हाम्रा लागि न्याय कहाँ छ ?
  • श्रम विधेयक ऐन कार्यान्वयनको चरणमा
  • बेलायतमा ‘पहिलो लैङ्गिक समानता राज्य’ बनाउने जमर्को
  • बिकटका गर्भवतीलाई आइरन चक्की अभाव
  • ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग
  • बालिका बन्धक बनाउने युवक प्रहरीको फन्दामा
  • राष्ट्रिय महिला आयोग संवैधानिक बन्ने बाटो खुल्यो, प्रदेशमा पनि कार्यालय राख्न पाइने

    कसरी हट्छ ‘नछुने’ प्रथा?

    प्रकाशित मिति :2017-07-30 12:05:47

    सुजित मैनाली 

    बृहत नेपाली शब्दकोषले रजस्वला र नछुनेलाई पर्यायवाची शब्द मानेको छ । रजस्वलालाई जनबोलीमा महिनावारी भनिन्छ । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए पनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्ममदात प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपर्छ ।

    रज् अर्थात महिनावारी हुँदा निस्किने रगतबाट रजस्वला शब्द निर्माण भएको हो । यसलाई ऋतुमति, रजन्वती आदी नामले पनि बुझिन्छ । महिनावारी हुन थालेपछि बालिका क्रमशः सन्तानोत्पादनको लागि परिपक्व हुँदै जान्छे । महिनावारी शारीरिक परिपक्वताको मानक पनि हो । यो प्रजनन् क्षमता र सुस्वास्थ्यको संकेत पनि हो ।

    महिनावारी महिलाको प्रजनन् क्षमतासँग जोडिन्छ । ओस्ट्रोजेन, प्रोजेस्टोरेन लगायत प्रजनन् सम्बन्धी रासायनले महिलाको गर्भाशयलाई हरेक महिना गर्भाधानका लागि योग्य बनाइदिन्छ । यस अवधिमा महिलाले गर्भाधान गरिनन् भने यी रसायन रगतमा मिसिएर योनी हुँदै शरीरबाट बाहिरिन्छ ।

    सेक्सका क्रममा हासिल हुने चरमोत्कर्ष र मानिसको पृथक खालको यौन जीवनसँग पनि महिनावारीको सम्बन्ध छ । स्तनधारी जनावरमध्ये महिलाको डिम्बोत्सर्जन क्रिया धेरै व्यवस्थित हुन्छ । अधिकांश स्तनधारी जनावरका पोथी प्रजातिले सेक्सका क्रममा चरमोत्कर्षमा पुगेपछि डिम्बोत्सर्जन गर्छे । त्यति नै बेला भालेले विर्यद्वारा डिम्बलाई सिञ्चित गरिदिन्छ र गर्भ बस्छ । निर्धारित समयावधिमा विर्यद्वारा सिञ्चित हुन पाएन भने डिम्ब रज्मार्फत बाहिरिन्छ । कुनै महिलालाई महिनावारी हुँदैन भने उसको प्रजनन् प्रक्रिया सही छैन भन्ने बुझ्नुपर्छ ।

    महिनावारी महिलाको व्यवस्थित डिम्बोत्सर्जन प्रक्रियाको उपज हो । महिलाको शरीरमा डिम्बोत्सर्जन भएको कुरा स्वयं महिलालाई पनि पत्तो हुँदैन । जसकारण डिम्बोत्सर्जन भएकै बेला सेक्स गरेर गर्भाधान हुने सुविधा प्राप्त हुँदैन । अमेरिकी वैज्ञानिक ज्यार्ड डायमण्डका अनुसार ज्यादै सक्रिय सेक्स जीवन बाँच्ने नवविवाहित महिला गर्भवती हुने सम्भावना एक मासिक चक्रमा ३० प्रतिशतको हारहारी मात्रै हुन्छ ।

    महिनावारी शब्दले मासिक चक्रको जैविक पक्षलाई बुझाउँछ । नछुनेले चाहिँ यसको सामाजिक पक्षलाई बुझाउँछ । महिनावारी सृष्टिको आधार हो । ‘नछुने’ चाहिँ महिलाविरुद्धको आततायी अवधारणा भएकोले यसलाई उन्मुलन नगरिकन सही अर्थमा महिलामुक्ति सम्भव छैन ।
    पितृसत्तात्मक धर्म, संस्कृति, परम्परा आदिले मासिक चक्र लाई सार्वजनिक जीवनबाट लुकाउनुपर्ने पाप बनाइदिएको छ । संसारका सबै धर्मले महिनावारी भएका महिलालाई वर्जित गरेका छन् । हिन्दु धर्मग्रन्थ पुराण, यहुदी धर्मग्रन्थ लेभिटिकस, इशाइ धर्मग्रन्ध बाइबल आदीमा महिनावारीलाई धार्मिक, संस्कृतिक लगायत दैनन्दिन जीवनमा वर्जित गरिएको छ । इस्लाम धर्म ग्रन्थ कुरानले महिनावारी भएको बेला सेक्सलाई वर्जित गरेको छ । धर्मग्रन्थको सन्दर्भम बौद्ध धर्म अझ बढी उदार छ । महिनावारीलाई धार्मिक प्रयोजनमा प्रस्टसँग स्वीकार गर्ने धर्मचाहिँ शिख हो । (आरु भारतीय, मिन्स्ट्रुएसन, रिलिजन एन्ड सोसाइटी, इन्टरनेसनल जर्नल अफ सोसल साइन्स एन्ड ह्युमेनिटी) ।

    व्यवहारमा चाहिँ महिनावारीप्रति सबैभन्दा अनुदार धर्महरू क्रमशः इस्लाम, हिन्दु, बौद्ध, इशाइ आदी हुन् (वोङ र खो, मिन्स्ट्रुरल रिलेटेड एटिचयुड्स एन्ड सिम्पटम्स अमोङ मल्टि–रेसियलएसियन एडोलेसेन्ट फिमेल्स, इन्टरनेसनल जर्नलअफ बिहेभिरल मेडिसिन) ।नेपालमा किराँत, बोनपो लगायत धर्म मान्ने जनजाति समुदायमा महिनावारी बार्ने चलन छैन । कतिपय किराँती लोककथामा महिनावारी बार्ने प्रसंग भेटिन्छन् । महिनावारी बार्ने जनजाति परिवार पनि असंख्य छन् । यस्तो अभ्यास गैर हिन्दु जनजाति समुदायमा हिन्दु धर्मले पारेको प्रभावको उपज हो ।

    मासिक चक्र लाई किन अपवित्र मानियो र यो कहिलेदेखि नछुनेमा परिणत भयो भन्ने यकिन भइसकेको छैन । यो पितृसत्तात्मक समाजिक विधानको उपजहो भन्नेमा चाहिँ सबैको मतैक्य छ । बच्चा भएनभने महिलालाई दोष दिएर अर्की भित्र्याउने चलन अझै रोकिएको छैन । जबकी सन्तान हुनु÷नहुनुमा पुरुषको पनि बराबर हात हुन्छ ।

    महिनावारी हुनुको अर्थ त्यस महिना गर्भाधान हुन नसक्नु हो । पक्कै पनि गर्भवती हुन नसक्दा पारिवारिक लाञ्छना लाग्ने भएकोले महिलाहरूले महिनावारीलाई गोप्य राख्ने गरे । र, महिनावारी भएका महिलालाई समाजले बच्चा पाउन असमर्थ श्रापित प्राणी ठह¥याइयो र पापमुक्त हुन उनीहरूलाई चारदेखि सात दिनसम्म सामाजिक जीवनबाट अलग राखेर प्रायश्चित गर्न लगाइयो । छाउपडी प्रथा महिलालाई महिनावारी भएवापत प्रायश्चित गर्न लगाउने संसारकै क्रुरतम मध्येको अभ्यास हो ।

    मध्ययुगिन प्रतित हुने महिनावारी बार्ने चलनले सभ्य भनिएको अहिलेको समयमा पनि निरन्तर्ता पाइरहेको छ, जुन लाजमर्दो हो । महिनावारी बार्नुपर्छ भन्ने मान्यता बोकेर हुर्किएकी बालिका मानसिक रूपमा जीवनभर स्वतन्त्र हुन सक्दिनन् । महिनावारी नहुँदै समाजले उनको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा अंकुश लगाइसकेको हुन्छ । दुर्भाग्यवश, आवाज विहिनहरूको आवाज भनि चिनिने सञ्चार जगतले यस्तो अंकुशलाई अक्षुण राख्न मद्धत पु¥याइरहेको छ ।

    महिनावारी हुँदा रगत निस्किनु नौलो कुरा होइन । तर, महिनावारीको रगतलाई लाजको विषय किन बनाइयो ? महिनावारी जस्तो सामान्य प्रकृतिक चक्रलाई गोप्य राख्न महिलालाई बाध्य किन पारियो ? अहिले पनि सञ्चार जगतले महिलालाई रज् खराब कुरा हो र यसलाई गोप्य राख्नुपर्छ भन्ने सिकाइरहेको छ । सेनिटरी प्याडको विज्ञापनमा रगतको थोपाको सट्टा निलो थोपा चुहाएर रजलाई लाजको विषय बनाइँदैछ । महिनावारी भएको बेला कपडामा रगतको टाटा लागेर आत्मविश्वास गुमाएकी महिलामा सेनिटरी प्याडले आत्मविश्वास फर्काएको देखाएर विज्ञापनले रज अरुबाट लुकाउनुपर्ने घृणित चिज हो भन्ने सन्देश दिइरहेको छ ।

    जागिरमा महिलालाई प्रोत्साहन नगर्ने ‘साहु’हरूको तर्क हुन्छ– ‘महिला नियमित महिनावारी हुन्छन् । त्यतिबेला उनीहरू राम्रोसँग काम गर्न सक्दैनन् । त्यही भएर महिला भन्दा पुरुष कामदार लिनु फाइदाजनक हुन्छ ।’ भर्खरै महिनावारी हुन थालेका किशोरीहरूको अनुभवलाई आधार बनाएर महिनावारी असहज र पीडादायक हुन्छ भन्ने मान्यता स्थापित गरिएको छ । यही मान्यताका आधारमा महिलालाई अवसरहरूबाट वञ्चित राखिएको छ । तर उमेर बढ्दै गएपछि महिनावारीको असर सामान्य बन्दै जाने र पुरुषले महिनावारीलाई शारिरीक तथा मानसिक रुपमा काम गर्न बढी असहज समय मान्ने गरेको तथ्य विभिन्न मत सर्वेक्षणद्वारा पुष्टि भइसकेको छ । महिनावारीमा महिलाहरू कमजोर हुन्छन् भन्ने पितृसत्तात्मक मान्यतालाई टेवा पुग्नेगरि चिकित्सा शास्त्रले महिनावारीलाई रोगग्रस्त अवस्थाजस्तै मानेर ‘महिनावारीको बेला यसो गर्ने, उसो नगर्ने’ भन्ने प्रतिवेदन निकाल्छ र यस्ता प्रतिवेदनलाई पत्रिकाले प्राथमिकताका साथ छाप्छ ।

    शिक्षित अभिभावकले महिलालाई सर्पको टोकाइबाट मर्न बाध्य पार्ने छाउपडी प्रथाको विरोध गर्छ । घरमा महिनावारी भएकी छोरीलाई पुजाकोठा छिर्न दिँदैन । अनि शिक्षा, स्वास्थ्य र सुचनामा पहुँच भएर मात्रै अमानवीय नछुने प्रथा कसरी हट्छ ?
    (मैनाली समाजशास्त्र अध्यापन गराउँछन् )

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार

    -बिदुर आचार्य- सिन्धुपाल्चोक । उद्घोषकले कार्यक्रमको औपचारिक सुरुवात गर्छन् । अध्यक्ष र अन्य अतिथीहरूको आसनग्रहण,

    रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत

    -महिला खबर- काठमाडौं । यो एक हप्ताको अवधिमा देशभर चार जना महिला बलात्कृत भएका छन् ।

    बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिए

    –महिला खबर– काठमाडौं । बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिएका छन् ।

    सेना–माओवादीबाट बलात्कृतको प्रश्नः हाम्रा लागि न्याय कहाँ छ ?

    –महिला खबर– म धेरै रोएँ । त्यसो नगर्न आग्रह गरेँ । तर मेरो चित्कार कसैको

    श्रम विधेयक ऐन कार्यान्वयनको चरणमा

    –सन्दिप वि.क – काठमाडौं । हेटौंडा मकवानपुर घरभई हाल काठमाडौं भैँसेपाटीमा बस्दै आएकी २८

    Read more
    ताजा अपडेट
    %d bloggers like this: