ताजा समाचार
  • कपिलवस्तुमा ७४ प्रतिशत बालविवाह
  • गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार
  • स्तनपान र ६ महिना बिदा
  • बलात्कारविरूद्ध न्यायिक चुनौती
  • तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा
  • जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती
  • समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’
  • किन रोकिदैन बालविवाह ?
  • मेरो छोराले जन्मदर्ता किन नपाउने ?
  • कलिला आमाहरू
  • भरतपुरकी मेयर रेणुको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा
  • दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन
  • काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन शुरु
  • तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’
  • सुत्केरी बिदा ६ महिना पुर्याउन पहल

    मेरो छोराले जन्मदर्ता किन नपाउने ?

    प्रकाशित मिति :2017-08-07 14:04:40

    महिला खबर

    काठमाडौं । गोरखा सुलीकोट गाउँपालिका, ५ की पबिता दर्जीले नागरिकता पाउन लामै संघर्ष गर्नुपरेको थियो । उनले २०७३।१०।२९ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट बुबा सेते दर्जीको नामबाट बंशजको आधारमा नागरिकता पाएकी हुन् ।

    त्यो दिन ८ बर्षसम्म नागरिकता पाउनका लागि उनले गरेको संघर्ष पुरा भयो । तर फेरि अहिले छोराको जन्मदर्ताका लागि उनी उस्तै संघर्षमा छिन् । विवाहित महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्छ भन्दै उनलाई नागरिकता दिनबाट बन्चित गरीएको थियो । अहिले त्यही बुबा नभएको भन्दै छोराको जन्मदर्ता रोकिएको हो ।

    ‘मैले आफ्नो नागरिकता बनाएपछि छोराको जन्म दर्ता गराउन सुलीकोट गाउँपालिका– ५ ताकुमालाकुमारी (साविक ताकुमालाकुमारी गाविस) मा गएकी थिए । गाविस सचिवले वडा अध्यक्ष र सदस्यको सिफारिस चाहिन्छ भन्दै जन्मदर्ता गराइदिनुभएन’ पबिताले भनिन् ।
    काठमाडौमा बस्दा छोटो चिनजानमै प्रेम विवाह गरेकी पबिता श्रीमानले धोका दिएपछि पीडित हुन पुगेकी थिइन् । श्रीमानको नाम अशोक भन्ने मात्रै थाहा पाएकी पबिताले उनको जात, ठेगाना थाहा पाइनन् । उनी भन्छिन,‘सँगै झोला कारखानामा काम गर्दा प्रेम भयो, त्यसपछि विवाह गरी काठमाडौंमा बसियो, तर अचानक उनी कहाँ गए पत्तै पाईंन ।’

    अशोकसँगको सम्बन्धबाट जन्मिएको उनको छोरा हाल आठ वर्षको भइसकेका छन् ।
    छोरा अहिले जलकन्या माध्यमिक विद्यालय तामलावोट कक्षा ३ कक्षामा पढिरहेका छन् । स्कुलले छोराको जन्मदर्ता मागिरहेको उनले बताईन् । ‘मेरा आमाबुबा नेपाली, म नेपाली तर मेरो छोराको जन्मदर्ता किन नबन्ने’ पबिताले भनिन् ।

    वडा नम्बर ५ की वडा सचिव (पहिला गाविस सचिव) निशा राईले पबिताको नागरिकतामा श्रीमानको नाम उल्लेख नभएकाले जन्म दर्ताको प्रमाणपत्रमा दिन नसकेको बताउनुभयो । ‘पबिताको नागरिकतामा श्रीमानको नाम नै छैन, जन्म दर्ता दिदा आमा वा बुबा भएनी हुन्छ । जन्मदर्ता गराउन बुबा र आमा दुबैको नागरिकता चाहन्छि ।’ सचिव राईले भन्नुभयो ।
    सचिवले जन्म दर्ता फारमले मागे अनुसारको प्रमाण नभएकोले दिन नमिल्ले बताउनुभयो । ‘जन्मदर्ता फारममा शिशु जन्मेको ठेगाना, आमाबुबाको विवरण, बाजेबजैको विवरण जस्ता कुराहरु मागेको हुन्छ । जसले गर्दा फारम अनुसार जन्मदर्ता दिन नसकेको हो’ सचिव राई भन्नुभयो ।

    पबिताको छोरालाई जन्मदर्ताको प्रमाणपत्र दिन नसकेपनि नाम र जन्म मिति उल्लेख गरेको सिफारिस भने दिन मिल्ले सचिवले बताउनुभयो ।

    पञ्जीकरण विभागका अनुसार जन्मदर्ता गराउन निम्न व्यवस्था गरेको छ ।

    – शिशुको जन्मदर्ता गर्नका लागि बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति

    – धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमाले,

    – बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धीत वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धीत गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको हकमा -सम्बन्धीत वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धीत नगरपालिकाको प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धीत वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    कपिलवस्तुमा ७४ प्रतिशत बालविवाह

    पार्वती पाण्डे- कपिलवस्तु । जिल्लामा ७४ प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ

    गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार

    -महिला खबर- काठमाडौं । चार महिना अघि कुवेतमा बेचिएकी पाँचथरकी बिमला न्यौपानेको गृहमन्त्री जनार्दन शर्माको पहलमा

    तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा

    -सृजना अर्याल- तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले

    समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’

    -महिला खबर- नागरिकता बनेपछि गरिखाने बाटो खुलेको विमला बताउँछिन् । ‘जे गर्दा पनि नागरिकता चाहिने रहेछ

    किन रोकिदैन बालविवाह ?

    –सन्दिप विक– पछिल्लो समय सूचना प्रविधिको बढ्दो प्रयोगले समेत बालविवाह हुने गरेको पाइन्छ । चितीकै संगिता

    Read more
    ताजा अपडेट
    %d bloggers like this: