ताजा समाचार
  • तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा
  • जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती
  • समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’
  • किन रोकिदैन बालविवाह ?
  • मेरो छोराले जन्मदर्ता किन नपाउने ?
  • कलिला आमाहरू
  • भरतपुरकी मेयर रेणुको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा
  • दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन
  • काठमाडौंमा दक्षिण एशियाली महिला सम्मेलन शुरु
  • तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’
  • सुत्केरी बिदा ६ महिना पुर्याउन पहल
  • बाल विवाह एवम् दाइजो विरुद्ध अभियान्त सम्मानित
  • बालिका बलत्कार गर्ने पक्राउ
  • ‘हेय र भेदभाव हटे मात्रै यौन हिंसा उजागर’
  • रोकिएन असुरक्षित गर्भपतन

    तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा

    प्रकाशित मिति :2017-08-07 17:26:26

    सृजना अर्याल

    चितवन । नेपाली महिलाको पर्व तीजलाई महिला शसक्तिकरणको पर्वको रुपमा मनाउनुपर्ने चितवनमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । चितवनको नारायणगढमा सोमबार भएको तीज विशेष कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले तीज पर्वलाई महिला शसक्तिकरणमा टेवा पु¥याउने पर्वको रुपमा मनाउनुपर्ने बताउनुभएको हो ।

    फेन्सी व्यवसायी संघ र फेन्सी साकोस चितवनको संयुक्त आयोजना भएको कार्यक्रममा उहाँले तीज पर्वको विशेष अवसरलाई भड्किलो नबनाई महिलालाई आत्मनिर्भर बनाउनेतर्फ लैजानुपर्ने बताउनुभयो । 

    तीजपर्वको सन्र्दभमा आयोजीत कार्यक्रमहरु सामाजिक संस्कारसँग लक्षित हुने भन्दै उहाँले पर्वका अवसरमा नै महिलाबीच विचारहरुको आदानप्रदानमा समेत हुने गरेको बताउनुभएको थियो ।

    तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले भन्नुभयो – ‘वर्त बस्ने, महिनावारीको पाप हटाउने, पञ्चमी पुजा जस्ता कुमान्यता हटाउन हामी स्वयंले पहल गर्नुपर्छ ।’

    महिनावारी महिलाको प्रजनन् आधार भएको भन्दै उहाँले पाप लाग्छ भन्दै गरिने छुवाछुतको व्यवाहरले छाउगोठ संस्कृतिलाई बढवा दिने पनि बताउनुभएको थियो ।

    उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजन गौतमले महिलाको चाड तीजलाई भड्किलोको नाउमा महिला शशक्तिकरण माथि नै अकुंश लगाउन खोजिएको आरोप लगाउनु भएको छ । कार्यक्रममा उहाँले वर्तमानका तीज गीतहरु परिवारसँग बसेर हेर्न अप्ठ्यारो लाग्ने भन्दै सामाजिक विभेद चिर्ने सन्देशमूलक तीजगीत हराएको चिन्ता व्यक्त गर्नु भयो ।

    कार्यक्रमममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले तीज पर्वले नेपाली महिलाबीच सामुहिकता र एकताको भावना जगाउनुपर्ने बताउनुभयो । अधिवक्ता फुलमाया रानाभाटले तीज पर्व भड्किलो नहोस् भन्दै चितवनका महिला सचेत रहेको भन्दै यस्ता कार्यक्रमले तीजको महत्व उजागर हुने बताउनु भयो ।

    फेन्सी व्यवसायी संघका पुर्व अध्यक्ष हेमराज पौडेल, फेन्सी साकोसका संस्थापक अध्यक्ष विजयरत्न तुलाधर, उद्योग वाणिज्य संघ चितवनकी सदस्य रजनी मास्के लगायतले बोलेका थिए । कार्यक्रममा संयोजक सुलोचना श्रेष्ठले व्यवसायी महिलाबीच हुने यस्ता कार्यक्रमले एक अर्कामा आत्मियता बढ्नुका साथै वर्तमान परिवेश अनुसार महिलाको शसक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

    ‘एकता नै शक्ति हो शक्तिको सदुपयोग गरौं’ भन्ने नाराका साथ शुरु गरिएको सो कार्यक्रममा गायिका पुर्णकला वि.सीले सन्देशमुलक तीज गीत गाउनु भएको थियो । सो कार्यक्रममा सादा सारी र चोलीमा महंगा गहना नलगाइकन महिलाहरु उपस्थित भएका थिए ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    तीजलाई महिला शसक्तिकरणको पर्व बनाऔं : शर्मा

    -सृजना अर्याल- तीज पर्वका पुरातन मान्यताहरुको जरो वर्तमानमा खोज्न जरुरी भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी शर्माले

    समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’

    -महिला खबर- नागरिकता बनेपछि गरिखाने बाटो खुलेको विमला बताउँछिन् । ‘जे गर्दा पनि नागरिकता चाहिने रहेछ

    किन रोकिदैन बालविवाह ?

    –सन्दिप विक– पछिल्लो समय सूचना प्रविधिको बढ्दो प्रयोगले समेत बालविवाह हुने गरेको पाइन्छ । चितीकै संगिता

    दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन

    महिला खबर काठमाडौं । रौतहट गरुडामा निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार

    तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’

    -यमुना खनाल- तराईका सीमित परिवारका महिलाहरुले मात्र स्वतन्त्र रुपमा आफ्नो क्षमता अगाडि बढाउन पाएका छन् ।

    Read more
    ताजा अपडेट
    %d bloggers like this: