ताजा समाचार
  • बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ
  • महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति
  • जसले त्यागे छोराको ‘मोह’
  • रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’
  • बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’
  • नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने
  • दिल्लीमा महिला यात्रुकालागि छुट्टै ट्याक्सी सेवा
  • भोट हैन बोटमा ध्यानः निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेदवार मत माग्न व्यस्त छन् तर दोलखाका ग्रामीण महिलाहरू भने आफ्नो बारेमा फलेको कोदो टिप्न व्यस्त देखिन्छन् । तस्विरः सर्मिला बुढाथोकी-दोलखा
  • बालिकालाई करणी गर्ने किशोर पक्राउ
  • मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या
  • जित्नकै लागि मेरो उम्मेदवारीः महालक्ष्मी उपाध्याय
  • रेडियोमा बोल्ने रहरले अभियन्ता बनिन् मच्छे
  • चुनावी विभेद र विकृति
  • जुम्लामा महिला मत निर्णायक
  • अब इटहरीमै इजलास र न्याय सम्पादन

    स्तनपान र ६ महिना बिदा

    प्रकाशित मिति :2017-08-08 11:15:37

    -डा. प्रकाश बुढाथोकी-

    दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा बढी छैन र यो प्रतिशत बर्सेनि घट्दो  छ । स्तनपानको महत्वबारे ग्रामीण क्षेत्रमा जनचेतना अभाव तथा सहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्ने क्रम बढ्दो रहेको छ । अझै स्तनपान प्रोत्साहन गर्ने महत्वपूर्ण पक्ष उचित परामर्श धेरै स्वास्थ्यकर्मीले दिँदैनन् । शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतनाले ४५ प्रतिशत गर्भवती महिला र अभिभावकमा जरा गाड्न सकेको छैन । त्यसैगरी, एक महिनासम्म ७९ दशमलव ६, दुईदेखि तीन महिनासम्म ७२ दशमलव २, चारदेखि पाँच महिनासम्म ४० दशमलव ९ र ६ देखि ८ महिनासम्म ६ प्रतिशत आमाले मात्र स्तनपान गराउने गरेका छन् । ६ महिनामुनिका बच्चामा बोतलको दूध खुवाउने प्रवृत्ति विगत एक दशकमा ४ प्रतिशतबाट बढेर ९ प्रतिशतसम्म पुगेको छ । बालमृत्युदर घटाउन र कुपोषणको मारबाट बालबालिकालाई जोगाउन स्तनपानको महत्व र जनचेतना फैलाउने उद्देश्यले अगस्ट १ देखि ७ सम्म विश्वभर विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाइन्छ ।

    आमाको दूध : एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न प्रतिदिन ९ देखि १२ सय मिलिलिटर दूध निस्कन्छ । जसमा ८८ दशमलव २० प्रतिशत पानी, १ दशमलव २५ प्रतिशत प्रोटिन, ल्याकटोज ७ दशमलव २ प्रतिशत, ३ दशमलव १ प्रतिशत चिल्लो पदार्थ, शून्य दशमलव २८ प्रतिशत क्याल्सियम र भिटामिन सी शून्य दशमलव ३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्वहरू प्रशस्त पाइन्छन् । बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एमिनो एसिड पाइन्छ । समय सीमा र मात्रा नभएको खाद्य वस्तु पनि यही आमाको दूध नै हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानीकारक किटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्वनिहीत भएकोले घा“टीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फलुएन्जा र दमजस्ता रोगबाट बचाउ“छ । शिशुको बढ्दो उमेरको आवश्यकताअनुसार दूधको संरचनामा पनि परवर्तन हुने गर्छ । आठ महिना बढीसम्म स्तनपान गराइएका ८–९ वर्षका शिशुहरू बढी तीक्ष्ण भएको प्रमाण पनि छ । आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ ले रोगस“ग लड्न एन्टिबडीको काम गरी पाचनप्रणालीमा लाग्ने संक्रमण रोक्छ । यिनै कुरालाई मनन गरेर छिमेकी मुलुक चीनमा त शिशुहरूलाई बट्टाको दूध सेवनमा कानुनी रूपमै रोक लगाएको छ । आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउ“दा पानीको समेत आवश्यकता पर्दैन किनभने दूधमा ८८ प्रतिशत पानी हुन्छ ।

    आमाको सुरुको दूध ७–१० दिनभित्रको अलि बाक्लो, पहेंलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्ट्रमसहित हुन्छ, जसलाई बिगौती दूध भनिन्छ । जसमा हानिकारक संक्रामक जीवाणु र किटाणुलाई नष्ट पार्ने, संक्रामक रोगस“ग लड्न सक्ने तत्वहरू भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्वले भरिपूर्ण भएकोले बिगौती दूधलाई पहिलो खोप पनि भनिन्छ । आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगविरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनुपर्छ, तर पीप मिसिएको दूध भनी फ्या“क्ने र सट्टामा ५० प्रतिशत महिलाहरूले गर्ने विशेष गरी तराईमा मह चटाउने, घ्यू, जन्मघुंटी, ग्लुकोज र घोटीचौथी खुवाउनेजस्ता कार्यहरू उचित होइनन् । उक्त कुरा खान दिँदा संक्रमण हुने र दूध खान नमान्ने हुन जान्छ ।

    आमालाई फाइदा : नियमित स्तनपान गराउँदा सौन्दर्य वृद्धि हुने गर्छ । स्तनपानले पारिवारिक आत्मीयतासमेत बढाउ“छ । गर्भावस्थामा सञ्चित बोसो घटाउ“छ । स्तनपान गराउ“दा प्रोजेस्ट्रोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भ निरोधकका रूपमा काम गरेको पाइन्छ । यसले गर्भ धारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्छ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन दरमा वृद्धि हुन्छ । डब्बा तथा अन्य दूध खुवाउ“दा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । आमालाई स्तनपान गराउ“दा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्छ । बच्चाले आफूलाई सुरक्षित ठान्छ । बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्मोन उत्पन्न भई दूध पगार्ने भएकाले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पु¥याउँछ । पाठेघरमा लाग्ने रोगहरू न्यूनीकरण गर्छ ।

    नियमित स्तनपान गराउ“दा सौन्दर्य वृद्धि हुने गर्छ । स्तनपानले पारिवारिक आत्मीयतासमेत बढाउ“छ । गर्भावस्थामा सञ्चित बोसो घटाउ“छ । स्तनपान गराउ“दा प्रोजेस्ट्रोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भ निरोधकका रूपमा काम गरेको पाइन्छ । यसले गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्छ।

    आमालाई पछि गएर हुने डिम्बासय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना आठ गुणाले कम हुन्छ । स्तनपान गराउ“दा आमाले पूर्णता पाउ“छिन् । पाठेघरलाई खुम्च्याएर रक्तश्राव हुनबाट जोगाउँछ र रक्तअल्पताबाट बचाउँछ । पिसाब नलीको संक्रमण हुनबाट बचाउँछ । विभिन्न हर्माेनको उत्पादन गरेर मानसिक तनाव हुनबाट बचाउँछ । त्यस्तै, बच्चासँगको आत्मीयतालाई बलियो बनाउँछ । विभिन्न क्यान्सरहरू, मधुमेह, मुटुरोग, हाड खिइनेजस्ता स्वास्थ्यसमस्याबाट जोगाउँछ ।

    बच्चालाई फाइदा : आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो, जसलाई जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैस“ग शिशुलाई खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समयअनुसार आवश्यक पर्ने तत्वहरू, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रह“दैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने सम्भावना पनि रह“दैन । तसर्थ बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँड्डुल गर्न नसकिने, दूध पचाउन नसकिने, बान्ता हुने, आ“खा कमजोर हुने, पछि रतन्धो हुने, बौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन ।

    बच्चालाई खाना खुवाउने जैविक पद्धति स्तनपान हो । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ६ महिनासम्म पु¥याउन तीव्र पहल सुरु गरेको छ । व्यवस्थापिका संसद् सचिवालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्रावधान लागू हुने व्यवस्था गरिएको छ । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । त्यसो त सार्क राष्ट्र बंगलादेश र भारतमा सुत्केरी बिदा ६ महिनाको प्रावधान छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय श्रम संगठनमा सुत्केरी बिदा १ सय ३, श्रम नियमावली २०५० ले ९० दिन पारिश्रमिकसहित बिदा पाउने प्रावधान छ । अन्त्यमा, आमाको दूध शिशुको अधिकार तथा प्रकृति प्रदत्त उपहार हो । यो जीवनदायी अमृत समान हुन्छ । तसर्थ आफ्नो शिशुलाई स्तनपान गराउन हरेक महिला सचेत रहनैपर्छ ।

    डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन्

    साभार : राजधानि दैनिक

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बहिनी करणी गरेको अभियोगमा दाजु पक्राउ

    -महिला खबर- काठमाडौं । आफ्नै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ

    महिला तथा वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति

    -महिला खबर- कालिकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला

    जसले त्यागे छोराको ‘मोह’

    -गीता थापा- छोरा मोहका कारण गर्भमा रहेको लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्नेक्रम रोकिएको छैन ।

    रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’

    –महिला खबर– काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट उम्मेदवारी पाउने

    बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’

    महिला खबर काठमाडौं । बोक्सी प्रथा उन्मुलन गर्ने उद्देश्यले निर्माण भएको चलचित्र ‘अग्नीदहन’ अभियानको रुपमा

    Read more
    ताजा अपडेट
    %d bloggers like this: