ताजा समाचार
  • धनकी देवी लक्ष्मी र समृद्धिविहीन नेपाली महिला
  • कपि कलमका लागि बालिकाको टीका व्यापार
  • बलात्कार आरोपी पक्राउ
  • महिला खबरको सम्पादकमा लोग्शरी
  • मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री
  • रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया
  • माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
  • वर्षामै खानेपानी अभाव : दिनभर खेतबारी, रातभर पँधेरो
  • डेढ वर्षको छोरा बोकेर जागिर खोज्‍दै सहीद पत्‍नी सोनी
  • Samakon Web Series Episode 2
  • यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार
  • महिला हिंसाको प्रमूख कारण घरेलु मदिरा नष्ट
  • रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत
  • अनुहार हेरेर डिपे्रसन भएको कुरा ठहर गर्न सकिन्न है !

    ‘पिआइसियु बेड नं ३९२’

    प्रकाशित मिति :2017-09-01 17:14:36

    –सन्दिप वि क –

    ‘पिआइसियु बेड नं ३९२’ डाक्टरको आवाज सुन्ने वित्तिकै एक पुरुष हतारिँदै गेटतिर कुँदे । म झसंग भए, कतै बेड नं ३९२ का नुवाकोटकी सुनिता तामाङको आफन्तलाई त डाक्टरले डाकेनन् ?

    यो भन्दा पहिले यो बेड नम्बर लिने बित्तिकै नाकमा बुलाकी, गुन्यू चोली लगाएकी अधवैंशे महिला टुप्लुक्क गेटमा पुग्थिन् । तर यसपटक भने एक पुरुष उभिदै थिए ।  काठमाडौं महाराजगञ्जको कान्ति बाल अस्पताल । अस्पतालको तेस्रो विल्डिङको तेस्रो तल्लामा चारवटा ढोका पार गरेपछि अन्तिम ढोकामा लेखिएको छ, पिआइसियु कक्ष ३९२ देखि ४०६ ।
    हो त्यहि कक्षको वेड नं. ३९२, जुन वेडमा भर्ना भएकी थिइन् – एक बालिका । बुझ्दा थाहा भयो – उनको नाम सुनिता तामाङ रहेछ । घर नुवाकोट गाउँपालिका १ उर्लेनी । उमेर १४ वर्ष ।

    बाबु दिपक तामाङ र आमा मल्सानी तामाङकी तीन वटा सन्तान मध्येकी जेठी छोरी रहिछन् । गाउँकै स्कूलमा कक्षा ४ मा पढ्दै गरेकी सुनितालाई ज्वरो आउने, पेट दुख्ने समस्या देखिएपछि गाउँको धामी झँक्रीकहाँ लगिएछ ।
    झारफूक, गाउँले जडिबुटीले सुनिताको रोग बीसको उन्निस भएन । रोगले च्याप्दै लग्यो । सुनिताको रोगबारे बुझ्दा बाबु दिपक तामाङले भने – ‘मैले त अस्पताल नल्याउँ भनेको थिएँ । बुढीले कर गरी । ’

    अस्पताल ल्याएपछि डाक्टरले सुनितालाई जण्डिस भएको बताएको थियो । म भाइलाई लिएर ३९५ वेडमा थिएँ । म कुरुवा भएभन्दा २ वटा वेड अगाडि रहेको सुनितालाई रगत चढाएर राखिएको थियो । कहिले रातो रगत त, कहिले सेतो रगत उनको शरीरमा गइरहेको देखिन्थ्यो ।

    श्रीमानको इन्कारीका  बावजुत छोरीको मायाले अस्पताल ल्याउन जिद्धी गरेकोले होला । औषधी किन्न डाक्टरले अह्राएपछि मल्सानीको अनुहार अँध्यारिन्थ्यो । मानौं उनभित्र मेघ वर्षिन ठिक्क आकाशमा झैं कालो बादल मडारिएको छ ।
    प्रत्येक दिन औँषधि किन्नुपर्ने । कति दिन त औँषधि किन्ने पैसा उनी भौतारिएको समेत देखियो ।  मल्सानीका जेठाजुका छोरा । त्यस्तै २२ वर्षका जस्तो देखिने युवा । प्रत्येक दिन रगत राख्ने बल्ड बक्स बोकेर रगत खोज्ने भौतारि रहन्थे । कहिले टिचिङ त कहिले अन्य अस्पतालहरु । सुनिताले स्लाइनबाट शरीरमा रगत दिसासगैँ बगेर जान्थ्यो । एकदम कालो अंगार जस्तो ।

    भदौ ८ गते । तीजको दिनसम्म सुनितालाई पिआइसियु कक्षमा राखेको पनि १० दिन भईसकेको थियो । यसभन्दा पहिले सुनितालाई कान्तिकै जनरल वार्डमा एक हप्ता राखिएको थियो ।

    जनरल वार्डमै राखेको एक हप्ता भइसक्दा पनि रोग बल्झिएपछि पिआइसियु कक्षमा सारिएको थियो ।  सुनिताकी आमा मल्सानी अन्य कुरुवा महिला भन्दा भिन्दै देखिन्थिन् । नेपाली भाषा बुझ्न साह्रै गाह्रो थियो उनलाई । त्यसैले पनि होला, उनी कसैसँग पनि नबोली टोलाएर बसिरहन्थिन् ।

    तीजको दिन । जताजतै तीजको माहोल तातिरहेको थियो । कान्तिको पिआइसियु कक्ष पनि तीजले छोडेको थिएन ।
    वेड नं ३९२, दाँया तिरको सुरुको वेड । आडैमा अस्पतालका कर्मचारीहरुले घन्काइरहेका थिए ‘तीजको लहर आयो बरिलै…………….’

    त्यही समय मल्सानीको आँखाबाट भने आँशुको धारा झरिरहेका थिए । पिआइसियुमा छोरी भेटर बाहिर निस्कँदा आँसु झार्दै बाहिर निस्किन्थिन् ।

    उनलाई हेर्दै म सोच्दै थिएँ, पिआइसियु कक्षमा पुगेपछि आँखाबाट आँसु झार्दै बाहिर ननिस्कनी आमाहरु कमै हुन्छन् । अझ बिरामी भेट्न जाने समय नर्सहरुले ढोका खोलेनन् भने खुब आत्तिन्छन्, विरामीका आफन्त । कतै मेरो विरामीलाई केही त भएन भनेर ? सायद मल्सानीको पनि हालत त्यही हो ।

    पछि थाहा पाएँ, सुनिताले खुब खाना खाने मन गरेकी रहिछन् । उनले खाना नखाएको एक महिना भइसकेको रहेछ ।
    आमाको मन त हो थामिएन । डाक्टरले खाना खान नदिनु भन्दाभन्दै मल्सानीले छोरीलाई खाना खुवाइन् । छोरीले खाएको देखेर उनको आशा पलाएको होला । टुलुटुलु छोरीको अनुहार हेरिरहेकी थिईन् ।

    त्यो साँझ सुनिताका बाबु आमा पनि पिआइसियु जाने गेट नजिकै लहरै सुतेका थिए । सुतेका के भनौं । मनभरी छोरीको चिन्ताले तड्पिदै पल्टिएका थिए । सुनिताको बाबु आमाको आडैमा म पनि पल्टिएको थिएँ ।

    हो त्यही दिन । तीजको लहरले महिला दिदीबहिनी रंगिएको दिन । रातको करिब १२ बजे । मल्सानीको मोबाइलको घन्टी बज्यो । मल्साली बोलिन् – ‘भित्र आउँदिन । अनि फोन काटिन् । सायद मल्सानीले लख काटिसकेकी थिइन्, छोरीको आमा भन्ने आवाज अब सकियो ।

    अस्पताल बसाइमा के दिन के रात ! तैपनि उज्यालो भयो । म पनि ब्यूझिएँ । मल्सानी रुँदै थिइन् । चर्किएर डाँको छोड्न सकिरहेकी थिईन् । आडैमा रहेका श्रीमान ढाडस होइन गाली गर्दै थिए ।
    ‘मैले त नल्याउने भनेकै थिए नि ! तैले गर्दा यत्रो ऋण लाग्यो ।’ अबचाँही मल्सानीको रुवाइ चर्को भयो । श्रीमान्लाई छोरीको मृत्यु बेदना भन्दा ऋण तिर्ने चिन्ता चर्को भएकोमा चर्किएको रुवाई थियो सायद त्यो ।

    सुनिताको बुबा भौंतारी रहेका थिए । मल्सानीको रुवाइ थामिएन । सायद, छोरीको दीर्घजीवनको कामना गर्दै अस्पताल ल्याएकोमा आफैलाई धिक्कार गर्दै पो थिईन् की ! तामाङ भाषामै पोखिएको उनको बेदना मैले बुझ्न सकिन ।

    उनका श्रीमान् दिपकले भने पटक पटक मल्सानीलाई गाली गर्न छाडेनन् । रुवाई त उनको जारी नै थियो । सम्हालिएकी थिइनन् । त्यस्तो अवस्थामा मल्सानीले भरोसा दिने श्रीमान्को आड पाइनन् । बरु एक थप्पड हाने ।

    एक शब्द आश्वासनले पनि उनले कति राहत महसुस गर्दिहुन् । हामी पुरुषले नारी बेदना साँच्चिकै बुझ्न पो सक्दैनौं की ? एकमन त आफै पुरुष हुनुको पनि पीडाबोध भयो मलाई ।
    केही छिनमा श्रीमानले मल्सानीलाई हातमा समाउँदै पिआईसियु कक्ष भित्र लगे । म पनि आफ्नो भाइ भेट्न भित्र छिरें ।
    सुनिताकोे शवलाई कपडाले ढाकिएको थियो । त्यहाँ वरिपरि निलो पर्दाले छेकिएको थियो । शव नजिकै भुँइमा मल्सानी भुँइमा मुन्टो लगाएर रुदैँ थिइन् ।

    छोरी बचाउने ठूलो धोको थियो मल्सानीलाई । एउटी आमाले जीवित छँदै कोख रित्तो भएको कसरी सहन सक्छिन् र ?
    उनकै जिद्धीले छोरीलाई उपचारका लागि नै मल्सानीका श्रीमान दिपकले डेढ लाख भन्दा बढि खर्च गरिसकेका रहेछन् ।
    सामान्य मजदुरी गर्ने दीपकले छोरीलाई उपचार गर्न खोजेको ऋण पनि सकिएछ । डिस्चार्ज गर्ने पैसा समेत नहुँदा मृत घोषित हुँदासम्म सुनिताको शव निकाल्न सकेका थिइनन् ।

    मल्सानीका जेठाजुका छोरा सुनिताको फाइल बोकेर कहिले माथिल्लो तल्ला त, कहिले तल्लो तल्लामा भौतारी रहेका थिए । उनीहरु बिपन्न भएकोले डिस्चार्ज हुनेबेला तिर्नबाँकी साढे ९ हजार छुट मागिरहेका थिए । तर अस्पतालले छुट दिन अन्कनायो ।

    त्यहाँ आएका आफन्त र छिमेकीले ५-५ सयका दरले पैसा उठाए । अस्पतालको पैसा तिरे र शव बाहिर निकाले । शव बाहिरनिकाल्दासम्म मन्सानीलाई आफन्तले लगिसकेका थिए । बाबु दिपक छोरीको शव सँगै आँसु झार्दै पछिपछि लागे ।
    मलाई भने मल्सानीको अनुहार सम्झँदै गरिबीको नियतीले कोख रित्याउन बाध्य एउटी आमाको विवशताले बिरत्तिएँ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    धनकी देवी लक्ष्मी र समृद्धिविहीन नेपाली महिला

    धनकी देवीको रुपमा माता लक्ष्मीलाई मान्ने गरिन्छ जो महिला हुन । लक्ष्मीको धुमधाम पूजा गरिरहँदा

    कपि कलमका लागि बालिकाको टीका व्यापार

    -सर्मिला बुढाथोकी- दोलखा । भारत स्थायी घर भै भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवा बस्दै

    बलात्कार आरोपी पक्राउ

    -महिला खबर- काठमाडौं । युवती बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन्

    महिला खबरको सम्पादकमा लोग्शरी

    काठमाडौं । महिलासम्बन्धी डिजीटल पत्रिका महिला खबरको सम्पादकमा लोग्शरी कुँवर नियुक्त भएकी छिन् । कुँवर

    मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री

    -महिला खबर- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद्को जिम्मेवारी हेरफेर गरी नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका

    Read more
    ताजा अपडेट
    %d bloggers like this: