ताजा समाचार
  • कपि कलमका लागि बालिकाको टीका व्यापार
  • बलात्कार आरोपी पक्राउ
  • महिला खबरको सम्पादकमा लोग्शरी
  • मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री
  • रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया
  • माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
  • वर्षामै खानेपानी अभाव : दिनभर खेतबारी, रातभर पँधेरो
  • डेढ वर्षको छोरा बोकेर जागिर खोज्‍दै सहीद पत्‍नी सोनी
  • Samakon Web Series Episode 2
  • यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार
  • महिला हिंसाको प्रमूख कारण घरेलु मदिरा नष्ट
  • रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत
  • अनुहार हेरेर डिपे्रसन भएको कुरा ठहर गर्न सकिन्न है !
  • बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिए

    महिलामाथि हमलै हमला

    प्रकाशित मिति :2017-09-25 10:52:25

    -चाँदनी हमाल-

    दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

    झन्नै सुनसान सडकमा प्राइवेट नम्बरप्लेट र ट्याक्सी आक्कलझुक्कल चलिरहेका थिए । केशरमहलको चोकबाट लैनचौरतिर बढ्दा राहदानी विभागको सडकपेटी । बटुवा हिँड्ने पेटीमा रहेका पुराना अजंगका रूखमा निदाउन नसकेका चराका बचेरा चुहुचुहु गर्दै थिए । बाक्लिँदो रातबीच सडकमा एक्लै हिँड्दा कताकता डर छँदै थियो । ढक्क फुलेको मुटु बोकेरै छिटोछिटो पाइला सारेँ । ठूला रूखका छेलबाट कोही व्यक्ति फुत्त निस्केर अगाडि बढ्दा त झनै झसंग नै हुने ।

    ठमेलतिरबाट हुरर्र आउँदै गरेका मोटरसाइकल सडकपेटीमै चढूलाझैँ ठोक्किन आइपुगे । एउटाले भनिहाल्यो,‘ जाने हो…घुम्न …।’ मैले जवाफ दिन नपाउँदै अर्कोले थप्यो, ‘कति हो रेट सोध्न पहिले …।’ मैले जवाफ दिएँ ,‘म त्यसरी जाने मान्छे हैन, जानुहोस् तपाईंहरू ।’ पछाडिको मोटरसाइकलवालाले बम्किँदै भन्यो ‘…लुहरूले पनि भाउ खोज्न थालेछ, हिँड ओइ केटाहरू ! अन्त भेटिहाल्छ नि ।’

    मेरो टाउको घुम्यो । एकपल्ट त लाग्यो, ढुंगा टिपेर तिनका टाउकामै बजाइदिऊँ । अझै रिस मरेन, दौडिँदै गएर मोटरसाइकलसहित पल्टाइदिऊँ कि क्या हो बजियाहरूलाई भन्ने पनि भयो । मनमनै यस्तै यस्तै गम्दै हिँडँे । पछाडिबाट आएका मोटरसाइकलवालाले फेरि त्यस्तै भन्लान् कि भनेर पर्खालसँग झन्डै टाँसिएरै हिँडे ।

    लैनचौर आएपछि उत्तरढोकातिर मोडिएँ । त्यो बाटो अरू बेला पनि कम सवारी चल्नेमा गनिन्छ । खुला बाटोमा रेलिङ भर्खरै भखैरै छन् । ठाउँ ठाउँमा पसल र विशेष कार्यालय वा भवनमा जाने स्थान भने सडकसँगै जोडिएका छन् । बासस्थान नजिक नजिक आउन थालेकाले पनि डर अलिक परै भाग्दै थियो ।

    दुईवटा बाइक भट्ट्ट गर्दै फेरि हुर्रिएरै आए । अगाडि रेस्टुरेन्ट बन्द भइसकेको स्थानमा सडक र सडकपेटी जोडिएको ठाउँ थियो । उनीहरूले उस्तै गरी सोधे, ‘कहाँ जाने हो, हामी पु¥याइदिऊँ कि ?’ म चुपचाप हिँडेँे । बाइक स्लो गर्दै भन्यो, ‘कस्तो नबोलेको हो, राति राति एक्लै के हिँडेको हो, जाऊँ सँगै ।’ रक्सी ह्वास्स गनाइरहेको थियो ।

    रेलिङ सुरु भएकाले उनीहरूको र मेरो दूरी केही बढ्यो । पछाडिबाट एउटा गाडी बत्ती बाल्दै आउँदै थियो । उनीहरू मलाई सुनाउँदै अगाडि बढे, ‘झन् रमाइलोसँग घर पु¥याइदिऊँ भनेको …बोल्दै बोलिनँ त यार ।’

    बोलेर पनि केही फाइदा थिएन । सडकमा एक्लै हिँड्दा राजधानीमा भोगेको यो पहिलो घटना भने होइन । यसअघि जाउलाखेलमा भएको एक अर्को कार्यक्रमबाट फर्कंदा पनि रातको झन्डै दस बजेको थियो । पत्रकारको न्यूनतम तलबले ट्याक्सी चढेर रिपोर्टिङमा हिँड्ने कुरै भएन । त्यही पनि सोधेँ, लाजिम्पाटसम्म १५ सय रुपियाँ भनेपछि जहाँबाट नगरबस पाइन्छ त्यहीबाट चढ्छु भनेरै हिँडे । खल्तीमा १५ रुपियाँ मात्र थियो, १५ सय तिरेर कसरी चढ्नु ट्याक्सी !

    हिँड्दा हिँड्दै माथिकै जस्तो यातना भोगेँ । कोही जाऊँ भन्थे । कोही रेट सोध्थे । कोही अश्लील बोल्थे । त्यही सडकमा हिँडेका पुरुषलाई कोही महिलाले यसरी जिस्काएका थिएनन् । पुरुषहरू ढुक्क हिँडिरहेका थिए । तर, म महिला भएकै कारण डल्लो परी परी हिँड्न बाध्य थिएँ ।

    ज्वागल आइपुगेपछि एउटा बस आयो । रोकेर चढेँ । कलंकी जाने रहेछ, त्रिपुरेश्वरमा ओर्लिएर फेरि हिँडँे । सुन्धारास्थित नागरिक कार्यालयका सवारी पनि कर्मचारी पु¥याउन गइसकेका थिए । फेरि हिँडेँ । सडकमा उस्तै त्रास । एक स्थानमा त झन्डै हातै समातेर तानेनन् ।

    जति बलिया समाचार लेखे पनि कोमल मन न हो । रुनै मन लाग्यो । राम्रो पत्रकार बन्छु भनेर राजधानी छिरेको, ‘यहाँ त सडकमै हिँड्न नसकिने अवस्था भयो, कसरी गर्नु काम !’ धेरै सोचेँ ।
    भोलिपल्ट अफिसमा रातिको रिपोर्टिङमा जान्नँ भनेँ, मेरो विभागीय प्रमुखलाई । यसलाई मैले समस्यासँग सामना गरेकोभन्दा पनि पछि हटेकै भन्नुहोस् । तर, गफ जति गरे पनि केही हिंस्रक पुरुषबाट जोगिन बडा गाह्रो छ ।

    रातिमा हिँड्दा मात्र हैन, दिउँसै सार्वजनिक सवारीमा पनि अनेकन् हिंसाको सिकार हुनुपर्छ । उरेन्ठेउलाहरूले पछ्याएर हैरान पार्छन् । स्कुटरमा हिँड्ने युवतीलाई मोटरसाइकलवालाहरूले घेरेरै पछि लाग्ने गरेका धेरै घटना युवतीहरू सुनाउँछन् ।

    लाजिम्पाट होटल एरिया हो, भिआइपी एरिया हो, दरबारिया एरिया हो । तर, यस्तोमा समेत  सम्साँझै हिँड्न गाह्रो छ । अझ भित्री गल्लीको बाटो त हिँड्नै हुँदैन । केही दिनअघि मात्र मसँगै बस्ने एक बहिनीको हातै समातेर तानेपछि उनी चिच्याउँदै भागेकी थिइन् । एउटा टेलिभिजन च्यानलमा काम गर्ने पत्रकार युवतीकै पनि हातबाट ब्याग लुटेर भागेको अर्को घटना पनि त्यहीँ भयो । उनको मोबाइल, पैसालगायतका महत्वपूर्ण कागजपत्र लुटियो । कामबाटै फर्कंदै गर्दा पत्रकार भावना विद्रोहीमाथि यही बुधबार राति सांघातिक आक्रमण भयो ।

    हरेक दिनजसो भित्री सडकमा महिला तथा युवतीहरूमाथि यस्ता घटना दोहोरिइरहन्छन् । तर एकदिन वा दुईदिन त यसरी हिँडेको भनेर चुप लाग्ने महिलाहरू धेरै छन् । उजुरी गर्दा आफ्नै नाम बदनाम हुने सोच उनीहरूमा रहन्छ । अर्कोतिर त्यस्ता अन्जान हिंस्रकहरूको खोजी गर्न प्रहरीलाई पनि गाह्रै हुन्छ । घटना भएको समयमा न त नम्बरप्लेट हेर्न न भ्याइएको हुन्छ, न त अनुहार चिन्न नै । उजुर गर्नेले प्रमाण जुटाउनुपर्ने कानुनी व्यवस्थाका कारण पनि दोषी उम्किन्छन् ।

    राजधानी उपत्यकामा सबै गल्ली र मुख्य सडक जोड्दा १६ सय किलोमिटर लामो सडक छ । जसमा महानगरपालिकाअन्तर्गत ११ सय किलोमिटर सडक पर्छ । सडक विभागअन्तर्गत भने पाँच सय किलोमिटर सडक पर्छ । उपत्यकामा ३५ वटा चोक छन् । यी सडक र चोकमा बत्ती निकै कम छन्, भए पनि बल्दैनन् । हालैमात्र चोकहरू उज्यालो बनाउने योजना ट्राफिक विभागले ल्याए पनि त्यो कार्यान्वयनमा नआउँदा सडक झन् महिला अमैत्री बन्न पुगेको छ । एकातिर सुरक्षाकर्मीको अभाव अर्कोतिर अँध्यारा सडक । के अब महिलाले राति हिँड्नै नपाउने हो ? आजको युगमा राजधानीको मुटुमै महिला असुरक्षित हुनुपर्ने ? यो सहरलाई र यहाँका बाटाहरूले ‘पुरुष सहर’ घोषणा गरेर, ‘यहाँ महिला हिँड्न पाइँदैन, किनभने पुरुष सुध्रेका छैनन्’ लेखे कसो होला ?

     

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    कपि कलमका लागि बालिकाको टीका व्यापार

    -सर्मिला बुढाथोकी- दोलखा । भारत स्थायी घर भै भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवा बस्दै

    बलात्कार आरोपी पक्राउ

    -महिला खबर- काठमाडौं । युवती बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन्

    महिला खबरको सम्पादकमा लोग्शरी

    काठमाडौं । महिलासम्बन्धी डिजीटल पत्रिका महिला खबरको सम्पादकमा लोग्शरी कुँवर नियुक्त भएकी छिन् । कुँवर

    मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री

    -महिला खबर- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद्को जिम्मेवारी हेरफेर गरी नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका

    रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया

    काठमाडौं । युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी ५३ वर्षिय पत्रकार

    Read more
    ताजा अपडेट
    %d bloggers like this: