ताजा समाचार
  • तेस्रोलिंगीलाई चाडबाडमा झन् अप्ठ्यारो
  • नेपाल सम्वत् ११३८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना
  • अधिकारकर्मी महिलामाथि बोक्सी भन्दै दुव्र्यवहार : मुद्दा फिर्ता लिन दबाब
  • “मैले दोषी हुँ भन्न चाहेको थिइनँ”
  • धनकी देवी लक्ष्मी र समृद्धिविहीन नेपाली महिला
  • कपि कलमका लागि बालिकाको टीका व्यापार
  • बलात्कार आरोपी पक्राउ
  • महिला खबरको सम्पादकमा लोग्शरी
  • मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेरमा आशा र गोमा विना विभागीय मन्त्री
  • रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया
  • माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
  • वर्षामै खानेपानी अभाव : दिनभर खेतबारी, रातभर पँधेरो
  • डेढ वर्षको छोरा बोकेर जागिर खोज्‍दै सहीद पत्‍नी सोनी
  • Samakon Web Series Episode 2

    रातो टिका लगाएरै दशैं मनाउँछौं

    प्रकाशित मिति :2017-09-28 10:00:20

    सर्मिला बुढाथोकी –

    दोलखा । कालिञ्चोक गाँउपालिका ८, सुन्द्रावतीकी ६५ वर्षीया तारा खड्का एकल महिला हुनुहुन्छ । श्रीमानको मृत्यु पछि पनि उहाँले दशैमा रातो टिका लगाउन छोड्नु भएको छैन ।

    दशैमा रातो टिका लगाउँदा कतिले परम्परा विपरीत गरेको भन्दै आलोचना गरे । कुरा काटे । तर, ताराले आफूभन्दा ठूलालाई रातो टिका लगाएर आर्शिवाद दिन लगाउनुभयो । ताराले थप्नुभयो – ‘मेरो आत्माले गलत संस्कारलाई निरन्तरता दिनु हँुदैन भन्ने ठानेर श्रीमानको मृत्यु पछि पनि टिका लगाउन नछोडेको हुँ ।

    २३ वर्षको उमेरमा विवाह गर्नु भएकी ताराले २५ वर्षकै उमेरमा श्रीमान् गुमाउनु भयो । श्रीमानको मृत्यु पछि एक वर्षसम्म हिन्दु विधी अनुसार बरखी बार्नु भएको तारा टिका र कपडा बारेरमात्र मृत आत्माले शान्ति पाउछ भन्ने कुरामा विश्वास नभएकोले टिका लगाउन थालेको बताउनुहुन्छ ।

    ‘मैले बाँचुन्जेल श्रीमानलाई कहिल्यै नराम्रो गरिन । उहाँको सेवा र सम्मानमा कहिल्यै कमी भएन तर उहाँको मृत्यु पछि टिका या कपडा बारेरमात्र सबैकुरा हुने हैन नी’ – ताराले भन्नु भयो ।

    श्रीमान् बाँचुन्जेल राम्रो नगर्ने अनि मृत्यु पछि रातोे टिका, कपडा नलगाएर ढोङ गर्ने प्रचलन उपयुक्त नभएको ताराको बुझाई छ । उहाँ भन्नुहुन्छ – यस्तो गलत संस्कारको अन्त्यको लागि हामी सबै एकल महिलाले प्रयास गर्नु पर्छ ।

    विधवाले पनि टिका लगाउँछन् भनेर कुरा काट्ने हाम्रो समाजमा विशेष गरी घरमा सासु ससुराको डर हुन्थ्यो उति बेला । तर तारालाई ससुराले नै निधार भरी अविरले मुछेका राता अक्षता लगाईदिनु भयो । ‘घरमा सहज भए पछि समाजले के भन्ला भन्ने कहिल्यै लागेन ।’ ताराले रातो टिका लगाउने आत्मविश्वासबारे बताउनुभयो ।

    विवाह पछि लगाएको पोतेमात्र हो अरु त अविवाहित हुँदा पनि लगाएकै हो भनेर पनि रातो टिका लगाउने गरेको ताराको भनाई छ । ताराको बुझाइमा समाजको डरले रातो टिका, कपडा लगाउन छोड्यो भने समाजले महिलालाई हेर्ने दुष्टिकोण कहिल्यै फेरिँदैन ।

    तारा झैं एकल महिला साबित्री उप्रेती पनि दशैंमा रातो टिका लगाउनुहुन्छ । तामाकोसी गाउँपालिका १, भिर्कोटकी ४१ वर्षीया साबित्रीलाइ रातो पहिरनमा पनि छेकबार छैन ।

     सावित्रीले श्रीमान् गुमाउनु भएको ७ बर्ष भयो । श्रीमान्को मृत्यु पछि धार्मिक मान्यता अनुसार १ बर्षसम्म बरखी बारेको उपे्रती श्रीमान् नुहने महिलाले रातो टिका, कपडा, चुरा लगाउनु हुदैन भन्ने संस्कारको आफु विरोधी भएको बताउनु हुन्छ ।

    उहाँ भन्नुहुन्छ– जन्मेदेखिनै लगाएका कुरा त्याग्नु पर्छ भन्ने छैन, यो नियम समाजले नै बनाएको हो । रातो लगाउन मन हुनेले पनि श्रीमान्को मृत्यु पछि लगाउनु हुदैन भनेर कुनै धार्मिक शास्त्रमा लेखिएको छ भने पनि त्यो गलत भएको सावित्रीको भनाई छ ।

    परिवारमा सबै मिलेर बस्ने, आफु भन्दा ठुलोको सम्मान गर्ने, माया गर्ने र हरेक काम मिलिजुली गर्ने संस्कारको विकास हुनुपर्ने पक्षमा रहनु भएको सावित्री लगाउने र खाने कुरामा कुनै पनि अवस्थामा वाराना गर्न नहुने बताउनु हुन्छ । कसैको मृत्यु पछि के लगाउन हुने, के लगाउन नहुने भन्ने बहसमा अल्झीनु भन्दा परिवारमा शुख शान्ति कसरी ल्याउने, बाल बच्चालाई कसरी राम्रो शिक्षा दिने, श्रीमान लगाएत परिवारका अन्य सदस्यलाई कसरी मिलाएर सम्मान साथ राख्ने भन्ने कुरामा ध्यान पु¥याउनु पर्ने सावित्रीको भनाई छ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    तेस्रोलिंगीलाई चाडबाडमा झन् अप्ठ्यारो

    ओखरसँगै बाधाहरू फुटाएर, तेलको घेरा बनाई, आफ्नै हातले उनेको मखमली र सयपत्रीको माला दाजुको गलामा

    नेपाल सम्वत् ११३८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका

    अधिकारकर्मी महिलामाथि बोक्सी भन्दै दुव्र्यवहार : मुद्दा फिर्ता लिन दबाब

    बोक्सीको आरोपमा प्रताडित वीरगन्जकी अधिकारकर्मी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब

    धनकी देवी लक्ष्मी र समृद्धिविहीन नेपाली महिला

    धनकी देवीको रुपमा माता लक्ष्मीलाई मान्ने गरिन्छ जो महिला हुन । लक्ष्मीको धुमधाम पूजा गरिरहँदा

    कपि कलमका लागि बालिकाको टीका व्यापार

    -सर्मिला बुढाथोकी- दोलखा । भारत स्थायी घर भै भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवा बस्दै

    Read more
    ताजा अपडेट
    %d bloggers like this: