ताजा समाचार
  • रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया
  • माटोको ढिस्कोमा पुरिएर महिलाको ज्यान गयो
  • वर्षामै खानेपानी अभाव : दिनभर खेतबारी, रातभर पँधेरो
  • डेढ वर्षको छोरा बोकेर जागिर खोज्‍दै सहीद पत्‍नी सोनी
  • Samakon Web Series Episode 2
  • यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार
  • महिला हिंसाको प्रमूख कारण घरेलु मदिरा नष्ट
  • रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत
  • अनुहार हेरेर डिपे्रसन भएको कुरा ठहर गर्न सकिन्न है !
  • बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिए
  • म्यादी प्रहरीमा ४ सय ९५ महिलाको निवेदन
  • सेना–माओवादीबाट बलात्कृतको प्रश्नः हाम्रा लागि न्याय कहाँ छ ?
  • श्रम विधेयक ऐन कार्यान्वयनको चरणमा
  • बेलायतमा ‘पहिलो लैङ्गिक समानता राज्य’ बनाउने जमर्को
  • बिकटका गर्भवतीलाई आइरन चक्की अभाव

    मेरो लागि न्याय कहाँ छ ?

    प्रकाशित मिति :2017-10-05 16:48:18

    खेमा बस्नेत

    काठमाडौं । पढ्ने लेख्ने उमेरमा आमाबुबाले विवाह गरेर पराइको घर पठाइदिएपछि १३ वर्षिया सानु साह (नाम परिवर्तन) को जीवन दुखै दुखको भुमरीमा फस्यो । विवाह शब्दको अर्थसम्म थाहा नपाउने उमेरमा विवाह बन्धनमा बाँधिएकी उनले श्रीमानको घर गए लगतै यौन शोषणको समेत सामना गर्नुपर्यो ।

    “विवाह भएको केही दिनपछि मलाई सासुले अरु लोग्ने मान्छेसँग सुत्न लगाइन् । मलाई अरुसँग यौन सम्बन्ध राख्न लगाउथिन् ।” उनले भनिन्,–“त्यसबाफत सासुले यौनका लागि आउने लोग्ने मान्छेबाट पैसा पनि लिन्थिन् ।”

    सुन्दै आङ जिरिङ्ग हुने सानुको विगत कुनै चलचित्रको कहानी जस्तै लाग्छ । आफ्नो भोगाइ भन्ने क्रममा निकै भावुक बनेकी उनी न्याय र अन्याय के हो ? भन्ने समेत थाहा नपाउने उमेरमै आफु भन्दा दोब्बर तेब्बर उमेरका लोग्ने मान्छेबाट पटक–पटक बलात्कृत हुनुपर्दाको पीडाले बारम्बार तर्साउने गरेको समेत बताउछिन् ।

    “बारम्बार अरु लोग्ने मान्छेसँग यौन सम्बन्ध राख्नु पर्दा मलाई असाध्यै शारिरीक अनि मानसिक पीडा हुन्थ्यो । मलाई धेरै पीडा हुँदा रुने कराउने गर्थेँ । तर, सासुले केहि भको छैन भन्दै उल्टै गाली गर्थिन् ।”

    उनले भनिन्,–“अनि कहिलेकसो छिमेकीले किन रोएको ? भनेर सोधेपछि त्यत्तिकै रोएको हो भन्दिन्थिन् सासुले ।”
    सानुले सासुले आफुलाई यौन कार्यमा लगाएको कुरा प्रहरी कार्यालयसम्म गएर भन्दा समेत न्याय पाउन नसकेको उल्टै प्रहरीले आफूलाई नै गाली गरेर फिर्ता पठाएको दुखेसो पोखिन् । “मैले सासुले नराम्रो काममा लगाउँछिन् भनेर प्रहरीलाई भने । तर, उल्टै सासुको कुरा सुनेर प्रहरीले मलाई नै गाली ग¥यो ।”

    आफूमाथि भइरहेको यौन शोषणका बिरुद्ध आवाज उठाउदा सानुलाई अहिले न माइतीले स्वीकार गरेको छन् न घरकाले नै । न्याय माग्न जादा उल्टै सबै आफन्तहरूबाट तिरस्कृत भएकी छिन् उनी । “मैले मेरो कुरा प्रहरीसम्म गएर भन्दा उल्टै सबैले मलाइनै हेला गरे । मसँग कोही बोल्दैनन् ।” सानुले भनिन् ।

    न्यायका लागि पहल गर्दा घर न घाटको भएपछि सानु हाल ओरेक नेपालको सुरक्षा आवासमा बसिरहेकी छिन् ।

    उदयपुरकी १७ वर्षीया ललिता चौधरीले पनि न्याय पाउन धेरै संघर्ष गर्नुपरेको पीडा पोखिन् । तर, पनि न्याय पाउन सकेकी छैनन् । दिनहुँ बुबाले आमालाई दलितकी छोरी भन्दै कुटपिट र अपशब्द प्रयोग गरि गाली गरेको सुन्दै पनि आइरहेकी छन् ।

    “मेरो बुबा नगर प्रहरी हुन् । बुबाका ३ श्रीमती छन् । म माइलीकी जेठी छोरी हुँ । मैले जन्मेदेखि नै बुबाले मेरो आमालाई यातना दिएको देख्दै आएकी छु ।” ललिलताले आफ्नी आमाले बुबाबाट खेप्दै आएको पीडाको भारी पोखिन् ।

    धेरै पटक उनले आमाका लागि बुबासँग न्याय माग्दा बुबाले शारीरिक तथा मानसिक यातना दिने गरेको सुनाइन् । “आमालाई नकुट्नु । यस्ता अपशब्द नभन्नु । तपाईले हाम्रो पालनपोषण गर्नुपर्दछ भन्दा उल्टै मलाई कुट्नुभयो ।” ललिताले आफू र आफ्नी आमाले बुबाबाट सधैँ खेप्नु परेको किचकिचले मानसिक तनाब बढ्दै गएको पनि बताइन् ।

    ललिताकी आमा परियारकी छोरी हुन् । त्यही कारणले बुबाले आफ्नो जन्मदर्तामा समेत आफ्नी आमाको नाम नराखेर आफ्नी जेठी आमा (सौतेनी आमा) को नाम राखिदिएको दुखेसो पोखिन् ।

    “मलाई जुन आमाले जन्म दिनुभयो उहाँकै नाम मेरो जन्म दर्तामा छैन । सौतनी आमाको नाम छ । दलित भएकै कारणले बुबाले मेरो आमाको नाम मेरो जन्म दर्तामा राख्दिनुभएन ।” ललिताले भनिन् ।

    ललिता र उनकी आमाले कुलीको काम गरेर दुई भाईबहिनी पाल्दै आएका छन् । उनले भनिन्,–“बुबाले केही दिनुहुन्न । कुटपिट र गालीमात्र गर्नुहुन्छ । आमा र मैले कुली काम गरेर चार जनाको परिवार पालिरहेका छौँ ।”

    ललिताले आमा र आफ्नो लागि न्याय माग्दै वडादेखि नगरसम्म पुगिन् । तर, न्याय पाईनन् । “वडामा मैले मेरो समस्या भने । तर, वडाले नगरमा पठायो । म नगरमा गए । नगर प्रमुखले छलफल गराउने भने । तर पनि मेरो बुबा आएनन् । त्यसपछि धेरै धाए । अहिलेसम्म म र मेरो आमाले न्याय पाउन सकेका छैनौं ।” ललिताले भनिन् ।

    दाङकी राधिका चौधरीले २०६८ सालमा अशंसहितको सम्बन्ध विच्छेदको मुद्धा जिल्ला अदालत दाङमा दर्ता गराइन् । जिल्ला अदालतले २०७० सालमा मुद्धा फैसला ग¥यो । तर, कार्यान्वयन भएन । “श्रीमानसँगको सम्बन्ध विच्छेदको मुद्धा जिल्ला अदालतले फैसला भएको चार वर्ष बितिसक्दा पनि मैले न्याय पाएकी छैन ।” उनले सुनाइन् ।

    आफूले मजदुरी गरेर राधिकाले दुई छोरालाई स्कुल पढाउँदै आएकी छिन् । अशंबन्डासहित सम्बन्ध विच्छेदको मुद्धा कार्यान्वयन नहुँदा उनी र दुई छोराको बिचल्ली भएको छ । “म अहिले माइतीमा बसेकी छु । दुबै छोरालाई लेवरी काम गरेर पठाउँदै आएकी छु । अदालतबाट फैसला भएको कुरा किन कार्यान्वयन भएन ? मैले किन अहिलेसम्म न्याय पाईन ?” उनी प्रश्न गर्छिन् ।

    संसद तथा महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झा महिला अधिकारका पक्षमा धेरै कानुनहरू बनिसकेका भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा धेरै महिलाहरूले न्यायबाट बञ्चित हुनुपरेको बताउछिन् ।

    सभापति झाले भनिन्,–“हिंसापीडित महिलाका लागि बनेका कानुन कार्यान्वयन गरेमा न्याय सम्भव छ । कानुन कार्यान्वयनको पक्ष कमजोर भएकै कारण महिलाहरू न्याय पाउनबाट बन्चित छन् । कानुन कार्यान्वयन गर्ने निकाय संवेदनशील हुन जरुरी छ ।”

    सांसद पेम्बा लामा जिम्मेवार तहमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेमा हिंसापीडित महिलाहरूका लागि न्याय टाढाको विषय नभएको बताउछिन् ।

    “पीडितलाई सुरक्षा कसले दिने । पीडित प्रहरी कार्यालयमा मुद्धा दर्ता गर्न जान्छ । तर, त्यहाँ उसको कुरा सुनिदैन ।” उनले थपिन्,–“त्यसैले जिम्मेवार तहमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेमा न्याय असम्भव छ ।”

    केहि दिन पहिले काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागि हिंसापीडित महिलाहरूले आफूमाथि भएको हिंसा बिरुद्ध आवाज उठाउँदा न्यायिक निकायबाटै खेप्नु परेको ढिलासुस्ती र लापरवाहीको बेलिबिस्तार लामो थियो ।

    राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी संविधानले व्यवस्था गरेका महिला अधिकारका कुराहरू कार्यान्वयन नभएमा संविधान अधुरो हुने बताउछिन् । प्रवक्ता अन्सारी महिलालाई न्याय दिलाउनका लागि प्रहरीले पीडितको सुरक्षा गर्नुपर्ने धारणा राख्छिन् । “प्रहरी पीडितको संरक्षक बन्नुपर्दछ । सत्य र तथ्यपरक भएर प्रहरीले घटनाको अनुसन्धान गर्नुपर्दछ ।”

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    रहिनन् भष्ट्राचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजिया

    काठमाडौं । युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी ५३ वर्षिय पत्रकार

    यसकारण रह्यो अधिकार प्राथमिकतामा महिला अधिकार

    -बिदुर आचार्य- सिन्धुपाल्चोक । उद्घोषकले कार्यक्रमको औपचारिक सुरुवात गर्छन् । अध्यक्ष र अन्य अतिथीहरूको आसनग्रहण, कार्यक्रम

    रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत

    -महिला खबर- काठमाडौं । यो एक हप्ताको अवधिमा देशभर चार जना महिला बलात्कृत भएका छन् ।

    बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिए

    –महिला खबर– काठमाडौं । बागलुङमा पाँच हजार ४ सय १८ महिला मतदाता थपिएका छन् ।

    सेना–माओवादीबाट बलात्कृतको प्रश्नः हाम्रा लागि न्याय कहाँ छ ?

    –महिला खबर– म धेरै रोएँ । त्यसो नगर्न आग्रह गरेँ । तर मेरो चित्कार कसैको

    Read more
    ताजा अपडेट
    %d bloggers like this: