योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय

-महिला खबर- ताप्लेजुङ । प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने

ताजा समाचार
  • डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता
  • गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’
  • नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी
  • भिडिओबाट जीवन बचाउनेहरु
  • उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी
  • यौन दुर्व्यवहारको आरोप अस्वीकार
  • योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय
  • हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु
  • मानसिकताको छाउ गोठ हट्नुपर्नेमा जोड
  • यी हुन्, ‘मर्द’ हराउने हिम्मतदार महिला
  • नर्समाथि सेवाको बदला शोषण
  • बलात्कारका घटनामा आफन्तकै संलग्नता
  • प्रदेश सातमा दुई महिला निर्वाचित, उम्मेदवारी क–कसको थियो ? (हेर्नुहोस् नामसहित)
  • स्याङ्जा २ मा पद्मा कुमारी अर्यालको अग्रता
  • सुत्केरीको हेलिकोप्टरबाट उद्धार

    आमाको पीडाले उब्जाएको प्रश्न

    प्रकाशित मिति :2017-10-06 10:37:39

    सृष्टि शर्मा

    खासगरि अधिकारकर्मी महिलाहरूले नागरिकताको बिषयमा धेरै आन्दोलन गरेको देख्छु । संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले देखिनै हरेक सन्तानले आमा वा बुबा दुबै नामबाट नागरिकता पाउनुपर्छ भन्ने माग छ अधिकारकर्मीको ।

    तर, आमा र बुबा दुबैको नामबाट नागरिकता पाउने व्यवस्थासहितको विधेयक दोस्रो संविधानसभाले बहुमतका साथ पास गर्यो । ‘वा’ अनि ‘र’ को विषयमा वर्षौदेखि भएका बहसहरू मध्ये ‘र’ को पल्ला भारी भयो । अर्थात आमा वा बुबा कुनै एक जना मात्रको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ भन्ने अधिकारकर्मीहरूको माग अहिलेसम्म पनि सफल हुन सकेको छैन । यद्यपि यदाकदा बहस भने जारी रहेको देख्न सुन्न सकिन्छ ।

    प्रसङ्ग जन्म दर्ताको हो । नेपालको कानुनअनुसार व्यक्ति १८ वर्ष पुगेको प्रमाण पेश गरेपछि मात्रै उसले नेपाली नागरिकता प्राप्त गर्छ । त्यसका लागि जन्म दर्ता लगायतका कागजात संकलन गर्नुपर्ने हुन्छ । जसअनुसार उसले नागरिकता पाउछ । तर, त्यो भन्दा अगाडि अर्थात जन्मिदै जबरजस्ती थोपरिने पहिचान (जन्म दर्ताका)का बारेमा भने अधिकारकर्मी वा कानुनविद्हरूको ध्यान दृष्टि पुग्न सकेको देखिदैन । जसकाकारण अधिकांश बालबालिकाहरू जन्म दर्तामा गैर जिम्मेवार व्यक्ति (जिम्मेवारी पुरा नगर्ने आमा वा बुबा) को नाम राखेर जीवनभर लाउनै नहुने ‘ट्याग’ बोक्न बाध्य छन् ।

    म अधिकारकर्मी । नागरिकता सम्बन्धीको अभियानमा कतिपटक सहभागि भए, बोले, लेखे, कुदे आफैलाई थाहा छैन । पाँच वर्षअघि गर्भवती हुनुपूर्व देखिनै सन्तानले आमा वा बुबा कुनै एक जनाको नामबाट पनि नागरिकता पाउनुपर्छ, सन्तानले नागरिकता पाउन आमा बुबा दुबै जनाको नेपाली नागरिकता हुनैपर्ने व्यवस्था नगरियोस् भनेर जिल्लादेखि राजधानीसम्मका आन्दोलनमा सहभागि भइयो । अन्तिममा नेपालको संविधानमा त्यो व्यवस्था राख्न असफल त भइयोनै अहिले पाँच वर्ष पनि पुगेकी मेरी छोरीको जन्म दर्तासमेत गर्न नसक्दा आफ्नै मन भत्भति पोल्छ । लाग्छ, पहिचानको लडाइँ आखिर कहिलेसम्म त ?

    श्रीमतीको पेटमा ६ महिनाको गर्भ छ । पहिलो पटक थाहा पाउँदा श्रीमानलाई कुनै खुसी लागेन । हर्ष लागेन । न त उसको अनुहारमा कुनै कान्ति नै छायो । पाँच–पाँच पटक गर्भमै सन्तान मारिसकेकी मलाई तिमी सन्तानको बाबु हुँदैछौं भन्ने जानकारी दिँदा श्रीमान खुसी हुन्छ कि ! भन्ने झिनो आसा थियो । थाहा छैन मलाई त्यस्तो किन लाग्यो ? फिल्म, सिरियल हेर्दा श्रीमती गर्भवती भएको थाहा पाउँदा श्रीमानको आँखामा हर्षका आँसु भरिएको, उफ्रिएको, त्यो खबर तात्तातो सबैलाई फैलाएको अनि श्रीमतीलाई थ्याँक्स भनेको हेरेकि, देखेकि थिए । थाहा छैन कुन–कुन भाग्यमानी श्रीमतीहरूले यस्तो अवसर पाएँ । तर, मेरो जीवनमा छैठौं पटक गर्भवती हुँदा पनि यो अवसर जुरेन । सायद भाग्यमै यस्तो थिएन र पो मैले म तिम्रो सन्तानकी आमा हुँदैछौं भन्दा पनि उल्टै कसरी गर्भ रह्यो र ? भन्ने नाजावाफ हुनेगरि प्रश्नको भारी बोक्नुपर्दथ्यो ।

    पाँच–पाँच पटक गर्भपतन गरिसकेपछि मैले पेटमा रहेको गर्भ नतुहाउने अठोट गरेँ । कहिले मेसिनद्वारा त कहिले एलोपेथिक औषधी सेवनबाट गर्भपतन गर्दा–गर्दा वाक्क भइसकेकी मलाई गर्भको सन्तानलाई जुनसुकै हालतमा पनि जन्म दिने हिम्मत आयो । १२\१५ हप्ताको गर्भावस्थामा श्रीमानलाई जानकारी गराए फेरि पूर्ववत् नियती भोग्नुपर्ने डरले आफू गर्भवती रहेको कुरा जानकारी दिइनँ । एकदिन लुगा फेर्दै गर्दा पेट बढेको आभास पाएपछि उसले सोध्यो,– “तिम्रो पेट ठुलो छ त, के भा को ?” जवाफमा मैले पनि भनिदिए,–“यहि, ग्याष्ट्रिकले होला नि ! मोटाको त के हुनु !” यसपछि उसको उसको प्रश्न वा जिज्ञासा कुनै दोहोरिएन । गर्भवती भएपछि बारम्बार उल्टि गरिरहने मलाई ग्याष्ट्रिकको कारण पेट बढेको हुनसक्ने कुरामा उ कन्भेन्स भयो । त्यसपछि पनि जतिसम्म सकिन्छ गर्भावस्थाको बारेमा श्रीमानलाई जानकारी नदिने कुरामा मेरो प्रयास जारी रह्यो । पाँचौं महिनाको अन्तिमतिर पेट बढेको जिज्ञासा राखेका श्रीमानलाई ६ महिना चलिरहँदा आफू गर्भवती रहेको जानकारी गराएँ । तर, उसबाट कुनै सकारात्मक प्रतिक्रिया पाइनँ । जुन मेरा लागि नौलो कुरा भएन ।

    श्रीमतीको पेटमा ६ महिनाको गर्भ छ । पहिलो पटक थाहा पाउँदा श्रीमानलाई कुनै खुसी लागेन । हर्ष लागेन । न त उसको अनुहारमा कुनै कान्ति नै छायो । पाँच–पाँच पटक गर्भमै सन्तान मारिसकेकी मलाई तिमी सन्तानको बाबु हुँदैछौं भन्ने जानकारी दिँदा श्रीमान खुसी हुन्छ कि ! भन्ने झिनो आसा थियो । थाहा छैन मलाई त्यस्तो किन लाग्यो ? फिल्म, सिरियल हेर्दा श्रीमती गर्भवती भएको थाहा पाउँदा श्रीमानको आँखामा हर्षका आँसु भरिएको, उफ्रिएको, त्यो खबर तात्तातो सबैलाई फैलाएको अनि श्रीमतीलाई थ्याँक्स भनेको हेरेकि, देखेकि थिए । थाहा छैन कुन–कुन भाग्यमानी श्रीमतीहरूले यस्तो अवसर पाएँ । तर, मेरो जीवनमा छैठौं पटक गर्भवती हुँदा पनि यो अवसर जुरेन । सायद भाग्यमै यस्तो थिएन र पो मैले म तिम्रो सन्तानकी आमा हुँदैछौं भन्दा पनि उल्टै कसरी गर्भ रह्यो र ? भन्ने नाजावाफ हुनेगरि प्रश्नको भारी बोक्नुपर्दथ्यो ।

    हो, यो अवसर मेरो लागि कहिल्यै जुरेन । म गर्भवती भएँ भन्दा उल्टै कसरी भयौं भन्ने ? प्रश्न । जवाफ के दिनु ? कसरी दिनु ? अनि के का लागि दिनु ? पहिलो पटक गर्भवती हुँदा श्रीमानले यो मेरो गर्भ होइन भनेपछि मर्न नखोजेको हो र ! तर खोई, सायद यति चाँडै मर्नु पनि भाग्यमा लेखेको रहेनछ । अनि श्रीमानले अस्वीकार गरेको गर्भलाई के का लागि जन्म दिनु सोचँे । र उसैले भनेअनुसार उसको पछिपछि लागेर पुगे, मेरीस्टोभ सेन्टरमा । त्यहाँ कार्यरत स्टाफ नर्सले मेशिनको सहायताले टुक्रा टुक्रा पारेर निकालिन्, ११ हप्ताको शिशु ।

    शारीरिक अनि मानसिक पीडा, आत्मग्लानी, हिनताबोध सबै कुराले धेरै दिन पिछा गर्यो । किनभने त्यो मेरो जीवनको पहिलो गल्ती थियो । जसलाई गल्ती भन्दा पनि मैले अपराधको रुपमा स्वीकार गरेँ । त्यसपछिका प्राय रातमा सपनामा एउटा अनुहार बिनाको शिशुले रुँदै, निसास्सिदै मेरो पिछा गर्दथ्यो । बिउँझिएर धेरै रुन्थे । आफैलाई सराप्थे । हैट्, मैले किन गर्भ तुहाएँ ? उसले मलाई पीडा दिनलाई अनावश्यक शंका गरेको भएपनि, कुटाई खाएर भएपनि मैले सन्तानलाई जन्म दिनुपर्दथ्यो । मैले एउटा जीवनको नास गरेँँ । म पापी हो । भन्ने कुराले मन खाइरहन्थ्यो । तर, न त साथी, न त आफन्त कसैलाई यो पीडा सुनाउँन सकिनँ । अहिले पनि मनै मिल्ने दुई चार जना बाहेक अरुलाई थाहा छैन ।

    त्यो त पहिलो घटना थियो । गर्भ तुहाएको तिन महिनामै म फेरि गर्भवती भएँ । त्यसपटक पनि त्यस्तै भयो । त कसरी गर्भवती हुन्छेस् भन्दै उल्टै अविश्वासका प्रश्नहरू ओइरिए । अनि फेरि उसकै पछिपछि लागेँ । फेरि गर्भ तुहाइयो । दोस्रोपटक गर्भ तुहाइसकेपछि मेरो शरिर पनि सुक्दै गयो । म करिब ६ किलो जति घटे । अविश्वास, अपमान, कुटपिट, गाली बेइजति त दिनकै हुन्थ्यो । त्यसमाथि पटक–पटकको गर्भपतनले भित्रभित्रै पोल्थ्यो । तर, न कसैसँग भन्न सक्थे न त रोक्न नै सक्थे । परिवार नियोजनका साधन म अपनाउछु भन्दा अन्तै सम्बन्ध राखेर ढुक्क हुनलाई होलानी ! भन्ने शंका र त्रास । तिमी अपनाउ भन्दा पनि नमान्ने । अनि बारम्बार उही घटना । कहिले काँही त लाग्थ्यो, पाँच–पाँच जनाको गर्भमै हत्या गरेको घटनाले म कहिल्यै माफि पाउँदिन । तर, श्रीमानसँगको सम्बन्ध जोगाउनका लागि र आफु गलत होइन भन्ने साबित गर्नका लागि म बारम्बार त्यो चंगुलमा फसिरहेँ । जोगाउन सकिनँ मैले आफैलाई ।

    त्यसकारण ६ महिना पुगिसकेपछि मात्रै मैले अन्तिम गर्भका बारेमा श्रीमानलाई जानकारी दिए । जुन बेला उ र मबिचको सम्बन्ध करिब करिब टुंगिने अवस्थामा पुगेको थियो । सन्तानको मायाले उसलाई मबाट अलग हुन दिन्न कि ! सोचेर मैले गर्भ नतुहाउने आँट गरेकी थिए । तर, अफसोच उसमा सन्तानप्रति कुनै भावना आएन । मानौं कि, उ सन्तान चाहदैन अर्थात म सन्तान जन्माउन सक्षम छु भन्ने उसलाई विश्वास छैन । त्यसैले त उसले कुनै पनि गर्भ आफ्नो हो भनेर स्वीकार गरेन । छैठो सन्तानलाई पनि उसले आफ्नो भनेन । अनि मैले पनि हिम्मत गरेँ, तिमीले स्वीकार गर या नगर यो मेरो सन्तान हो । यो कुरा अकाट्य छ । तिमीले आफ्नो सन्तान होइन भनेर स्वीकार नगर्दा धेरैले सहि ठान्लान् । मलाई चरित्रहिन आइमाइको संज्ञा देलान् । तर, म त कसरी भन्न सक्छु र यो मेरो सन्तान होइन भनेर । मैले त मेरो सन्तान होइन भन्दा पनि दुनियाँले थुक्नेछन्, अनि भन्नेछन्–“कस्ति पापिनी आमा ! आफ्नै सन्तान आफ्नो होइन भन्छे ।” तर तिमीलाई जे भन्ने पनि छुट छ, यो कथित समाजमा । तिम्रा कुरामा विश्वास गर्नेहरू धेरै हुनेछन्, मेरा कुरामा थोरै । अनि यति हुँदाहुँदै म किन सन्तान जन्माउने हिम्मत नगरु ? किन आफै आमा अनि आफै बाबा बन्ने आँट नगरु ? यस्तै यस्तै सोच्दा सोच्दै छोरी जन्मिई । छोरी अहिले पाँच वर्ष पुगिन् ।

    जन्म दर्तामा जिम्मेवारी लिन नसक्ने, नचाहने गैर जिम्मेवार बाबुको नाम चाँहि किन अनिवार्य ? जसले जीवन दिन मानेन, मैले जीवन दिएँ, अनि फेरी त्यहि हत्यारा बाबुको नाम किन जरुरी ? यदी आज मैले त्यहि हत्यारा अनि गैर जिम्मेवार बुबाको नाम राखेर जन्म दर्ता गरेँ भने, यी सबै कुरा जस्ताको तस्तै भोलीका दिनमा मैले मेरो छोरीलाई सुनाउँदा उसलाई हुनसक्ने हिनताबोध र मानसिक पीडाको जिम्मेवार को हुन्छ ? अनि त्यतिबेला मेरो छोरीले यो राज्यका बिरुद्ध आफुमाथि थोपरिएको जर्वजस्ती कानुनी नाता खारेजीको माग गरिन् भने के राज्यले उसलाई हुन जाने मानसिक पीडाको क्षतिपूर्तीसहित न्याय दिन सक्ला ?

    करिब २४ घण्टा कुर्दा समेत नर्मल डेलिभरी नभएपछि मेरो अप्रेसन गरियो । अप्रेसनपछि अप्रेसन कक्षबाट नर्शहरूले पहिला शिशुलाई आफन्तको जिम्मा लगाउँदा रहेछन् । त्यतिबेला श्रीमानजी त्यहाँ रहेनछन् । पहिलोपटक मेरो छोरीलाई अरुलेनै समातेछन् । अप्रेसनको पाँचौ दिन अस्पतालबाट माइतघर फर्किए । घर फर्किएकै दिन मेरो माइतीमा उसले आफ्नै आमाको अगाडि मलाई टर्चर दिन सुरु गर्यो । यो मेरो छोरी होइन भन्यो । म रुन थाले । म रोएको मेरी आमाले थाहा पाउनु भो । किन रोइस् त ? के भयो ? कसले के भन्यो भन्न थाल्नु भो ? मैले कुरा अन्तै मोडिदिए । कसैलाई त्यो कुरा भनिनँ । सुत्केरी अवस्थामा उ मसँगै बसिदिएको भए हुन्थ्यो भन्ने लागिरह्यो । तर, उ आउथ्यो, दुई चार मिनेट टहलिन्थ्यो, नानीलाई काखमा बोकेर घरबाहिर जान्थ्यो । अतिनै माया गर्दोरहेछ भने झैं नानीको शरीर भरि माया गर्दथ्यो । अनि जान्थ्यो । त्यसपछिका दुई वर्ष उसका छोरीप्रति यस्तै देखावटी प्रेम गरेरै बिते । रात दिनको किचलो, कुटपिट, गाली बेइजती अनि परस्त्रीसँगको उसको नाजायज सम्बन्धले हामीबिचको सम्बन्ध सूमधुर हुन सकेन । झगडाको स्तर हरेक दिन बढ्दै जान थाल्यो । उसले छोरीलाई मप्रति रिसाउन, गालीका शब्द प्रयोग गर्न, तुच्छ बोल्न सिकाउदै जान थाल्यो । अनि छोरीकै अगाडि हात छोड्ने र अश्लिल शब्दले गाली गर्न नछोडेपछि मैले घर छोड्ने निधो गरेँ । अहिले छोरी बोकेर अर्कै शहरमा बस्छु । म अलग बसेको पनि ढाई वर्ष बितिसक्यो । यो बिचमा उसले छोरीसँग बिगतमा खिचेका फोटाहरू फेसबुकमा पोष्ट गर्ने र मलाई गाली गर्नेबाहेक छोरीको जीवनका लागि कुनै राम्रो काम गरेको छैन ।

    पेटबाटै बुबाबाट स्वीकार नगरिएकी मेरी छोरी मसँगै खुसी छिन् । बाबाको औंला समातेर तोते बोल्ने समयमा बाबाको दिर्घकालिन् माया ममता पाइनन् । पाइन् त केवल क्षणिक अनि देखावटी माया । छोरी जन्मिएको एक वर्षमै उसको जन्म दर्ता गर्न गएँ, नगरपालिकाले बुबा आमा दुबैको नाम बिना जन्म दर्ता हुँदैन भन्यो । दुई पटक गए फर्किए । म चाहन्थे, जन्म दर्तामा मेरो मात्रै नाम होस् । जसले पेटदेखिनै स्वीकार गरेको छैन, उसको नाम मेरो छोरीको जन्म दर्तामा कसरी राखौं ? ठूली भएपछि बाबुले पेटबाटै आफूलाई स्वीकार नगरेको थाहा पाएपछि त्यहि बाबुको नाम जन्म दर्ताको सर्टिफिकेटमा भेट्दा मेरो छोरीलाई हुनसक्ने हिनताबोधको पीडा म कसरी मेट्न सक्छु ? छोरी पेटमै मारिन्थी, मैले जन्माए । उसलाई कुनै कुराको कमी हुन दिएकी छैन । मेरो क्षमताले भ्याएसम्मको सबै सुख, सुविधा र शिक्षा दिइरहेकी छु । तर, उसको जन्म दर्तामा जिम्मेवारी लिन नसक्ने, नचाहने गैर जिम्मेवार बाबुको नाम चाँहि किन अनिवार्य ? जसले जीवन दिन मानेन, मैले जीवन दिएँ, अनि फेरी त्यहि हत्यारा बाबुको नाम किन जरुरी ? यदी आज मैले त्यहि हत्यारा अनि गैर जिम्मेवार बुबाको नाम राखेर जन्म दर्ता गरेँ भने, यी सबै कुरा जस्ताको तस्तै भोलीका दिनमा मैले मेरो छोरीलाई सुनाउँदा उसलाई हुनसक्ने हिनताबोध र मानसिक पीडाको जिम्मेवार को हुन्छ ? अनि त्यतिबेला मेरो छोरीले यो राज्यका बिरुद्ध आफुमाथि थोपरिएको जर्वजस्ती कानुनी नाता खारेजीको माग गरिन् भने के राज्यले उसलाई हुन जाने मानसिक पीडाको क्षतिपूर्तीसहित न्याय दिन सक्ला ?

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता

    - महिला खबर - कालिकोट । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको डाक्टरहरूको लापरवाहीका कारणले मृत्यु भएको

    गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’

    -महिला खबर- प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले धाँधली गरेर निर्वाचन जितेको

    नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी

    –महिला खबर– काठमाडौं । नुवाकोटको प्रदेशसभा क्षेत्र नं. १ को प्रदेश क मा राधिका तामाङ

    उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी

    -महिला खबर - काठमाडौं । स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट नेकपा एमालेकी

    योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय

    -महिला खबर- ताप्लेजुङ । प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने

    Read more
    ताजा अपडेट
    %d bloggers like this: