‘बजारको ट्रेन्ड चेन्ज गर्न खोजेका छौँ’– निकिता आचार्य

प्रकाशित मिति :2017-10-06 16:24:46

–महिला खबर संवाद–

काठमाडौं । नेपालमा अनलाइन विजनेशको कुरा उठ्दा निकिता आचार्यलाई नचिन्ने बिरलै होलान् । ६ वर्षदेखि इ–कमर्स (अनलाईन विजनेश) गर्दै आएकी उनी यस क्षेत्रकी एक सफल व्यवसायी हुन् । काठमाडौं पेप्सीकोलाकी निकिताले नयाँ बानेश्वरमा अर्वान गर्ल र पुरानो बानेश्वरमा युजी केकर्स (बेकरी अर्डर लिने ठाउँ) सञ्चालन गर्दै आएकी छिन् । सानै उमेरदेखि इ–कमर्समा लागेकी निकितासँग महिला खबरको लागि सन्दिप वि.कले गर्नुभएको कुराकानी ।

अनलाइन विजनेश गर्ने सोच कसरी आयो ?

हामीले अनलाइन विजनेश सन् २०१२ बाट सुरु गरेका हौं । जुन समय म बीबीएस तेस्रो वर्ष अध्ययनरत थिए । त्यतिबेला अनलाइन सप गर्ने ट्रेन्ड नै थिएन । मेरो साथी झापाका किरण तिल्मिसिना र मैले सुरु गर्यौ । हामी दुबैजना पहिले आइटी कम्पनीमा काम गथ्र्यौ । त्यसमा खासै राम्रो हुन नसकेपछि हामीले १०-१० हजार रुपैयाँ उठाएर आफ्नै बिजनेश अर्वान गर्ल र युजी केकर्स सुरु गर्यौ ।
मैले पहिले इन्टरनेटमा अन्तर्राष्ट्रिय वेभ साईटहरू पनि हेरिरहेकी हुन्थे । तिनीहरूको आइडिया चाख लाग्दो थियो । अनलाईनमा गयो । कुनै सामान मन पर्यो भने अर्डर गर्ने ।

त्यतिबेलाको समयमा यस्तो पनि हुन्छ भन्ने लाग्थ्यो । ठ्याक्क एउटा डिमान्ड क्लिक गर्नेबित्तिकै घरमै सामान आउने । नेपालमा भने त्यो समय अनलाईन सप खासै थिएन । अहिले नेपालमा धेरै छन् ।

सुरुमा केबाट सुरु गर्नुभयो ?

सुरुमा हामीले यहिका स्थानीय उत्पादनहरूलाई नै अनलाइनमा राख्यौं । अर्डर आएपछि आफै डेलिभर गथ्र्यौ । उपभोक्तासँग फिडव्याक पनि आफँ लिन्थ्यौ । तर, यहाँका मान्छेहरूले त्यो आइडिया रुचाउनुभएन । किनकी उहाँहरूको आफ्नै पसलबाट सामान सेल भइराखेको थियो । हामीले हामीसँग भएका सामानलाई अनलाइनमा राख्यौ । ग्राहकको अर्डर बमोजिम घरसम्म पुर्याउन थाल्यौ ।

हाम्रो पहिलो टार्गेट कलेजका विद्यार्थी थिए । पहिले हामीले पुरानै अफिस सुविधानगरबाट काम गर्यौ । पछि हामी त्यहिबाट सिप्ट भएर शान्ति नगरमा अफिस नै खोलेर काम गर्न थाल्यौ ।

दुई जनाबाट सुरु भएको अनलाईन सपिङ बिजनेशको मार्केट बिस्तार हुँदै गयो । पछि १० वटा जति डिमान्ड आउन थालेपछि हामीले एक जना डेलिभरि गर्ने मान्छे राख्यौ । तीन जनाको टिमबाट सुरु भएको विजनेशमा अहिले ३८ जना छौ ।

तपाईँहरू सामान पनि उत्पादन गर्नुहुन्छ कि ? के के उत्पादन गर्नुहुन्छ ?

६ वर्षको दौरानमा यहाँसम्म आइपुग्दा हामीले धेरै उत्पादन गरेका छौं । एउटा अवार्न गर्ल छ । अर्को युजी केक हो । अर्वान गर्लको एउटा ब्रान्च युजी केक्स हो । पहिले हामीले अवार्न गर्लमा केटीहरूलाई हुने उत्पादनहरू बेच्थ्यौ । अर्वान गर्लमै हामीले म्यानिफ्याक्चरहरू पनि गर्छाै । जस्तो टिर्सटहरू, फोटो पेन्टेन्डहरू, सिल्भरको नेम पेन्टेन्डहरू सबै हामीले नै बनाउँछौ । हामी कस्टोमाइजलाई नै फोकस गर्छौ । जस्तो कस्टोमाईज टि, कस्टोमाईज कपहरू हामी बनाउँछौ ।

अर्को हामीले बेकरी पनि बनाउँछौ । हाम्रो सेलिङ भनेको युजी केक हो । उपभोक्ताले जस्तो केक भन्छन् त्यस्तै तयार गछौँ । हामीले बेसरी आइटम सबै उत्पादन गर्छौ ।

तपाईँहरूका उत्पादनहरू कहाँ कहाँसम्म पुग्छन् ?

बजारको अवस्थालाई हेर्दा हामीले ट्रेन्ड नै चेन्ज गर्न खोजेका छौं । हामी सुरुको अवस्थादेखि अहिलेसम्म नेपाली मार्केटको ट्रेन्ड चेन्ज गर्न खोजिराखेका छौं । त्यहि भएर हाम्रो बजार भनेको अनलाईनलाई नै बनाउन खोजेका छौं । मान्छेले अनलाईन किनोस् । पहिले केक हेरेरै किन्नुपर्छ । बेकरी गएर किन्नुपर्छ भन्ने जुन ट्रेन्ड थियो त्यो चेन्ज भइसकेको छ । त्यसले केक पनि मान्छेले आफ्नै डिजाइनमा बनाउन सक्नुहुन्छ ।

बजारमा सबैभन्दा धेरै हामीले सेल अनलाइनबाटै गर्छौ । अनलाइनबाट नै हाम्रो अर्डरहरु आउँछ । हामीले केकहरू काठमाडौं उपत्यकाभित्र जहाँ पनि डेलिभर गर्छौ । त्यहि भएर बेकरी आइटक काठमाडौं उपत्यकाभित्र भयो भने बेकरी बाहेक अर्वान गर्लको सामानहरू हामीले नेपाल भरि नै डेलिभर गर्छौ ।

आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छौ । तर, पनि जे छ त्यसमा सन्तुष्ट भएर हुँदैन् । जब अर्वान गर्ल थियो इकमर्स राम्रै चलिराखेको थियो । त्यसमा सन्तुष्ट भएर लागेको भए युजि केक आउदैनथ्यो होला । युजि केकमै सन्तुष्ट भएर बसेको भए युजि चक्लेट आउँदैनथ्यो होला । अहिले जे छ जसरी चलिराखेको छ, राम्रै चलिराखेको छ । अझै धेरै अगाडि जान्नुछ ।

आम्दानी कति हुन्छ ?

हामीले पहिले पकेट मनिबाट सुरु गर्यौ । अहिलेसम्म आउँदा विजेनेशबाट ठूलो रकम त तयार गरेका छैनौं । तर, जे थियो त्यसैबाट अगाडि बढाएका छौं । जे जति कमाई हुन्छ यसैमा लगानी गरिरहेका छौं । हाम्रो सोचाई आफूले पनि राम्रो गर्ने र अरुलाई पनि रोजगारी दिलाउनु हो । अहिले हाम्रो विजेनेश पनि फस्टाएको छ । ग्राहकले विश्वास गर्नुभएको छ । साथ दिनुभएको छ ।
पहिले २÷३ वटा मात्रै अर्डर हुने अवस्था थियो भने अहिले दिनकै ६०-७० वटा अर्डर हुने गरेको छ । रेगुलर रुपमा त्यति अर्डर हुनु आफैमा राम्रो हो । महिनामा हाम्रो १५ लाख जति कमाई हुन्छ । हाम्रो सेल अनलाईनबाटै हुन्छ । फेसबुक, भाइबर, वेभसाइड, फोनकलबाट अर्डर आउँछ । अर्डरलाई घरघरसम्म पुर्याउछौ ।

जोखिम पनि छ होला नि ? अहिलेसम्म के कस्ता समस्याहरू झेल्नुभएको छ ?

अनलाईन विजनेशमा जोखिम धेरै छ । विजनेश भनेकै रिक्स (जोखिम) हो । धेरै समस्या छ । सुरु गर्दादेखि नै हाम्रो समस्या बजारको थियो । बजार पनि हामी आफैले बताउनुपर्यो । अनलाईनबाट पनि सामान किन्न मिल्छ भन्ने सोच भएको भए सुरुदेखि सजिलो हुने थियो । मान्छेलाई अनलाईन सपिङका बारेमा सोच पनि थिएन् । त्यसैले बजार बनाउनै हामलाई दुई–तीन वर्ष लाग्यो ।
अहिले जुन बजार बनेको छ । त्यसमा जो पायो त्यसैले चलाएका इकर्मसहरू आइरहदा समस्या भएको छ । एक दुई महिनाको लागि खोल्ने । अरुले त खोल्यो । म पनि खोल्छु भन्ने देखासिकी छ । जसले गर्दा नराम्रो सर्भिस भएको अवस्था छ भने ग्राहकले विश्वासै गरिहाल्ने अवस्था छैन । अनि बनेको बजार पनि बिग्रिरहेको अवस्था छ । पहिलो पटक अनलाइनमार्फत सामान किन्ने ग्राहक यदि नराम्रो अनलाईन सर्भीसमा पुग्न गयो भने त्यसको नराम्रो प्रभाव पर्छ ।
अर्को कुरा अनलाइन सुरु गर्दा सानै उमेरमा गरियो । मान्छेले विश्वास कम गर्थे । तर, १-२ वर्षपछि आफूले राम्रो सर्भिस दिन थालेपछि भने सहयोग मिल्दै गयो ।

अहिले नयाँ पुस्ता इकमर्समा आकर्षण हुन थालेका छन् ? कतिको सहज छ ?

अहिले इकमर्समा आउने धेरै मान्छेहरू आफूलाई काम गर्न मन लागेर होइन् । अरुले गरिरहेको देखेर आउने गर्छन् । इकमर्स खोल्नु ठूलो होइन् दिगो हुनु ठूलो कुरा हो । इकमर्समा राम्रो छ । राम्रो खालको इकमर्श आएमा मार्केट चाहिँ बन्छ । इकमर्शमा आउनुस् । तर, बल्ल बल्ल स्थापित भएको मार्केटलाई ध्वस्त नपार्दिनुस् । अहिले मान्छेले अनलाईनमा पनि मार्केट हुन्छ भन्ने विश्वास गर्न थालेको अवस्था छ । यो क्षेत्रमा आउन चाहनुहुन्छ आउनुस् । तर आफूलाई स्थापित भने गर्नुपर्छ ।

यो क्षेत्रमा आउन यति ठूलो साहस गर्नुभएको छ ? के छन् तपाईँका भावी योजना ?

मैले परिवारमा यो काम गर्छु भन्यो भने काम गर्न सक्छ भन्ने विश्वास छ । हामी सबैले आँटेको काम गर्न सक्छौं । तर, साहस गर्नुपर्छ । नेपालमै पनि केही गर्न सकिन्छ । मेरो आगामी योजना भनेको व्यापार नै हो । तर, यो व्यापारलाई काठमाडौंमा मात्र सिमित नगरी उपत्यका बाहिर पनि लैजाने योजना छ । हरेक वर्ष यो व्यवसायलाई कसरी ठुलो बनाउने ? भन्ने सोच छ । म यहि व्यवसायबाट अगाडि बढ्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इन्सेक भन्छः राज्य पक्षबाटै ८६ महिला पीडित

–महिला खबर– काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पछिल्लो समय बलात्कारका घटनामा मिलापत्र हुने गरेको

बलात्कारको घटना मिलापत्र गर्नेलाई के हुन्छ कारवाही ?

–महिला खबर– ललितपुर । बालिका बलात्कारको घटना मिलाउन खोज्ने वडा अध्यक्षलाई बलात्कारको मतियारको रुपमा मुद्दा चलाउन

प्रदेशसभाः महिलालाई ‘उप’ मै सिमित

–महिला खबर– सभामुख वा उपसभामुख मध्ये एक पदमा अनिवार्य महिला राख्नु पर्ने संवैधानिक व्यवस्था यदि नभएको

आफ्नै साथीलाई बलात्कार गर्ने तीन आरोपी पक्राउ

पीडित किशोरीका आफन्तले दाबी गरेअनुसार उनीहरूले बलात्कार पछि हत्याको प्रयास गरे । यद्यपि ती मध्ये

संरक्षणमा रहेकी चेलीको विवाह

–महिला खबर– सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: