खुलेर आउँदैनन् यौन दुव्र्यवहारमा परेका महिला

प्रकाशित मिति :2017-10-11 12:49:13

यौन दुव्र्यवहार गर्नेमा ५१ प्रतिशत विवाहित पुरुष

–सन्दिप वि.क–

काठमाडौं । सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौन दुव्र्यवहार रोक्नका लागि प्रहरीले थालेको अभियानमा दुव्र्यवहारमा पर्ने महिलाहरूले नै साथ नदिएको प्रहरीको गुनासो छ । जसले गर्दा यौन दुव्र्यवहार बिरुद्ध प्रहरीले थालेको यो अभियान उचाइमा पुर्याउन प्रहरी एक्लैलाई समस्या भइरहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंले सञ्चालन गरेको ‘सेफ्टी पिन अभियान’ को दुई महिनाको अवधिमा अश्लील हर्कत गर्नेे, अपशव्द बोल्ने, अश्लील गाली गलौज र शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने ६३ जनालाई पक्राउ त गर्यो, तर त्यस्ता प्रभावित महिला नै प्रहरी समक्ष खुलेर नआउने गरेको रानीपोखरी महिला सेलकी सई विमला घिमिरेले बताइन् ।

उनले भनिन्,– ‘अभियानका क्रममा सार्वजनिक यातयातमा महिलामाथि यौनजन्य दुव्र्यवहार गर्ने पीडकलाई प्रहरीले पक्रिन्छ । तर, पीडित महिलाहरू भने पीडकलाई प्रहरी समक्ष जिम्मा लगाएर पन्छिन खोज्छन् । त्यसो हुँदा हामीलाई  काम गर्न समस्या भएको छ ।’

अभियानका क्रममा यौन दुव्र्यवहारमा परेका पीडित मध्ये दुई महिला मात्रै आफू यौन दुव्र्यवहारको परेको भन्दै प्रहरी समक्ष आएका घिमिरेले बताइन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक यातयातमा महिलाहरूमाथि यौन दुव्र्यवहार हुने गरेको भन्दै गत साउन १८ देखि ‘सेफ्टी पिन अभियान’ सञ्चालन गरेको थियो ।

अभियान सुरु भएपछि हालसम्म ७६ जना पक्राउ परेका छन् । जसमध्ये सार्वजनिक सवारी साधनमा अश्लील हर्कत राख्ने १० जना, शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने ३९ जना र अपशव्द बोल्ने, गालीगलौज गर्ने १४ जना छन् ।

महिला सेलकी प्रहरी निरीक्षक शर्मिला गुरुङले सार्वजनिक यातयातमा महिलामाथि यौन दुव्र्यवहार हुने भएपनि उनीहरू बाहिर आउन नचाहेको बताइन् ।

उनले भनिन्, ‘प्रहरी समक्ष आयो भने घरपरिवार र समाजले के भन्ला भन्ने सोच छ ।’ स्वयम् पीडित महिला नै प्रहरी समक्ष आएमा कारबाही गर्न थप सहज हुने उनको भनाइ छ ।

प्रहरीले अभियानका क्रममा सार्वजनिक यातायात पक्राउ परेका मध्ये २५ जनालाई सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाएको छ । जसमध्ये १६ जना यौन दुव्र्यवहार गर्ने व्यक्ति हुन् भने अरु चोरी, पकेटमारी लगायत अन्य कार्यमा संलग्न छन् ।

अभियानका क्रममा काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनबाट ८८ प्रतिशतले यौन दुव्र्यवहार गरेको पाइएको छ । यस्तै ललितपुरमा १० प्रतिशत र भक्तपुरमा गुड्ने सार्वजनिक यातयातमा दुई प्रतिशतले यौनजन्य दुव्र्यवहार गरेका पाइएको छ ।
यात्रुलाई दुव्र्यवहार गर्ने मध्ये ७० प्रतिशत १५ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । अन्य ३० प्रतिशत अन्य उमेर समूहका रहेका छन् ।
दुव्र्यवहार गर्नेमध्ये ७१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने रहेका छन् भने स्नातकोत्तर अध्ययन गरेका २ प्रतिशत र स्नातक गरेका दुई प्रतिशत छन् । २५ प्रतिशत भने लेखपढ गर्न नजान्ने रहेका छन् । यस्तै दुव्र्यवहार गर्ने मध्ये ५१ प्रतिशत विवाहित छन् ।
यात्रुलाई दुव्र्यवहार गर्ने मध्ये ७० प्रतिशत १५ देखि २५ वर्ष उमेरेका पुरुष छन् भने ३० प्रतिशत अन्य उमेरका छन् ।
सार्वजनिक यातयातमा बेलुकीको समयमा महिलाहरू बढी यौनजन्य दुव्र्यवहारमा पर्ने गरेको महानगरीय प्रहरीले जनाएका छ ।

‘अभियान’ का क्रममा उपत्यकामा ३३ समुहमा एक सय प्रहरीहरू सादा पोसाकमा खटिएका छन् । उनीहरूले सार्वजनिक यातायातमा ‘हिड्न क्यामरा’ मार्फत दुव्र्यवहार गर्नेको गतिविधि खिचेर प्रमाण जुटाउँछन् । र प्रमाणका आधारमा कारबाही अगाडि बढाउँछन् ।

अधिकारकर्मी एवम् महिला सुरक्षा दबाब समुहकी महासचिव हरीप्रिया पाण्डेले महिला यौनजन्य दुव्र्यवहारमा परेपनि प्रहरी समक्ष जाँदा न्याय पाइन्छ भन्ने विश्वास नभएकै कारण उनीहरू प्रहरी समक्ष जान हिचकिचाउँने गरेकाे बताइन् ।

उनले भनिन्– ‘दुव्र्यवहारमा परेका महिलाहरू प्रहरीमा उजुरी गर्न जाँदा उल्टो वेइजत भइन्छ भन्ने सोच छ । अर्को न्याय पाइन्छ भन्ने विश्वास पनि कम छ । त्यसैले प्रहरी समक्ष जान हिचकिचाउँछन् ।’

अधिवक्ता विष्णु पोखरेलले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्न बनेको ऐन–२०७१ अन्र्तगत सार्वजनिक यातायात, सडक, व्यापार, घरेलु श्रम, पसल कामदार, स्वास्थ्य लगायतका स्थलहरूमा हुने यौनजन्य हिंसाको व्यवहारलाई समेत दण्डनीय अपराधका रुपमा व्याख्या गरेको बताए । पोखरेलले सार्वजनिक यातायात लगायतका क्षेत्रमा महिलामाथि यौनजन्य दुव्र्यवहार भएमा सार्वजनिक मुद्धा अन्र्तगत पीडकलाई ६ महिना कैद वा रु ५० हजारसम्मको जरीवाना वा दुवै सजाय हुन सक्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

श्रीमानबाट बलात्कार प्रयास, श्रीमतीबाट कुटपिट

–इन्दिरा भट्टराई– उजुरी पछि डेरा गएर बसेका पीडित, उनका श्रीमान र छोरालाई समेत पीडककी श्रीमती र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: