के हिल फेरबदल गर्न मिल्ने जुत्ताहरुले महिलालाई राहत मिल्ला त ?

प्रकाशित मिति :2017-10-12 15:16:34

‘एउटा केटीलाई सही प्रकारको जुत्ता दिनुहोस् र उनले संसार नै जित्न सक्छिन्,’ अभिनेत्री म्यारलीन मुन्रोले एक पटक भनेकी थिइन् । तर, अहिलेको जमानामा कुन–कुन महिलालाई के–के “सही” लाग्छ त ?

हिलवाला जुत्ताले प्रयोगकर्तालाई बढी आत्मविश्वासी बनाउन मद्दत पु¥याएपनि लामो समयसम्म लगाउँदा असहज महसुस हुन्छ । त्यसकारण धेरै महिलाले हिल नभएका जगेडा जुत्ता आफ्नो साथमा लिएर हिँड्ने गरेका छन् । तर, जगेडा राखेको एक जोडी जुत्ताले अग्लो देखाउने र सुविधा दिने दुवै काम गर्न सकेन भने के गर्ने ? फ्रान्स र जर्मनीका जुत्ता बनाउने साना दुईवटा फर्महरुले समाधान खोज्ने जमर्को गरेका छन् र महिलाले प्रयोग गर्ने जुत्ताहरु थरिथरिका हिलहरु फेर्न मिल्ने गरी बनाएका छन् ।

ओल्गा स्ट्रेचेन्को क्यानाडाको ओट्टावामा रहेको उनको कार्यलयमा वरिष्ठ वित्तिय जोखिम व्यवस्थापककोरुपमा मात्र परिचित छैनन् । ४६ वर्षीया व्यवस्थापक हिल फेरेर लगाउन मिल्ने जुत्ता सौखिनको रुपमा पनि प्रख्यात छिन् ।

‘म त्यति अग्लो मान्छे होइन । त्यसैले मलाई अग्लो जुत्ता कार्यालयमा लगाएर मेरो व्यक्तित्व र प्रस्तुति बढाउन मन लाग्छ,’ ओल्गा भन्छिन्, ‘तर घर फर्कने बेलामा भने साना हिल भएका, बढी आरामदायी जुत्ता लगाउन मन लाग्छ । कार्यालय समयपछि घुमघामलाई जान मन लाग्यो भने म मेटालीक हिल प्रयोग गर्न रुचाउँछु र त्यस्तै हिल बोकेर हिँड्छु ।’

तान्या हिथ प्यारीसबाट तयार पारिएका जुत्ताहरुले महिलालाई आफ्नो आवरण बदल्न एउटै जुत्ता तर फरक खालका हिलहरु प्रयोग गरेर एकै छिनमा व्यवसायिकदेखि अनौपचारिक, अग्लोदेखि होचो देखिन र झिलिक्कदेखि आरामदायी बन्न सघाउन सक्ने भएका छन् ।

डिजाइनर तान्या हिथलाई नयाँ ढाँचाका जुत्ता बनाउने सोच सन् १९९६ मा पेरिस गएपछि आयो । वर्षौंसम्म टेलिकम र उर्जा क्षेत्रमा काम गरेको अनुभव बटुलेकी तान्या हिथलाई कार्यालय आउँदा र फर्कंदा पटक–पटक जुत्ता फेर्नु पर्दा झन्झट र दिक्क लाग्थ्यो ।

सन् २००९ मा फेशन उद्योगको केही पनि अनुभव नभएपनि जुत्ताको ढाँचाको बारेमा हिथले सोच्न थालिन् । उनलाई त्यति बेला तीनवटा बच्चाहरु हुर्काउने जिम्मेवारी पनि थियो ।

उनको लागि सबैभन्दा ठुलो चुनौति भनेको आरामदायी भइकन आकर्षक देखिने जुत्ताहरु बनाउनु थियो । सन् १९८० को दशकमा धेरै फर्महरुले राख्न र झिक्न मिल्ने हिलसहितका जुत्ताहरु बनाउन थाले पनि ती बजारमा सफल भएनन् । कुनै हेर्दै नराम्रा थिए । कुनै हिल खस्ने खालका थिए ।

डिजाइनर र इन्जिनियरहरुका टोलीको सहयोगमा, उनले जुत्ताको अग्लाइ छान्न र जडान गर्न मिल्ने अवधारणा बनाइन् ।

उनका अनुसार पहिले आफ्नो रोजाइको जुत्ता (चप्पल ढाँचाको, कुर्कुच्चा छोपिने वा बुटवाला किन्न सकिन्छ) र त्यही जुत्तामा जडान गर्न मिल्ने आफूलाई चाहिने फरक–फरक खालका हिलहरु छुट्टै किन्न सकिन्छ ।

ग्राहकले ४ सय प्रकारका हिलहरु मध्ये छनौट गरी किन्न सक्छन् । एउटा हिललाई ३ हजार देखि १२ हजारसम्म नेपाली रुपैयाँ तिर्नुपर्छ ।

हिथ भन्छिन्, ‘व्यापार गर्दा सुरुका वर्षहरुमा उनलाई धेरै गाह्रो भयो । जुत्ता बिक्री पनि भएनन् र अरुले पनि लगानी गरेनन् ।

अहिले त्यो फर्मले ७२ वटा देशहरुमा माग अनुसार सामान पठाइसकेको छ र फ्रान्स, पोर्चुगल र क्यानाडामा बुटीकहरु खोलेको छ ।

यो फर्मले गरेको राम्रो व्यापारको समाचार सँगसँगै विभिन्न पेसामा आवद्ध र जागीरे महिलाले अनिवार्यरुपमा हिलवाला जुत्ता लगाउनु पर्ने चलनले उनीहरुमा पर्ने नकारात्मक असरहरु बारे विकसित देशहरुमा विवाद र बहस चलिरहेको छ ।

गत अप्रिल महिनामा क्यानाडाको ब्रिटिश कोलम्बीया प्रान्तमा महिलालाई ठुला हिल जुत्ताहरु लगाउन बाध्य पार्नबाट कम्पनीहरुलाई रोक लगाइयो । तर, त्यसै महिना बेलायती सरकारले त्यस्तै रोक लगाउन बेलायतमा गरिएको निवेदनलाई भने अस्वीकार ग¥यो ।

राख्न र झिक्न मिल्ने विभिन्न हिलहरुसहितका जुत्ताहरु बनाउने फर्महरुले आफ्ना उत्पादन मार्फत् महिलाको व्यक्तिगत फेशन रोजाइको दायरा बढाइदिएका छन् ।

साभार : बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: