ताजा समाचार
  • बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’
  • नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने
  • दिल्लीमा महिला यात्रुकालागि छुट्टै ट्याक्सी सेवा
  • भोट हैन बोटमा ध्यानः निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेदवार मत माग्न व्यस्त छन् तर दोलखाका ग्रामीण महिलाहरू भने आफ्नो बारेमा फलेको कोदो टिप्न व्यस्त देखिन्छन् । तस्विरः सर्मिला बुढाथोकी-दोलखा
  • बालिकालाई करणी गर्ने किशोर पक्राउ
  • मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या
  • जित्नकै लागि मेरो उम्मेदवारीः महालक्ष्मी उपाध्याय
  • रेडियोमा बोल्ने रहरले अभियन्ता बनिन् मच्छे
  • चुनावी विभेद र विकृति
  • जुम्लामा महिला मत निर्णायक
  • अब इटहरीमै इजलास र न्याय सम्पादन
  • हरेक मतदान स्थलमा दुई प्रहरी महिला
  • प्रविधि अभावमा अब सुत्केरी र गर्भवतीले मर्नु नपर्ने
  • बलात्कारीलाई कारबाहीको माग गर्दै विरोध, एक युवा पक्राउ
  • दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ

    सेना–माओवादीबाट बलात्कृतको प्रश्नः हाम्रा लागि न्याय कहाँ छ ?

    प्रकाशित मिति :2017-10-17 12:43:33

    –महिला खबर–

    काठमाडौं । घटना १८ वर्ष पुरानो हो, जति बेला सुष्मा १३ वर्षकी मात्र थिइन् । त्यो समयमा गाउँमा माओवादी र सरकार दुवै पक्षबाट असुरक्षित थिए गाउँलेहरू ।

    असुरक्षित वातावरणमै हुर्किदै थिइन् सुष्मा पनि । त्यही असुरक्षित समाजमा उनी बलात्कारको सिकार भइन् ।

    ‘म त्यो दिन हाटबजार हेर्न भनेर घरबाट निस्केकी थिएँ । त्यहाँ माओवादीको कार्यक्रम रहेछ । मलाई त्यो कुरा थाहा थिएन । म बिरामी पनि भएकाले औषधी लिएर जान्छु भनेर साथीसँगै त्यहाँ गएकी थिएँ’ सुष्माले घटनाको सुरुवात सुनाइन् ।

    तीन जना साथीसहित केहीबेरपछि त्यहाँबाट औषधि लिएर फर्किरहेकी थिइन् सुष्मा । तर, बाटोमा तत्कालीन विद्रोही पक्षले अपहरण गरेर लगे ।

    ‘हामी तीनै जना घर जान लागेका थियौं । तर, माओवादीले चारै तिरबाट घेरा हाले । जान दिएनन् । तिमीहरू यहाँबाट जान पाउँदैनौ भने । हामीले उनीहरूबाट फुत्किन धेरै कोसिस गर्यौ । अनुनय गर्यौं । तर उनीहरूले हाम्रो कुरा सुन्दै सुनने् । हामीहरूलाई जबरजस्ती लगे । त्यो रात रातभर जंगलको बाटो हिड्यौं हामी ।’ सुष्माले भनिन् ।

    २०५६ भदौ १५ गतेदेखि उनी महिनौं जंगलमै हिडिन् । एकदिन सुष्मालाई उनका दुई साथीहरूबाट अलग बनाएर तीन चार जनाले सामुहिक बलात्कार गरे ।

    ‘हामी तीनै जना अलग–अलग ठाउँमा अलग–अलग समूहबाट सामुहिक बलात्कारमा पर्यौं । म धेरै रोएँ । । त्यसो नगर्न आग्रह गरेँ । तर मेरो चित्कार कसैको कानमा परेन । मेरो रोधन कसैले सुनेनन् । न त कसैमा दया जाग्यो’ सुष्माले घटनाको बेलिविस्तार सुनाइन् ।

    बलात्कारको पीडाले  बेहोस् भएकी सुष्माले होस् खुल्दा आफूलाई अस्पतालको बेडमा पाइन् । सुष्माकै एक जना गाउँलेले जंगलमा सुष्मालाई एक्लै त्यो पनि वेहोस अवस्थामा भेट्दा अस्पताल पुर्याएका रहेछन् ।

     बलात्कृत हुँदै गर्दा म धेरै रोएँ । त्यसो नगर्न आग्रह गरेँ । तर मेरो चित्कार कसैको कानमा परेन । मेरो रोधन कसैले सुनेनन् । न त कसैमा दया जाग्यो’ 

    घटना केहि दिनमा उनको घरमा पनि थाहा भयो । त्यही ठाउँमा बस्दा सुष्मालाई बारम्बार त्यही घटनाको झझल्को आउन सक्ने भन्दै अभिभावकले घरबाट अर्कै सहरमा पठाइदिए ।

    घटना बिर्सिन सुष्माले ठाउँ त परिवर्तन गरिन् तर, घटना पुरै बिर्सिन सकेकी छैनन् । घटना सार्वजनिक हुँदा कतै आफ्नो विवाह र सन्तान पो नहुने होकी ! भन्ने चिन्ताले सधैं पिरलीरह्यो । तर उनले सोचेजस्तो भएन । उनको विवाह पनि भयो । ‘सामूहिक बलात्कारमा परेपछि मेरो पाठेघरमा समस्या छ । विवाह चाहिँ भयो । एउटा बच्चा पनि छ । त्यसमा खुसी त छु तर बलात्कारीको पहिचान नहुँदा र आफूले न्याय नपाउँदा भने बारम्बार पीडा हुन्छ’–सुष्माले भनिन् ।

    सुष्माले विवाह अघि आफू बलात्कारमा परेको कुरा आफ्नो श्रीमानलाई समेत भन्न सकेकी छैनन् । आफू माथी भएको अपराध बारे बोल्न चाहन्छिन् । बलात्कारीलाई कानुनको कठघरामा उभ्याउन चाहन्छिन् तर, अन्याय खुलेर भन्न सक्ने वातावरण छैन । न्याय खोज्दा उल्टै बेघर भइन्छ की भन्ने डर छ ।

    ‘म माथी सामूहिक बलात्कार भयो भन्न सक्ने वातावरण खै ? कसरी खुलेर बोल्ने । खुलेर बोल्ने ठाउँ कहाँ छ मेरो लागि ? मलाई घटना लुकाउँदा लुकाउँदै भित्रभित्रै पोलिरहन्छ । सधैं लुकेर कति बस्नु ?’ काठमाडौंमा आयोजित एक कार्यक्रममा सुष्माले प्रश्नै प्रश्न तेर्साइन् ।

    सरकारले आफूलाई किन न्याय नदिएको उत्तर खोेजीरहेकी छिन् उनी । ‘मेरो स्वास्थ्य ठिक छैन । द्वन्द्वमा प्रत्यक्ष ज्यान गुमाउने, अंगभंग हुनेहरूलाई सरकारले थोरै भए पनि राहत त दिएको छ । तर म जस्ता तर यौन हिंसामा परेका महिलाहरूका लागि सरकारले के गरेको छ त ? के न्याय पाउन मैले मर्नै पथ्र्यो ? के बलात्कारसँगै मेरो अंगभंग नै हुनुपथ्र्यो ? हामी सधैंभरी पीडामा नै बसिरहनु पर्ने । खै कहाँ छ न्याय ?’ सुष्माले भनिन् ।

    द्वन्द्वका बेला यौन हिंसामा परेका महिलाहरू अहिले पनि शारीरिक र मानसिक समस्यामा छन् । सामाजिक बद्नामीका डरले उनीहरू पीडा लुकाएर बसेका छन् । आफूले भोगेको अपराध खुलेर भन्न सकेका छैनन् ।

    धनाको पीडा पनि सुष्माको भन्दा फरक छैन । १४ वर्षकी हुँदा उनी स्कुल जाने बेलामा शाही नेपाली सेनाले गर्ने गरेको अश्लील गाली उनको मानसपटलमा ताजै छ ।

    २०६२ जेठ २८ मा ठुलो संख्यामा आएको सेनाले उनलाई चरम शारीरिक यातना दियो । ‘म माथी चरम शारीरिक यातना दिएर मात्र पुगेन । मलाई बलात्कार पनि गरे । टाउको र हातीमा पनि गोली हाने । मरी सोचेर नजिकैको नर्सरीमा फालियो । मेरो करङको हड्डी भाँचिएको छ भने खुट्टा पनि काम नलाग्ने भइसकेको छ । मेरो शरीर नै छेदविछेद छ ।’–धनाले भनिन् ।

    उनी ह्वीलचियरको सहाराले हिँडडुल गर्छिन् । धना पनि आफ्ना कुरा खुलेर भन्न चाहान्छिन । आफ्ना कुरा भन्दा गम्भीरतापूर्वक सुन्ने र घटनाका दोषीलाई कार्वाही गर्न प्रक्रिया चाल्ने व्यक्ति वा निकाय नभेट्दा घटना लुकाएर बस्न बाध्य छिन् ।

    ‘म अचेत भएको बेलामा मेरो विवाह पार्टीले सँगैको लडाकुसंग गरिदिएछ । जुन कुरा मलाई विवाहपछि मात्र थाहा भयो’ उनले भनिन् ।उनलाई थाहा नै नदिएर विवाह भयो । विवाहपछि छ दिनकी सुत्केरी हुँदा सेनाले घेरा हालेपछि ज्यान जोगाउँन भाग्न खोज्दा उनी सेनाबाट बलात्कृत भइन् । ‘सेनाको घेराबाट भाग्न सकिनँ । बलात्कार भएको चार दिनपछि भागेर छोरी भएको ठाउँसम्म पुगेँ । छोरी साथमा लिएर आफू र छोरीको ज्यान जोगाउन देशै छोडेर भारत गएँ’ उनले सुनाइन् ।

    नेपाल सरकारले आफूजस्ता द्वन्द्वका बेला यौन हिंसामा परेका महिलाहरूलाई न्याय दिनुपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘म सरकारसंग न्याय माग्न आएकी छु । मेरो स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्दछ । मलाई सामाजिक अनि कानुनी न्याय पनि चाहिएको छ ।’

    नेपाल सरकारले यौन हिंसामा परेका महिलाहरूको केही गल्ती नभएको र त्यसो हुनुमा राज्यको गल्ती हो भन्ने स्वीकार्नु पर्छ भन्छिन् उनी । र सरकारले आम माफी मागेको खण्डमा मात्रै पनि आफूहरूको पीडा कम हुने र न्याय पाएको महसुस हुने धनाको भनाइ छ ।

    त्यसैगरी प्रगतीलाई तत्कालीन माओवादीले २०५७ सालमा जबरजस्ती पार्टीमा लग्यो । त्यहाँ गएपछि उनी माओवादी र सेनाको लडाइँमा घाइते भइन् । घाइतेपछि अचेत अवस्थामा रहेकी प्रगतीलाई आफ्नै सहकर्मी माओवादी लडाकुले विवाह गरेछन् जुन कुरा उनलाई होस् आएपछि मात्र थाहा भयो ।

    ‘म अचेत भएको बेलामा मेरो विवाह पार्टीले सँगैको लडाकुसंग गरिदिएछ । जुन कुरा मलाई विवाहपछि मात्र थाहा भयो’ उनले भनिन् । उनलाई थाहा नै नदिएर विवाह भयो । विवाहपछि छ दिनकी सुत्केरी हुँदा सेनाले घेरा हालेपछि ज्यान जोगाउँन भाग्न खोज्दा उनी सेनाबाट बलात्कृत भइन् । ‘सेनाको घेराबाट भाग्न सकिनँ । बलात्कार भएको चार दिनपछि भागेर छोरी भएको ठाउँसम्म पुगेँ । छोरी साथमा लिएर आफू र छोरीको ज्यान जोगाउन देशै छोडेर भारत गएँ’ उनले सुनाइन् ।

    युद्धका बेला राज्य र विद्रोही पक्षबाट सामुहिक बलात्कारको शिकार भएका यीँ तीनै जनाले आफूमाथि हिंसा गर्ने दोषीहरूलाई कारबाही हुन्छ कि भन्ने आसामा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मा उजुरी त दिएका छन् । तर, अहिलेसम्म न्यायको सानो दीप समेत बोल्न नसकेपछि भने न्याय पाउने कुरामा निरास छन् ।

    सत्य निरुपण तथा मेलमिलाप आयोगमा हत्या, अपहरण, शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लूटपाट, कब्जा, तोडफोड वा आगजनी, घरबाट निकाला वा अन्य कुनै किसिमबाट विस्थापन र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन बिपरीत गरिएका सबै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अपराध शीर्षकमा ६० हजार भन्दा बढी उजुरी परेका छन् ।

    आयोगकी सदस्य डा.माधवी भट्टले आयोगमा परेका उजुरी मध्ये धेरै कम मात्रामा यौन हिंसाका उजुरी रहेको बताइन् । तर सत्यनिरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वको समयमा कति महिलाहरू बलात्कृत भए र यौनजन्य हिंसामा परेका छन् भन्ने कुरा गोप्य राख्नुपर्ने हुँदा संख्या बताउन नमिल्ने बताइन् ।

    ‘द्वन्द्वको समयमा हद म्यादका कारण धेरै यौन हिंसा पीडित महिला खुलेर आउन सकेनन् । अहिले धेरै जना पारिवारिक सम्बन्धमा छन् । अहिले पनि कानुन यौन हिंसामा परेका महिलाहरूका लागि खुकुलो छैन’

    सदस्य भट्टले यौन हिंसामा परेका महिलाहरूले उजुरी दिदा, अनुसन्धान गर्दा, न्याय दिने कुरामा गोप्यताको ख्याल गर्ने गरेको बताइन् । ‘यौन हिंसामा परेका पीडितहरूको पारिवारिक जीवनमा असर नपर्ने गरी उनीहरूको गोपनीयताको ख्याल गरी उजुरी हाल्ने व्यवस्था गरिएको छ’ उनले प्रष्ट्याइन् ।

    द्वन्द्वपीडितको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था एड्भोकेसी फोरमका अधिवक्ता पुष्प पौडेल नेपालको कानुन बाधक भएकै कारण यौन हिंसामा परेका महिला खुलेर आउन नसकेको बताउँछन् ।

    ‘द्वन्द्वको समयमा हद म्यादका कारण धेरै यौन हिंसा पीडित महिला खुलेर आउन सकेनन् । अहिले धेरै जना पारिवारिक सम्बन्धमा छन् । अहिले पनि कानुन यौन हिंसामा परेका महिलाहरूका लागि खुकुलो छैन’ उनले भने ।

    बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ ले बलात्कार र यौनजन्य हिंसालाई मानवअधिकारको गम्भीर उल्लंघन मान्दै यस्तो अपराधमा क्षमादान नहुने व्यवस्था गरेको छ ।

    (पीडित  महिलाहरुको नाम परिर्वतन गरिएको छ)

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’

    महिला खबर काठमाडौं । बोक्सी प्रथा उन्मुलन गर्ने उद्देश्यले निर्माण भएको चलचित्र ‘अग्नीदहन’ अभियानको रुपमा

    नागरिकता सम्बन्धी समस्याबारे वृहत राष्ट्रिय सम्मेलन हुने

    –महिला खबर– सरकारी कार्यालयको विवरणमा तीनपुस्ते विवरण भर्दा संस्थाको पहलमा प्राप्त नागरिकतामा बाबु, बाजेको नामथर हु्न्न

    बालिकालाई करणी गर्ने किशोर पक्राउ

    -महिला खबर- पाँचथर । गत कात्तिक १६ गते स्थानीय ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको

    मानसिक असन्तुलनः पुनर्स्थापना र पहिचानकै समस्या

    -जमुना वर्षा शर्मा- ‘सामान्य अवस्थामा आइसकेकालाई पनि समाज र आफन्तले समेत सामान्य व्यवहार गरिदिन्नन् । ‘पागल’

    Read more
    ताजा अपडेट
    %d bloggers like this: