राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई आज प्रहरीले

ताजा समाचार
  • कतै किशाेरीमाथि बिद्यालयमा दुर्व्यवहार भइरहेकाे त छैन ? तलकाे लिंकमा गएर तपाइकाे विचार राख्नुहाेस ।https://www.surveymonkey.com/r/PFGBZT3
  • राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ
  • प्रतिनिधिसभा सदस्यमा तीन प्रतिशत मात्रै महिला विजयी
  • मतगणना स्थलमा पाँच लाखको व्यापार
  • बलात्कार गरेर फरार संजय ११ वर्षपछि पक्राउ
  • प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित
  • सुत्केरी मृत्युको बिषयमा छानविन गर्न मन्त्रालयले समिति बनायो
  • उच्च जोखिममा परेका २१ बालबालिकालाई सहयोग
  • सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ
  • कर्मचारी नहुँदा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ बन्द
  • एक तिहाइ महिला पुर्र्याउन मुस्किल
  • डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता
  • गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’
  • नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी

    हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय

    प्रकाशित मिति :2017-11-08 17:23:54

    मेरो नाम दिपा थापा । घर र माइती संखुवासभा हो । हाल म इटहरीमा बस्छु । इटहरी बसेको पनि तीन बर्ष भयो ।

    वि.स २०५५ साल मंसिरमा मेरो बिहे भयो । विवाहको परिणाम स्वरुप श्रीमानको यातनाकाबीच एउटा छोरा र एउटी छोरी भए । छोरा १६ बर्षको भयो । अहिले उ मसँगै छ । खर्च नभएर छोराको पढाई छुटेको छ । अहिले छोरी मावलीमा छिन् । यसअघि छोरी मैसँग थिइन । छोरी पढाउन र हुर्काउन मैले कतिसम्मको दुःख र पीडा झेलेकी छु कि म भोग्नेलाई थाहा छ कि देखेर महसुस गर्नेलाई । आफू र छोरीको पेट गुजाराका लागि स्कूलको गाडीमा खलासी हुनेदेखि होटल र अर्काको घरमा पनि काम गरेकी छु । दुःख कस्तो हुन्छ भन्ने मैले भोगेकी मात्र छैन महसुस पनि गरेकी छु । विहे भएको छोटो समयदेखि नै श्रीमानबाट हिंसा खेप्नु पर्दा कैयौं पटक त मर्न समेत नखोजेकी होइन । तर पनि जीवनमा एकदिन सुख र खुसी आउने आसामा दुखका दिनहरू बिताएँ ।

    श्रीमानले वल्लो घर, पल्लो घर पनि हिँड्न नदिने । रात दिन जाँडरक्सी खाएर कुट्ने । सायद मैले जति यातना श्रीमानबाट कसैले पाएको छैन होला ।

    सुरुसुरुमा श्रीमानले कुटपिट गर्न पाउनु उसको हक हो जस्तो लाग्थ्यो । श्रीमानको कुटाई, गाली बेइजती र आरोप खेप्नु नपरेको कुनै दिन हुन्नथ्यो । आफ्नै भाग्यको खेल सम्झेर सहेर बसेँ । श्रीमान हो एक दिन सुध्रिन्छन् र नयाँ जीवन, नयाँ तरिकाले जिउने आसामा कयौं रातहरू आँसु पुछेर बिताएँ । तर उनी सुध्रिएनन् । बरु पीडाको स्तर बढ्दैगयो । सहन मुस्किल हुन थाल्यो । पीडा लुकाउदा लुकाउदा पनि अति नै भइसकेको थियो । मन र शरीरमा पीडा बाहेक अर्थोक थिएन । कसैलाई सुनाउन पाएको भए पनि मन हल्का हुन्थ्यो कि भन्ने सोच्थे । श्रीमानको आनिबानी सुध्रिने छाँटकाँट नदेखेपछि र आफ्ना खुसीका दिन नआउने अवस्था देखेपछि मैले श्रीमान त्याग्ने आँट गरे र आफूले भोगेको यातनाको श्रृंखला अरूलाई सुनाउने निधो गरे ।

    सप्तकोशी एफएमबाट बज्ने कार्यक्रम ‘नसुनिएका आवाज’ मा मेरो पीडा प्रसारण भयो । सुनसरीका त्यतिबेलाका सिडियोसाब मोहन चापागाँइले मेरो दुःख पीडा सुन्नुभएछ । मलाई बोलाउनुभयो । महिला तथा बालबालिका कार्यालय मार्फत केहि रकम समेत दिलाउनुभयो ।

    त्यही पैसाबाट मैले व्यापार सुरु गरे । म्यादी प्रहरीको लागि भर्ना खुल्यो । म्यादी प्रहरीमा जागिर खाँए । यहि रेडियो कार्यक्रमबाट धेरै कुरा थाहाँ पाए । हिंसा सहेर बस्न नहुने रहेछ भनेर हिम्मत बढ्यो । अन्याय पर्दा कानूनी लडाई कसरी लड्ने भन्ने पनि थाहा भयो ।

    मैले त थाहा नपाएरै १२ बर्ष जति हिंसा सहेर बसेँ । तपाईं नबस्नुस् । सहयोग गर्ने निकाय धेरै रहेछन् । अन्याय भएकाले पनि न्याय पाउन सकिन्छ भन्ने म आफैं उदाहरण बनेको छु । संचार माध्यमहरूमा हामी पीडितहरूलाई सहयोग गर्ने खालका कार्यक्रम आउँदा रहेछन् । अन्यायमा पर्नुभएको छ भने आजै आवाज उठाउनुस् भन्ने आग्रह गर्दछु ।

    यहि कार्यक्रमका कारण मलाई मुद्धा लड्न पनि सजिलो भयो । मुद्धापनि छिट्टै फैसला भयो । जिन्दगीमा साह्रै धेरै यातना र पीडा भोगेकी मैले न्याय पाए । श्रीमान विरुद्ध अंश, घरेलु हिंसा र सम्बन्ध विच्छेदको मुद्धा हाले । यो कार्यक्रमबाट धेरै सहयोग भयो । अन्यायमा परेकी मलाई यहि एफएम र कार्यक्रमले न्याय दिलाउन सहयोग पुर्यायो ।

    म भुक्तभोगी भएका नाताले के भन्छु भने यदि तपाईंं हिंसामा पर्नुभएको छ भने आफ्नो घरको कुरा के बाहिर लानु, के अर्कालाई सुनाउनु भनेर सहेर नबस्नुस् । मलाई जस्तो तपाईंहरू कसैलाई भएको छ, भने अहिले त गाउँगाउँमा आमा समूह छन्, प्रहरी थाना छन्, नागरिक समाज छन् । उहाँहरूलाई सुनाउनुस् । न्याय खोज्न जानैपर्ने रहेछ ।

    मैले त थाहा नपाएरै १२ बर्ष जति हिंसा सहेर बसेँ । तपाईं नबस्नुस् । सहयोग गर्ने निकाय धेरै रहेछन् । अन्याय भएकाले पनि न्याय पाउन सकिन्छ भन्ने म आफैं उदाहरण बनेको छु । संचार माध्यमहरूमा हामी पीडितहरूलाई सहयोग गर्ने खालका कार्यक्रम आउँदा रहेछन् । अन्यायमा पर्नुभएको छ भने आजै आवाज उठाउनुस् भन्ने आग्रह गर्दछु ।

    सिडियो सावसँग सम्पर्क भएपछि चार बर्ष अघिदेखि चलेको अंश र घरेल ुहिंसा मुद्धा छिटो भयो । दुईचार कुरा भन्न सकियो भने अन्यायमा भएकाले न्याय पाइदो रहेछ ।

    सञ्चारिका समूह र सप्तकोशी एफएमको कार्यक्रम ‘नसुनिएका आवाज’का कारण न्याय पाएँ । यस पटकको चुनावमा पनि म्यादी प्रहरीमा आवेदन दिएकी थिएँ तर मेरो नाम निस्किएन ।

    नौ बर्षकी छोरीलाई पढाउन समस्या भएकाले माइती संखुवासभा पठाएकी छु । अहिले मलाई सानोतिनो भएपनि जागिर वा कामको खाँचो छ । कुनै व्यक्ति वा संघ–संस्थाले त्यो अवसर मिलाइदिए आभारी हुने थिएँ ।

    प्रस्तुतीः लिलाराज भट्टराई

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई आज प्रहरीले

    प्रतिनिधिसभा सदस्यमा तीन प्रतिशत मात्रै महिला विजयी

    –महिला खबर– प्रतिनिधिसभा सदस्यमा १ सय ६५ सिटका लागि दुई चरणमा सम्पन्न प्रत्यक्ष तर्फको निर्वाचनमा तीन

    मतगणना स्थलमा पाँच लाखको व्यापार

    -महिला खबर- सिन्धुपाल्चोक । सदरमुकाम चौताराको टुँडिखेलमा जम्मा भएका हजारौ मानिसहरुको एउटै उद्देश्य थियो, प्रतिनिधी

    बलात्कार गरेर फरार संजय ११ वर्षपछि पक्राउ

    –इन्दिरा भट्टराई– उनको विवाह हुने भनेपछि गाउँ फर्के संजय । घर छोडेको एघार वर्षपछि उनी गाउँ

    प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित

    -महिला खबर - काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनमा २३ महिला

    Read more
    ताजा अपडेट
    %d bloggers like this: