लैङ्गिक हिंसा बिरुद्ध पहल कदमी आवश्यकता

प्रकाशित मिति :2017-11-26 12:14:42

महिला विरुद्ध भइरहेको हिंसा, विभेद एवम् अन्याय अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान हिजोदेखि सुरु भएको छ । जनसंख्याको आधा भन्दा बढि संख्यामा रहेका महिलाहरू हिंसापीडित भइरहेको सन्दर्भमा हिंसा विरुद्ध मनाइने दिवस मध्ये महत्वपूर्ण र चरणवद्ध दिवस – १६ दिवसीय अभियान हो । यस वर्ष “लिभ नो वान विहान्डः इन्ड भ्याइलेन्स अगेन्स ओमन एण्ड गल्र्स” भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौंः कोहि नछुटौं” भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गते २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म महिला हिंसा विरुद्ध १६ दिवसीय अभियान सञ्चालन भइरहेको छ ।

३ जना डोमिनिकन नागरिक पेट्रिया, मिनर्भा र मारिया विवाहिता दिदीबहिनीहरूले सन् १९५० को दशकमा तानाशाही त्रुजिलो शासकका विरुद्ध लडेका थिए । ३० वर्ष शासन गरेका त्रुजिलो तानाशाही शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको कडा दमन विरुद्ध तीन दिदीबहिनीहरू लगायत उनीहरूका श्रीमानहरू पनि सशक्त रुपमा लागेका थिए । आन्दोलनलाई दबाउने क्रममा जेल परेका आफ्ना श्रीमानहरूलाई भेटेर फर्की रहेको बेला त्रुजिलो शासनले गाडि चालक सहित तीन जना शान्ति तथा अधिकारकर्मी दिदीबहिनीहरूको सन् १९६० नोभेम्वर २५ को साँझ निर्ममतापूर्वक हत्या गरियो जसको कारण पछि त्रुजिलो शासन पतन भयो । यसरी तीन जना अधिकारकर्मी मिरावल दिदीबहिनीहरूको सम्झना र सम्मान स्वरुप संयुक्त राष्ट्र संघले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय ग¥यो । नेपालमा यस अभियानको थालनी सन् २००४ देखि मात्र भएको हो । यसपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउँदै आएका छन् ।

जीवन श्रेष्ठ

नोभेम्वर २५ का दिन लैङ्गिक हिंसा विरुद्धको दिवस र डिसेम्वर १० का दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २ वटा महत्वपूर्ण दिवसका साथै यि दुई दिवस विचका दिनहरूमा महिला मानव अधिकार रक्षक दिवस, विश्व एचआईभी÷एड्स दिवस, अन्तर्राष्ट्रिय अपांगता दिवस, आर्थिक सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय दिवस, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस र विश्व मानव अधिकार दिवस लगायतका दिवसहरू पर्ने भएकोले यसलाई १६ दिवसीय अभियानका रुपमा मान्न थालियो । विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू भन्दा भिन्न तरिकाले महिला हिंसा विरुद्धको दिवसलाई एक दिनमा मात्र सिमित नभई प्रत्येक वर्ष नोभेम्बर २५ मा मनाईने अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसदेखि डिसेम्बर १० मा मनाईने अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म जम्मा १६ दिनसम्म महिला हिंसा अन्त्यका लागि विभिन्न दवावमूलक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरी अभियान कै रुपमा मनाउने गरिन्छ ।

विश्वव्यापी रुपमा सुरु गरिएको यो अभियानको मूख्य उद्देश्य महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो । लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्य सहित यो अभियान सुरु गरिएको थियो । यसका साथै महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउनु यो अभियानको अर्को उद्देश्य हो ।

आफ्नो जीवनकालमा मात्र नभई महिलाहरूले आमाको गर्भदेखि नै हिंसा भोग्नु परिरहेको छ । छोरा वा छोरी पत्ता लगाउन गरिने लिङ्ग छनौट गर्नु, गर्भपतन गर्नु, जवरजस्ती गर्भवती बनाउनु महिला हिंसा हो । यसै गरी शिशु वालिकाको हत्या गर्नु, वालिकालाई खानपान र स्वास्थ्य उपचारमा फरक व्यवहार गर्नु शिशु अवस्थामा गरिने वालिका हिंसा हो । वाल्य अवस्थामा नै विवाह गरिदिने, यौन दुव्र्यवहार गर्ने, किशोरी बलात्कार हुने, कार्यस्थलमा यौन दुव्र्यवहार हुने, वेश्यावृत्तिमा लगाउने, बेचबिखन गर्ने आदि किशोर अवस्थामा हुने हिंसा हुन् । विवाह भई सकेपछि दाइजोको कारण हुने हिंसा, श्रीमान्को पिटाई, छोरा नै पाउनु पर्ने मनोवैज्ञानिक दवाव, वैवाहिक बलात्कार जस्ता हिंसाहरू महिलाहरूले भोगी रहेका छन् । यसैगरी पर्याप्त खाना लुगा लगाउन नदिने, स्वास्थ्य उपचार गर्न वास्ता नगर्ने, घरबाट निकाला गर्ने, कठोर वचन लगाउने जस्ता हिंसाहरू वृद्धावस्थामा भोग्नु परिरहेका छन् । यस प्रकार हेर्दा एउटा महिलाको जीवन गर्भदेखि वृद्धावस्थासम्म हिंसा नै हिंसामा जिन्दगी त्याग गरी रहेको पाइन्छ ।

नेपालमा महिलामाथि हुने हिंसा चिन्ताजनक रुपमा बढ्दै गएको छ । यसले महिला तथा किशोरीहरू जिन्दगीभर हिंसाका शिकार हुन्छन् भन्ने कुरा चित्रण गर्दछ । साँच्चै भन्ने हो भने छोरी बुहारीहरूलाई जोगाउन नै गाह्रो भई रहेको छ हाम्रो समाजमा । महिलामाथि हुने हिंसा महिला र पुरुषबीच रहेको असमान शक्ति सम्बन्धले गर्दा भएको हो । यो लैङ्गिक विभेको कारण र प्रतिफल दुवै हो । महिलामाथि हुने हिंसाको विरुद्धमा आवाज उठाउनेहरूको संख्या बढ्दै गई रहेको छ । यति हुँदाहुँदै विभिन्न कारणले महिला हिंसाको मुद्दा लुकेर रहिरहेको छ । महिलामाथि हुने हिंसामा चुप लागेर बस्नु एउटा विशेषता नै बनेको छ । हिंसा सहने गुपचुपको संस्कारले पीडकमा मनोवल बढ्न गई हिंसालाई बढावा दिईरहेको छ । समाज र राज्यले पीडकहरूलाई सजाय दिन नसक्दा यस्ता व्यवहारहरू झन बढि रहेका छन् ।

सुरक्षाको दृष्टिकोणले महिलाको लागि सबैभन्दा सुरक्षित स्थान घर हो । संरक्षकको रुपमा आफ्नै नजिकको र विश्वसापात्र व्यक्ति पनि घरपरिवारका सदस्यहरू नै हुन् । तर विडम्वना, सोही सुरक्षित घरमा आफ्नै घरपरिवारका संरक्षक व्यक्तिहरूबाट विभिन्न प्रकारका शारीरिक, मानसिक तथा यौनिक हिंसा झेल्नु परिरहेको छ । यति मात्र होइन महिलाहरू सबै भन्दा बढि समय घर भित्र नै बिताउँछन् । तर त्यहि घरमा नै महिलाहरू हिंसा भोग्नु पर्दा अधिकतम समय हिंसाको परिबन्दमा बाँच्नु परेको छ । यस प्रकार महिलाहरूले बढि मात्रामा आफ्नै घरपरिवारका व्यक्तिहरूबाट, आफ्नै संरक्षक भनाउँदाबाट र सबै भन्दा बढि समय रहने आफ्नै घरमा निरन्तर रुपमा हिंसा झेल्नु पर्ने अत्यन्त गम्भीर अवस्था हो ।

नेपालमा महिलामाथि हुने हिंसा चिन्ताजनक रुपमा बढ्दै गएको छ । यसले महिला तथा किशोरीहरू जिन्दगीभर हिंसाका शिकार हुन्छन् भन्ने कुरा चित्रण गर्दछ । साँच्चै भन्ने हो भने छोरी बुहारीहरूलाई जोगाउन नै गाह्रो भई रहेको छ हाम्रो समाजमा । महिलामाथि हुने हिंसा महिला र पुरुषबीच रहेको असमान शक्ति सम्बन्धले गर्दा भएको हो । यो लैङ्गिक विभेको कारण र प्रतिफल दुवै हो । महिलामाथि हुने हिंसाको विरुद्धमा आवाज उठाउनेहरूको संख्या बढ्दै गई रहेको छ । यति हुँदाहुँदै विभिन्न कारणले महिला हिंसाको मुद्दा लुकेर रहिरहेको छ । महिलामाथि हुने हिंसामा चुप लागेर बस्नु एउटा विशेषता नै बनेको छ । हिंसा सहने गुपचुपको संस्कारले पीडकमा मनोवल बढ्न गई हिंसालाई बढावा दिईरहेको छ । समाज र राज्यले पीडकहरूलाई सजाय दिन नसक्दा यस्ता व्यवहारहरू झन बढि रहेका छन् ।

महिला विरुद्ध हुने गरेका सबै खाले हिंसा अन्त्य गरी स्वस्थ समाज निर्माणका लागि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने अभियानले शहरदेखि ग्रामीण बस्तीमा जनचेतना फैलाउनु पर्छ । यस महान अभियानमा कोहि पनि नछुटी सबैको सहभागिताको अनिवार्यतालाई अभियानको यस वर्षको नाराले अंगिकार गरेको छ । राज्यको चौथो अंग मानिने सम्पूर्ण सञ्चार जगतले यस महान अभियानलाई सशक्त रुपमा नागरिक समक्ष लैजानु पर्दछ । हिंसामुक्त समाज नै वास्तवमा स्वस्थ्य र शान्तिपूर्ण समाज हुने भएकोले स्वस्थ, समतामूलक समाजको सृजनामा एउटा पहल कदमीको थालनी गरौं । महिला हिंसाको कुनै पनि स्वरुप अब सहनु हुँदैन । महिला हिंसा विरुद्ध बोल्न ढिलो भइसकेको छ । तसर्थ तपाईं हामी सबै यस अभियान कुनै न कुनै रुपमा सहभागी बनौं ।

लेखकः  जेण्डर मास्टर प्रशिक्षक हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: