योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय

-महिला खबर- ताप्लेजुङ । प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने

ताजा समाचार
  • उच्च जोखिममा परेका २१ बालबालिकालाई सहयोग
  • सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ
  • कर्मचारी नहुँदा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ बन्द
  • प्रतिनिधिमा छ र प्रदेशसभामा तेह्र महिला विजयी
  • एक तिहाइ महिला पुर्र्याउन मुस्किल
  • डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता
  • गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’
  • नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी
  • भिडिओबाट जीवन बचाउनेहरु
  • उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी
  • यौन दुर्व्यवहारको आरोप अस्वीकार
  • योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय
  • हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु
  • मानसिकताको छाउ गोठ हट्नुपर्नेमा जोड

    हिंसाविरूद्ध अभियानमा पुरूषको साथ

    प्रकाशित मिति :2017-11-30 10:19:22

    -अमृता अनमोल-

    २५ नोभेम्बरदेखि विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । नेपालमा भने सन् २०१० पछि यसलाई लैंगिक हिंसा विरुद्धको अभियानका नाममा मनाइन्छ । सन् २०१० भर महिला हिंसा विरुद्धको वर्ष मनाएकाले यसो गरिएको हो । फरक यत्ति हो, महिला हिंसाले महिला भएकै कारण भएको हिंसा बुझाउँछ । लैंगिक हिंसाले लिंगका आधारमा हुने हिंसा बुझाउँछ । महिलाले मात्रै हिंसाविरुद्ध अभियान चलाउँदा पुरुषहरूलाई परिवर्तन गर्न र प्रतिबद्ध गराउन सम्भव छैन । पुरुष प्रतिबद्ध नभई लैंगिक असमानता हटाउन र समानता कायम गर्न सम्भव छैन । अभियानमा पुरुषलाई समेत सहभागी गराउन महिलाको सट्टा लैंगिक शब्द राखिएको पनि बताइन्छ । यो सबैभन्दा उत्तम उपाय हो । लंैगिक समानताले मात्रै महिला हिंसा कम हुन्छ । यसैले लैंगिक समानता कायम गर्न मनाइने अभियानमा लैंगिक रूपमा महिला, पुरुष र तेस्रो लिंगीसमेत सहभागी हुनुपर्छ ।

    महिला–पुरुष एक सिक्काका दुई पाटा हुन् । एक भएमात्रै अर्कोको अस्तित्व रहन्छ । यही कुरा व्यवहारमा पालना नहुँदा धेरै महिला घरभित्रै हिंसामा छन् । मान्छेको सबैभन्दा सुरक्षित स्थल घर र आफन्त हुनुपर्ने हो । तर धेरै हिंसा, भेदभाव र लाञ्छना घरपरिवारबाटै सुरु हुन्छ । ती सबै घटना अदालती प्रक्रियामा लैजान सम्भव हुँदैन । मेलमिलाप र समझदारीबाट टुंग्याउनुपर्छ । त्यसैले महिला समानता र हिंसा अन्त्यको समाधान पनि हरेक घरपरिवारबाटै हुनुपर्छ । परिवारमा महिलामात्रै हँुदैनन् । पुरुष पनि हुन्छन् । यसैले महिला हिंसा हुन नदिन त्यहाँ महिलामात्र होइन, पुरुष पनि अनिवार्य सहभागी हुनुपर्छ । केही संस्कार र परम्पराले महिलामाथि भेदभाव गरेको छ । त्यस्ता संस्कार जोगाउने वा हटाउने काम पनि महिलाले मात्रै गर्न सक्दैनन् । यसमा पुरुषको साथ र प्रतिबद्धता आवश्यक छ ।

    महिला–पुरुष बीचको असमानता, अज्ञानता र अकर्मन्यताका कारण हिंसा हुन्छ । महिला हिंसाका धेरै घटना पुरुषबाट भएका छन्् । चाहे त्यो बाबु होस्, दाइभाइ होस्, पति होस्, छोरा होस्, आफन्त होस्, काम कजाउने हाकिम वा सहकर्मी नै किन नहोस् । पुरुष भएकै कारणले महिलामाथि हिंसा गरेको भने होइन । उसले पाएको संस्कार र संस्कारले विकास भएको सोचका कारण विभेद भएको छ । विभेदले हिंसा जन्माएको छ । संस्कार सिक्न जति गाह्रो छ, त्यसलाई छोड्न पनि त्यति नै गाह्रो छ । पुरुषले कस्तो व्यवहार गर्दा महिला हिंसा हुन्छ भन्ने कुरा पुरुषले सिक्न आवश्यक छ । महिलाले सिकाउन आवश्यक छ । यसैले महिला हिंसा विरुद्धका हरेक अभियानमा पुरुषलाई सहभागी गराउनुपर्छ । राज्य तहबाटै महिला वा लैंगिक हिंसा विरुद्धका अभियानमा महिलामात्रै सहभागी गराउने परिपाटी रोकिनुपर्छ ।

    साभार : कान्तिपुर दैनिक

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    उच्च जोखिममा परेका २१ बालबालिकालाई सहयोग

    –महिला खबर– दोलखा । जिल्ला बाल कल्याण समिति दोलखाले घटना व्यवस्थापन कार्यक्रम अन्तर्गत उच्च जोखिममा परेका

    सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ

    -महिला खबर- सिन्धुपाल्चोक । वलेफी–६ का तुलावहादुर तामाङले संखुवासभाको माकल गाउँपालिका–५ की एक महिलासँग फेसबुक

    कर्मचारी नहुँदा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ बन्द

    -महिला खबर- सिन्धुपाल्चोक । जिल्लामा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र्र बन्द भएको छ ।

    एक तिहाइ महिला पुर्र्याउन मुस्किल

    -महिला खबर- काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मतगणनाको अन्तिम परिणाम आइसकेको छ । मत

    डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता

    - महिला खबर - कालिकोट । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको डाक्टरहरूको लापरवाहीका कारणले मृत्यु भएको

    Read more
    ताजा अपडेट
    %d bloggers like this: