राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई आज प्रहरीले

ताजा समाचार
  • कतै किशाेरीमाथि बिद्यालयमा दुर्व्यवहार भइरहेकाे त छैन ? तलकाे लिंकमा गएर तपाइकाे विचार राख्नुहाेस ।https://www.surveymonkey.com/r/PFGBZT3
  • राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ
  • प्रतिनिधिसभा सदस्यमा तीन प्रतिशत मात्रै महिला विजयी
  • मतगणना स्थलमा पाँच लाखको व्यापार
  • बलात्कार गरेर फरार संजय ११ वर्षपछि पक्राउ
  • प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित
  • सुत्केरी मृत्युको बिषयमा छानविन गर्न मन्त्रालयले समिति बनायो
  • उच्च जोखिममा परेका २१ बालबालिकालाई सहयोग
  • सामाजिक सञ्जालबाट ठगी गर्ने पक्राउ
  • कर्मचारी नहुँदा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ बन्द
  • एक तिहाइ महिला पुर्र्याउन मुस्किल
  • डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता
  • गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’
  • नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी

    पटक–पटक बलात्कृत मैले सहयोग पाउँछु त ?

    प्रकाशित मिति :2017-11-30 13:30:27

    -महिला खबर-

    मेरो नाम विपना (नाम परिवर्तन गरिएको छ) हो । म अहिले १६ वर्षकी भएँ । मेरो घर उदयपुरको गाइघाट हो । मेरा बुबा आमा झापा भद्रपुरको एउटा उद्योगमा मजदुरी गर्नुहुन्थ्यो । त्यसैले म उहाँहरूसँगै चार बर्ष अघि भद्रपुर आएँ ।

    भद्रपुरको एउटा स्कुलमा पढदै थिए । त्यतिबेला मेरो उमेर त्यस्तै १२ बर्षको थियो । नाताले मेरै फुपाजु पर्नेले मलाई बलात्कार गर्यो । अहिले ती ब्यक्ति जेलमै छन् ।

    त्यो घटनापछि हामी स–परिवार भद्रपुरबाट गाइघाट फर्किनुपर्यो । बलात्कारको पीडा बोकेरै भएपनि मैले पढाइलाई निरन्तरता दिएँ । गाइघाटको स्कुलमा ६ कक्षामा पढदै थिएँ । भद्रपुरमा बस्दा बुबाआमासँग सामान्य चिनजान भएकी भारत घरभई भद्रपुरमा माछा मासुको व्यापार गर्ने शान्ति सहनीले जागिर लगाइदिन्छु, राम्रो ठाउँ छ, कमाइ पनि राम्रो हुन्छ भनेर फकाइन् । मिठामिठा कुरा गरिन् । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो ।

    बिरामी बुबालाई छोडेर घरबाट अनुमति लिई म भद्रपुर आएँ । यौन सम्बन्ध भनेको के हो भन्ने समेत थाहा नपाएको उमेरमा आफ्नैबाट बलात्कारको पीडा खेपे । काम गरेर राम्रो कमाउने र बुबा आमालाई सुख दिने सपना बोकेर तिनै शान्ति सहनीको कुरामा विश्वास गर्दै भद्रपुर पुगे । सायद भाग्यमै सुख थिएन होला, त्यहाँ मेरो जीवनमा झन् दुःखको बाढी नै गयो ।

    सहनीले घरमै बन्धक बनाइन् । हुन त उनी मेरी आमाकी मित होइनन् तर मलाई मितआमा भन्नु भनिन् । एक दिन मलाई बजार घुमाउने निहँु पारेर घरबाहिर लगिन् । एउटा होटलमा लगेर छाडिन् । तैले यहि काम गर्नुपर्छ अब भनेर भनिन् । मैले गर्नुपर्ने काम के हो थाहा थिएन । त्यो दिन होटलकै मान्छेले मलाई जर्वजस्ती गर्यो । ती मित आमा भनौदीले मलाई अब तैले गर्ने काम यहि हो भनिन् । जब मैले यो कुरा थाहा पाएँ म छागाँबाट खसेझै भएँ । दिनका दिन मैले आफनो अस्मिता लुटाउँनुपर्दाको पीडा र मानसिक तनावको भारी कति ठूलो थियो, शब्दमा भन्न सक्दिन ।

    कुनै दिन त सात सात जनासम्मले बलात्कार गरे । तीनै सहनीले त्यस्तो धन्दा चलाएकी रहिछन् । उनको घरमा बन्धक भएर बस्नु परेको थियो । होटलदेखि गाडी आउथ्यो, अनि जानु पथ्र्यो । भाग्ने उपाय थिएन । होटल साहुले कसैलाई भने ज्यान मार्ने धम्कि दिएका थिए । मेरा हातमा एक रुपियाँ पनि पर्दैनथ्यो । म बलात्कृत भएको सबै पैसा तीनै सहनीले लान्थिन् ।

    एक दिन तीन जना बालिकालाई भारत लैजान लाग्दा प्रहरीले ती बालिकालाई नाकाबाटै फर्काएछ । शान्ति सहनी भने भाग्न सफल भइछन् । शान्ति सहनी फरार भएपछि ती दिदीहरूको बयानका आधारमा मलाई पनि एउटा संस्थाले उद्धार गर्यो । म घर फर्कन चाहन्छु । पढ्न चाहन्छु । विगतको जिन्दगी बिर्सिएर समाजमा नमूना बनेर केहि गर्न चाहन्छु । तर घरको पारिवारिक अवस्था एकदमै नाजुक छ । खेतीपाती केहि पनि छैन । बुबा पनि बिरामी हुनुहुन्छ । कसैले सहयोग गरेमा पढेर म जस्ता हिंसा प्रभावित, बलात्कृत महिलाको पक्षमा काम गर्ने धोको छ । खै, कसले गरिदेला र मेरो सपना साकार ?

    अम्विका भण्डारीको सहयोगमा लिलाराज भट्टराईको प्रस्तुति

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई आज प्रहरीले

    प्रतिनिधिसभा सदस्यमा तीन प्रतिशत मात्रै महिला विजयी

    –महिला खबर– प्रतिनिधिसभा सदस्यमा १ सय ६५ सिटका लागि दुई चरणमा सम्पन्न प्रत्यक्ष तर्फको निर्वाचनमा तीन

    मतगणना स्थलमा पाँच लाखको व्यापार

    -महिला खबर- सिन्धुपाल्चोक । सदरमुकाम चौताराको टुँडिखेलमा जम्मा भएका हजारौ मानिसहरुको एउटै उद्देश्य थियो, प्रतिनिधी

    बलात्कार गरेर फरार संजय ११ वर्षपछि पक्राउ

    –इन्दिरा भट्टराई– उनको विवाह हुने भनेपछि गाउँ फर्के संजय । घर छोडेको एघार वर्षपछि उनी गाउँ

    प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित

    -महिला खबर - काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो र दोस्रो चरणको निर्वाचनमा २३ महिला

    Read more
    ताजा अपडेट
    %d bloggers like this: