टीकापुरकी गरिमाको प्रतिवद्धताः थारु र पहाडी समुदायबिच पुलको काम गर्नेछु

प्रकाशित मिति :2017-12-02 11:00:31

-महिला खबर–

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले टीकापुर घटनाले उब्जाएको थारु–पहाडी समुदायबिचको तिक्तता मेटाउँन आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

मसिंर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेबाट वाम गठबन्धनकी उम्मेदवार शाहले भनिन्, ‘टीकापुर घटना इतिहासकै कालो दिन हो । दुई समुदायबिचको विगतको मित्रता र आपसी सद्भाव कायमै छ । जहाँनेर खाडल छ,त्यसलाई पुर्नकै लागि मेरो उम्मेदवारी हो ।’

कैलाली–१ मा दुई जना महिला नेताबीच कडा प्रतिस्पर्धा हुँदैछ । कैलाली क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी नेता ईश्वरी न्यौपाने र वामगठबन्धको तर्फबाट गरिमा शाह प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रलाई सबैले रोचकताका साथ हेर्नुको कारण पनि दुई महिलाबिचको प्रतिस्पर्धा नै नै प्रमूख हो ।

शाहले आफू घरदैलो अभियानमा मतदाता कहाँ पुग्दा मतदाताहरूले विद्यालयमा आधारभुत भौतिक संरचना निमार्ण, औषधी उपचारको व्यवस्था र सबै भन्दा ठूलो माग आय आर्जनमुलक कार्यक्रम ल्याउन राखेको बताइन् । र जनताका मागहरू पुरा गर्न आफूले बाचा समेत गरेको बताइन् । ‘मतदाताहरूको माग पुरा गर्नेछु । आर्यमुलक कार्यक्रम ल्याएर महिलाहरूलाई आत्मनिर्भर बनाउने छु’ शाहले महिला खबरसँग भनिन् ।

टीकापुर घटनापछि दुई समुदायबिच देखिएको केहि मनमुटावलाई हटाउन आफूले विगतदेखि नै पुलको काम गरिरहेको भन्दै उनले मरेर जाने मान्छेले एक अर्काप्रति वैर भाव र तिक्तता पाल्नुको अर्थ नरहने बताइन् । भनिन्, ‘मलाई जात, समुदाय, पार्टी भन्दा बढी मान्छेमा विश्वास छ । मेरो क्षेत्र र यहाँका मान्छेको हितका लागि मेरो जित जरुरी पनि छ ।’

शाहले वाम गठबन्धनको सरकार आएपछि टीकापुर घटनाका पीडितहरूलाई एक महिनाभित्रै न्याय दिने प्रतिवद्धता समेत गरेकी छन् ।

‘वाम गठबन्धनको सरकार आएपछि टीकापुर घटनाका पीडितहरूलाई एक महिनाभित्रमा न्याय दिन्छु, यो मेरो प्रतिबद्धता हो । उनले भनिन्, ‘कमलहरी र मुक्त कमैयाहरूका समस्या एक वर्षभित्र समाधान गर्नेछु ।’

उनले कमलहरी, दलित र अल्पसंख्यक समूदायका व्यक्तिहरूलाई उच्च शिक्षाको व्यवस्था गर्ने बताईन् । धार्मीक, सांस्कृतिक र सामाजिक रुपमा धनी थारु समुदायका हक अधिकार सुनिश्चित गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनतामाझ गरिरहेको उनले बताइन् ।

शाहले टीकापुरमा महिला मतदाताको निर्णायक मत रहेको बताइन् । ‘यहाँका पुरुष मतदाता धेरै रोजगारका लागि बाहिर हुनुहुन्छ । महिला मतदाता धेरै हुनुहुन्छ । उहाँहरूको मत निर्णयक छ’ शाहले भनिन् ।

शाहले आफू सांसद हुँदा यहाँको भौतिक संरचना विकास लगायतका थुप्रै अन्य कामहरू गरेको भन्दै त्यसको निरन्तरता र थप विकासका लागि जनताले आफूलाई साथ दिनुपर्ने बताइन् । ‘यहाँ मैले विद्यालय, खेल मैदान निर्माण, पर्यटन विकासका लागि बजेटको बिनीयोजन, सडक निर्माण, एम्बुलेन्स खरिद, नेपाल जाती संग्रालय निमार्णधिन अवस्थामा छन् । महिलाहरूका लागि सिलाईकटाई तालिम, ढकिया तालिम जस्ता आत्मनिर्भर हुने कार्यक्रमहरू ल्याएकी छु’ शाहले भनिन् ।

आफ्नो जित्ने आधार नै आफूले हिजोका दिनमा समाजका लागि गरेका काम नै भएको उनी बताउछिन् । ‘मैले हिजो गरेको काम नै मेरो जित्ने आधार हो । मेरो कामको मुल्यांकन जनताले गर्नुभएको छ र मलाई जनताले जिताउँनुहुन्छ भन्नेमा ढुक्क छु’ शाहले भनिन् ।

आफ्नो प्रतिस्पर्धी महिला नै भएकोले खुसी भएको उनले बताइन् । जस्ले जितेपनि महिला नै आउने भएकाले आफू खुसी भएको उनको भनाइ छ ।

कैलाली क्षेत्र नम्बर–१ मा ईश्वरी न्यौपाने नेपाली काँग्रेस, मयाराम आचार्य देशभक्त जनगणतान्त्रिक मोर्चा, धन बहादुर मगर नेपाल मजदुर किसान पार्टी, लोक बहादुर बुढा क्षेत्रीविवेकशील साझा पार्टी, तिलक बहादुर भण्‍डारी स्वतन्त्र, भगतराम थारु (चौधरी) संघीय समाजवादी फोरम, सन्जीव भट्टराई स्वतन्त्र, शेर सिंह विश्वकर्मा नेपाल दलित पार्टी, बसन्तराज खत्री नयाँ शक्ति पार्टी, रेशमलाल चौधरी राष्ट्रिय जनता पार्टी नेपाल, तिल बहादुर दमाइ राष्ट्रिय जनमोर्चाका उम्मेदवार छन् ।

यस्ता छन् शाहका चुनावी एजेण्डा

गरिमा शाह अहिले आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छिन् ।

विषेश गरी थारु बाहुल्यता भएको सो क्षेत्रमा शाहले जनताको आर्थिक समृद्धी, युवा र महिलाहरूलाई आत्मनिर्भर बनाउन रोजगारमुलक कार्यक्रम ल्याउने, यो क्षेत्रलाई आर्थिक नाकाका रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्यमा बजेटको बृद्धी, सडकको विस्तार, बर्दियाको राजपुरसंग जोड्नका लागि कर्णाली नदीको दुई ठाउँमा पुल निमार्ण, पर्यटकीय क्षेत्रको विकास, टीकापुर अस्पतालमा आइसियू सेवा सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने, थारु जाति लाग्ने सिकलसेल एनिमिया रोगको चेकजाँच र औषधी उपचारका लागि केन्द्र तोक्ने, पाँच वर्षभित्रमा मुल सडकहरू कालोपत्रे गर्ने, मुल सडकहरूमा सोलार बत्ती जडान गर्ने, खेल मैदानको निमार्ण गर्ने र बाढीबाट बच्नका लागि नदीहरूमा तटबन्धन गर्ने जस्ता उनका एजेण्डा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

श्रीमानबाट बलात्कार प्रयास, श्रीमतीबाट कुटपिट

–इन्दिरा भट्टराई– उजुरी पछि डेरा गएर बसेका पीडित, उनका श्रीमान र छोरालाई समेत पीडककी श्रीमती र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: