योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय

-महिला खबर- ताप्लेजुङ । प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने

ताजा समाचार
  • डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता
  • गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’
  • नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी
  • भिडिओबाट जीवन बचाउनेहरु
  • उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी
  • यौन दुर्व्यवहारको आरोप अस्वीकार
  • योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय
  • हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु
  • मानसिकताको छाउ गोठ हट्नुपर्नेमा जोड
  • यी हुन्, ‘मर्द’ हराउने हिम्मतदार महिला
  • नर्समाथि सेवाको बदला शोषण
  • बलात्कारका घटनामा आफन्तकै संलग्नता
  • प्रदेश सातमा दुई महिला निर्वाचित, उम्मेदवारी क–कसको थियो ? (हेर्नुहोस् नामसहित)
  • स्याङ्जा २ मा पद्मा कुमारी अर्यालको अग्रता
  • सुत्केरीको हेलिकोप्टरबाट उद्धार

    १ वर्ष मुनिका १ करोड ७० लाख बालबालिकाले विषाक्त हावामा सास फेर्छन् – युनिसेफ

    प्रकाशित मिति :2017-12-06 10:38:19

    न्युयोर्क । युनिसेफद्वारा आज जारी गरिएको एक कार्यपत्रका अनुसार १ वर्ष मुनिका लगभग १ करोड ७० लाख बालबालिका अन्तर्राष्ट्रिय मापदण्ड भन्दा कम्तिमा ६ गुणा बढि वायु प्रदुषण भएको स्थानहरूमा बसोबास गर्दछन् जसको कारण उनीहरूले विषाक्त हावामा सास फेर्नुपरेको छ । यसले उनीहरूको मस्तिष्क विकासलाई जोखिममा पारेको छ । यी मध्ये तीन-चौंथाई भन्दा बढि-१ करोड २० लाख  साना बालबालिका दक्षिण एसियामा बसोबास गर्दछन् ।

    फायल फोटो

    सुक्ष्म कणजन्य प्रदुषणयुक्त वायुमा सास फेर्नाले मस्तिष्कका तन्तुहरूमा नोक्सान र वुद्धि विकासमा बाधा पुर्याुउनुका साथसाथै यसले जीवन पर्यन्त नकारात्मक असर र कठिनाईहरू पनि निम्त्याउँछन् भन्ने कुरा हावामा खतरास् साना बालबालिकाको मस्तिष्क विकासमा वायु प्रदुषणको असर नामक पत्रमा उल्लेख छ ।

    “प्रदुषणले बालबालिकाको विकासोन्मुख फोक्सोमा खतरा पुर्याउने मात्र नभई उनीहरूको बन्दै गरेको मस्तिष्कलाई पनि स्थायी रुपमा क्षति पुर्यानउँछ जसका कारण उनीहरूको भविष्यमा नै क्षति पुग्दछ,” युनिसेफका कार्यकारी निर्देशक एन्थनी लेकले भन्नुभयो । “वायु प्रदुषणबाट बालबालिकालाई जोगाउँदा उनीहरूलाई मात्र नभई समाजलाई नै फाईदा पुग्दछ, जसको सकारात्मक परिणाम स्वास्थ्य सेवामा खर्च घट्नु, उत्पादकत्व बढ्नु र सबैका लागि सफा र स्वस्थ वातावरण बन्नुबाट प्रष्ट हुन्छ ।“

    भु-उपग्रहबाट प्राप्त तस्वीरहरूबाट देखिए अनुसार अति-प्रभावित क्षेत्रहरू मध्ये दक्षिण एसियामा बालबालिकाको अनुपात सबैभन्दा ठुलो छ, जहाँ १ करोड २२ लाख शिशुहरू विश्व स्वास्थ्य संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रदुषणको सीमा भन्दा ६ गुणा बढि प्रदुषण भएको ठाउँमा बसोबास गर्दछन् । पुर्वी एसिया तथा प्रशान्त क्षेत्रमा ४ करोड ३० लाख शिशुहरू तोकिएको सीमा भन्दा ६ गुणा बढि प्रदुषण भएको ठाउंमा बसोबास गर्दछन् ।

    उक्त कार्यपत्रले जनाए अनुसार जीवनको संवेदनशील पहिलो १००० दिनमा हुने पोषण र उत्प्रेरणाको अभाव, तथा हिंसाको प्रभावले झै वायु प्रदुषणले पनि मस्तिष्कको विकासमा असर पार्ने भएकोले प्रारम्भिक बाल बिकासमा प्रभाव पार्दछ,

    • प्रदुषणका अति-सुक्ष्म कणहरू यति साना हुन्छन कि तिनीहरू रगतको प्रवाहमा मिसिन गई मस्तिष्कसम्म पुग्छन् र रगत-मस्तिष्कको बाधक मा क्षति पुर्याहउँछन् जसले स्नायु सुन्निन सक्छ ।

    • अति-सुक्ष्म म्याग्नेटाईट जस्ता प्रदुषणका केहि कणहरू नाकमा अवस्थित स्नायु तथा आहारनलीबाट शरिरमा प्रवेश गर्छन् र चुम्बकिय शक्तिका कारण स्नायु तन्त्रिकाको बिकास घटाउने रोगहरू लाग्न सक्छन् ।

    • पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन जस्ता प्रदुषणका अन्य प्रकारका कणहरूले बालबालिकाको सिकाई र विकासको पुर्वाधार मानिनेमस्तिष्कको एक-अर्कासंग संवाद गर्ने तन्त्रिकाहरू भएको क्षेत्रमा क्षति पुर्यारउँछ ।

    • वयष्क मानिसको तुलनामा शिशुको मस्तिष्क बढि जोखिममा हुन्छ किनभने विषाक्त रसायनको सानो मात्राले पनि बालबालिकालाई क्षति पुर्याषउन सक्छ। बालबालिकाहरू वायु प्रदुषणबाट पनि निकै जोखिममा रहन्छन् किनभने उनीहरू धेरै छिटो सास फेर्छन् र उनीहरूको शरिर र प्रतिरोधात्मक क्षमता पनि पूर्ण रुपमा विकसित भईसकेको हुँदैन ।

    उक्त कार्यपत्रले वायू प्रदुषणका कारण बालबालिकाका बढ्दै गरेका दिमागमा पर्ने नकारात्मक प्रभावहरूलार्इ कम गर्न यथाशिघ्र चाल्नुपर्ने कदमहरूको चित्रण गरेको छ । साथै यस कार्यपत्रले बालबालिकालार्इ घरमा चुरोट, सुर्तिजन्य पदार्थबाट निस्किने र खाना पकाउन वा न्यानो बनाउनका लागी बालिएका आगो आदिबाट निस्किने विषाक्त धूँवाबाट टाढा राख्न का लागि अभिभावकहरूले चाल्नुपर्ने कदमहरू पनि उल्लेख गरेको छ । यसका साथैः

    • ज्वलनशील खनिज पदार्थको सट्टा सफा र नवीकरणीय उर्जामा लगानी वृद्धि गरी वायू प्रदुषण घटाउने, सार्वजनिक यातायातमा सर्वसुलभ पहुँच बढाउने, शहरी क्षेत्रमा हरियाली बढाउने, विषाक्त रसायनहरू नष्ट गर्नका लागी खुलारूपमा जलाउने प्रवृत्ति रोक्नका लागी फोहर व्यबस्थापनका उचित बिकल्पहरूको विकास गर्ने ।

    • बालबालिकालार्इ प्रदुषणहरूबाट टाढा राख्न्का लागी वायू प्रदुषणको मात्रा कम हुने समयमा मात्र बालबालिकाको यात्रा तय गर्ने परिपाटी बसाउने, विषम परिस्थितीका लागी उचित किसिमको हावा फिल्टर गर्ने मास्क प्रदान गर्ने, उचित किसिमको सहरी योजना बनाउने जहाँ विद्यालय र स्वास्थ्य संस्था नजिक प्रदुषणका मुख्य स्रोतहरू नहोउन् ।

    • बालबालिकाको प्रतिरोध क्षमतामा सुधार ल्याउनका लागी उनीहरूको समग्र स्वास्थ्यमा सुधार ल्याउने, जसमा निमोनियाको रोकथाम र उपचारका साथै स्तनपान र सहि पोषणको प्रबर्द्धन पनि पर्छन् ।

    • वायू प्रदुषण सम्बन्धी ज्ञान र अनुगमनमा सुधार ल्याउने । बालबालिकालार्इ कसरी विभिन्न प्रदुषक र प्रदुषणका अन्य स्रोतबाट टाढा राख्नो भन्ने कुराको सुरूवात बालबालिकाले सास फेर्ने हावाको गुणस्तर थाहा पाएर मात्र गर्न सकिन्छ ।

    “कुनै पनि बालबालिकाले खतरनाक किसिमले प्रदुषित भएको हावामा सास फेर्न बाध्य हुनुहुँदैन र कुनैपनि समाजले अब वायू प्रदुषणको बेवास्ता गरिरहन सक्दैन,” लेकले भन्नुभयो ।

    वायुको गुणस्तर नेपालमा पनि ठुलो चासोको विषय बनेको छ । येल विश्वविद्यालय द्वारा प्रकाशित वातावरण सम्बन्धी सुचकांक Environment Performance Index का अनुसार नेपालको ७५ प्रतिशत जनता असुरक्षित मात्राका सुक्ष्म कणजन्यको सामना गरिरहेका छन् ।

    खास गरि काठमान्डु र तराईमा व्याप्त वायु प्रदुषण निकै चिन्ताजनक छ । काठमान्डुका हकमा ईट्टा भट्टाहरू, धुँवा फाल्ने गाडीहरू (यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा बागमती अञ्चलमा मात्र सवारी साधनहरू दोब्बर भएका छन्), सडकको धुलो र घरमा जलाईने फोहोर मुख्य प्रदुषणका स्रोतहरू हुन् । यी सब कारणका साथसाथै काठमान्डु उपत्यकाको प्रदुषित हावालाई उम्कन नदिने कचौरा जस्तो भूबनोट ले गर्दा वर्षातको मौसमका केहि समय बाहेक नेपाल हेल्थ रिसर्च काउन्सिलका अनुसार यहाँको वायुको गुणस्तर राष्ट्रिय मापदण्ड भन्दा पाँच गुना सम्म खतरनाक हुने गरेको छ ।

    अन्य धेरै क्षेत्रहरूबाट झैं वायु प्रदुषणका नकारात्मक असरहरूबाट पनि बालबालिका अत्यन्तै जोखिममा रहन्छन्। वायु प्रदुषणको नियन्त्रण गर्न र प्रदुषकहरूको उत्सर्जनलाई नियन्त्रण गर्न नियामक संरचनाको स्थापना गर्नुका साथै तिनलाई कडाईका साथ कार्यान्वयन गरी बालबालिकाका लागि स्वस्थ वायुको अधिकार सुनिश्चित गर्न तत्काल कदमहरू चाल्न आवश्यक छ ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता

    - महिला खबर - कालिकोट । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको डाक्टरहरूको लापरवाहीका कारणले मृत्यु भएको

    गच्छेदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’

    -महिला खबर- प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले धाँधली गरेर निर्वाचन जितेको

    नुवाकोटबाट प्रदेशसभामा राधिका तामाङ विजयी

    –महिला खबर– काठमाडौं । नुवाकोटको प्रदेशसभा क्षेत्र नं. १ को प्रदेश क मा राधिका तामाङ

    उपप्रधान एवम् शिक्षा मन्त्रीलाई हराउँदै पद्मा विजयी

    -महिला खबर - काठमाडौं । स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट नेकपा एमालेकी

    योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय

    -महिला खबर- ताप्लेजुङ । प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने

    Read more
    ताजा अपडेट
    %d bloggers like this: