यी मतदान केन्द्र जहाँ सम्हाल्दै छन् महिलाले

प्रकाशित मिति :2017-12-06 16:47:09

–महिला खबर–

काठमाडौं । यही बिहिबार हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सबै केन्द्रहरुमा कर्मचारीहरु खटिइसकेका छन् ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार निर्वाचनका लागि ७ हजार ७ सय ५२ स्थलमा लागि १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि १ लाख ७५ हजार कर्मचारी खटिएका छन् ।
४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्र मध्ये केहि मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिलाले लिएका छन् । जहाँ अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीहरु खटिएका छन् ।

झापाको पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी समेत महिला छन् ।  यस्तै निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् ।  नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् ।

निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन् । (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिए ।

क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ । झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाएका छन् ।

यस्तै दैलेखका दुई वटा मतदान केन्द्रमा महिला मात्र कर्मचारी खटिएका छन् । दैलेखको नारायण नगपालिकास्थित त्रिभुवन मा.वि. मतदान स्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका हुन् ।

त्रिभुवन मा.वि. मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत रहेका छन् ।

महिला सक्षम छन् भन्ने विश्वाससाथ दुई केन्द्रमा महिलामात्रै खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए । ‘यसलाई नमुना मतदान केन्द्रका रूपमा लिइएको छ ।’ उनले भने, ‘व्यवस्थापनमा सहज होस् भनेर नजिकैका केन्द्रमा महिला कर्मचारी खटाइएको हो ।’

यस्तै इलामको रुक्मिणी विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीलाई मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन जिल्ला निर्वाचन कार्यलयले महिला कर्मचारीलाई मात्रै खटाएको हो ।
रुक्मिणी मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुईजना सहयोगी महिला नै नियुक्ति गरिएको छ ।

गोलाप्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट गर्दा महिला मात्रै छानिएका सहायक निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: