भोट नदिएको आरोपमा श्रीमानमाथि कुटपिट, बचाउँन खोज्दा श्रीमती पनि घाइते, योनीबाट रगत बग्न थालेपछि हेलिकोप्टरबाट उद्धार

प्रकाशित मिति :2017-12-07 18:12:05

-महिला खबर-

अछामः फरक पार्टीलाई भोट दिएको आरोपमा आफ्ना श्रीमानमाथि कुटपिट भएको देखेपछि बचाउँन गएकी एक महिलामाथि पनि कुटपिट भएको छ ।

अछामको चौरपाटी गाउँपालिकाको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट २३ वर्षीया धना कुँवर घाइते भएकी हुन् । धनाको संवेदनशील अंगबाट रगत बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।

स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री पनि घाइते भएका छन् । धना धनकी श्रीमती हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इन्सेक भन्छः राज्य पक्षबाटै ८६ महिला पीडित

–महिला खबर– काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पछिल्लो समय बलात्कारका घटनामा मिलापत्र हुने गरेको

बलात्कारको घटना मिलापत्र गर्नेलाई के हुन्छ कारवाही ?

–महिला खबर– ललितपुर । बालिका बलात्कारको घटना मिलाउन खोज्ने वडा अध्यक्षलाई बलात्कारको मतियारको रुपमा मुद्दा चलाउन

प्रदेशसभाः महिलालाई ‘उप’ मै सिमित

–महिला खबर– सभामुख वा उपसभामुख मध्ये एक पदमा अनिवार्य महिला राख्नु पर्ने संवैधानिक व्यवस्था यदि नभएको

आफ्नै साथीलाई बलात्कार गर्ने तीन आरोपी पक्राउ

पीडित किशोरीका आफन्तले दाबी गरेअनुसार उनीहरूले बलात्कार पछि हत्याको प्रयास गरे । यद्यपि ती मध्ये

संरक्षणमा रहेकी चेलीको विवाह

–महिला खबर– सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: