सपनाको संसारमा रमाउँने कल्पना गरेर घर छोडेकी किशोरीको पीडा

प्रकाशित मिति :2017-12-18 12:46:22

कक्षा ४ मा पढ्दापढ्दै छिमेकी अन्टीको साथ लागेर मोरङबाट कल्पना थापा (नाम परिवर्तन) काठमाडौं आइन् । हाल १७ बर्षिया उनी धेरै पैसा कमाउने, राम्रो लगाउँने र मिठो खाने सपना बुनेकी उनलाई काठमाडौं जान्छु भन्दा घर परिवारले मान्दैनन् भन्ने लागेपछि घरमा कुनै जानकारी नगराइ काठमाडौं पुगिन् । मानिसको भिडभाड, गाडी मोटर, ठूला–ठूला घर र झिलिमिली सहर देखेर उनी खुसी भइन् । उनलाई यस्तो लाग्यो कि राजधानी त सपनाको सहर नै रहेछ, अब म केहि गर्ने सक्छु भन्ने लाग्यो ।

ति अन्टीको छोरीको घरमा पहिलो रात बिताइन । अर्को दिन उनलाई राम्रो ठाउँमा काम लगाइदिने भनि कलंकीको एउटा गेष्ट हाउसमा लगियो र त्यही गेष्ठ हाउसबाट काम गर्न सुरु गरिन् । सुरुमा ग्राहकलाई खाना पु¥याउने, जुठो भाँडा धुने, टेबल सफा गर्ने लगायतका काम गरिन् । कल्पनाले त्यही प्रकृतीको काम गरिरहेकप् थिइन् । गेष्ट हाउसले उनलाई ४ महिनासम्म काम गरेको जम्मा पाँच हजार रुपैंया दियो । साहुले कहिले पनि बाहिर निस्कन दिदैनथिए । उनी पुरै समय गेष्ट हाउसमा काम गरेर बिताउँथिन् ।

गेष्ट हाउसमा उनी जस्तै ६ जना अरु बालिकाहरू पनि काम गर्थे । साहुले सुरु–सुरुमा त राम्रो काम गर्न लगायो । तर ३÷४ महिनापछि उनलाई पनि अरु बालिकालाई जस्तै ग्राहकसँग बस्न र ग्राहकले जे भन्दछन् त्यहि अनुसारको काम गनुपर्छ भन्यो । तर कल्पनाले त्यो काम गर्न असहमति जनाइन् । आफूले भनेको काम गर्न नमानेको भनेर साहुले उनलाइ विहान ५ बजेदेखि राति १२ बजे सम्म भाँडा माझ्ने काममा लगाइदियो । उनी नराम्रो काम गर्नुभन्दा २० घण्टासम्म काम गर्न तयार भइन र गरिरहेकि थिइन् । अरु साथीहरूले साहुले भनेको अनुसारको काम गरेको हुनाले उनीहरूलाई कामको चाप अलि कम थियो । तर उनलाई भने बिहानदेखि रातिसम्म भाडा माझ्नुपर्दथ्यो ।

दैनिक २० घण्टाका दरले काम गरिरहँदा पनि साहुले उनलाई छोडेन । त्यो गेष्ठ हाउस श्रीमान श्रीमती दुबै जना मिलेर संचालन गरिरहेका थिए । साहुनी बाहिर गएको समय पारेर त्यो साहुले ति बालिकालाई जबरजस्ती बलात्कार गर्यो । फकाउँनको लागि लुगा र पैसा दिन्छु भनेर बारम्बार बलात्कार गर्न थाल्यो । तर भने अनुसार लुगा पैसा पनि उसले दिदैनथ्यो । कलिलो उमेरकी बालिका भएकोले उनले आफूमाथि जबरजस्ती बलात्कार हुँदा पनि प्रतिकार गर्नुपर्छ भन्ने थाहा पाइनन् । साहुनीलाई भनिदिन्छु भन्दा साहुले विभिन्न किसिमका धम्कीहरू दिएर डराउँन थाल्थ्यो । धम्कीका कारण बारम्बार यौन शोषण हुँदा पनि कसैलाई भन्न सकिनन् ।

उनलाई त्यो शोषण सहन कठिन हुँदै गयो । साहुनी बाहिर जाँदा उनी जहिले डराउँथिन् की अब म यौन शिकार हुनुपर्छ भनेर । त्यहाँबाट बाहिर निस्कन पाइदैन थियो, पैसा र कपडा पनि साहुले राखिदिएको थियो । उनले त्यो गेष्ट हाउसमा एउटा बन्दी जीवन बिताइरहेकी थिइन् । कल्पना आफ्नो पेसादेखि दुःखी भएर रुन्थिन् । तर त्यहाँबाट बाहिर निस्कन उनलाई सजिलो थिएन । जसले उनलाई त्यो ठाउँमा काममा लगाइदियो, त्यी अन्टी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।

केहि समयपछि उनी नजिकैको अर्को गेष्ट हाउसका भागेर गइन् । त्यहाँको साहु भने राम्रो थियो । उनलाई कुनै किसीमको यौन शोषण भएन । तर त्यहाँ आउने ग्राहकहरूबाट नराम्रो व्यवहार हुन थाल्यो । त्यही क्रममा एक गैर सरकारी संस्थाको सहयोगमा उनी गेष्ट हाउसबाट बाहिर निस्कन सफल भइन् । अहिले सिलाईकटाइ सिकिरहेकी छन् र अबको केहि महिनामा कसैले सहयोग गरेमा टेलरिङ खोलेर सम्मानजनक र सभ्य काम गर्ने योजना बनाएकी छन् ।

कल्पना मात्र होइन धेरै बालिबाकिका तथा किशोरीहरू अन्जानमा यौन शोषणमा परेका छन् । अरुको लहलहैमा लागेर बिरानो ठाउँमा जाँदा शोषित भएर यौन शोषण गराउँन बाध्य बालबालिकाहरूको संख्या धेरै छ । कसैको भरमा आफ्नो पढइ, घर परिवार र समाज छोडेर ठूला–ठूला सपना देखेर राजधानी वा अन्य सहर प्रवेश नगरौं । यदि मनोरञ्जन क्षेत्रमा बालबालिका काम गर्न पुगेमा ति बालबालिका तथा किशोरीहरूलाई सम्मानजनक काम गर्न दिऔं । जुन क्षेत्रमा काम गर्न पुग्छन् ति क्षेत्रका मालिकहरूले आफ्ना छोराछोरी सरह व्यवहार गरेर अभिभावकको भूमिका निर्वाह गर्न सकेमा अबोध बालबालिकाले पनि मान्छेको जीवन बाँच्न पाउँथे की !

प्रस्तुतिः विनिता सुवेदी

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: