नागरिकताको श्रीमान

प्रकाशित मिति :2017-12-22 11:19:49

–सन्दिप वि.क–

काठमाडौं । ‘सोचे जस्तो हुन्न, रोजे जस्तो हुन्न, रहर बनि मन उड्यो, किन होला…?’ चलचित्र ‘रहर’ को यो गित र ‘सोचे जस्तो हुन्न जीवन’ गायिका तारादेवीको गीतले भनेझै जिन्दगी सोचे जस्तो कहाँ छ र ? कति दुःख र संघर्षहरु झेल्नुपर्छ ।

आफ्नो जीवन यस्तै दुःख र संघर्षका पहाड सम्झिन्छिन् नुवाकोटकी सोनिया तामाङ । वर्षले २७ पुगीन् उनी । ललितपुरको एउटा कार्यक्रममा उनीसँग भेट्ने मौका जुर्यो ।

उनी काठमाडौंको एउटा संस्थाको प्रतिनिधित्व गरि आएकी थिइन् । कार्यक्रममा उनी जस्ता १० जना महिलाले आफ्नो भोगाई सुनाइरहेका थिए । कोहि श्रीमानबाट पीडित थिए, कोही सासु ससुराबाट पीडित, त कोही आफन्तबाटै ।

आफ्ना पीडा सुनाउँदा महिलाहरु घुक्कघुक्क रोइरहेका थिए । शब्द रोकिरहेको थिएन । उनीहरुको पीडाले सहभागि सबैको आँखा रसाएका थिए । सोनियाको जीवन भोगाइ पनि कुनै चलचित्रको वियोगात्मक कथा भन्दा कम लागेन ।

थप बुझ्ने जिज्ञासले ठिक एक महिनापछि मैले उनीसँग भेटे । उनको भोगाई र पीडा नलेखी बस्नै सकिन ।  वि.स. २०७३ सालको कुरा । सोनिया एसएलसीपछि कम्प्युटर सिक्ने उदेश्यले काठमाडौं आएकी थिइन् । काठमाडौं धेरै नेपालीको भविष्य खोजे, सपनाको शहर हो । तर एसएलसीमा व्याक लागेपछि उनको उच्च शिक्षा पढ्ने सपना अधुरै रह्यो । परिवारले पनि पढाईमा भन्दा विवाह गरिदिन जोड गरे ।

त्यसबेला उनी १९ वर्षकी थिइन् । ३ दिदीबहिनी र १ भाई मध्येकी जेठी छोरी । बाबु रोजगारका लागि खाडी मुलुकतिर थिए । गुरुङ, तामाङ समुदायमा मामा चेलि, फूपू चोला विहेबारीका लागि हक लाग्छ । त्यसकै आधारमा सोनियालाई विहे नै नगरि मामाको छोरालाई श्रीमान कायम गरि नागरिकता बनाइदिए ।

गाउँमै ८-९ पढेर कतार गएका मामाका छोरा त्यही साल फर्केका थिए । गाउँमा फलानाको बुढी भनेर खुबै जिस्काउँथे सोनियालाई । उनलाई भने इच्छा थिएन । त्यसैले छोरी अन्तै विवाह गर्लि कि भन्ने सोचेर आमाको करमा मामाको छोराको नामबाट नागरिकता बनाइदिएका थिए । नागरिकतामा श्रीमान भएको केटो फेरि विदेश फर्किए ।

सोनिया त्यहि नागरिकता बोकेर ०६४ मा काठमाडौं छिरिन । त्यही नागरिकता देखाउँदै उनले भनिन् –‘थाहा छैन यो मान्छे कहाँ छ । तर प्रमाणले मेरो श्रीमान भन्छ के गर्नु ।’  काठमाडौंमा आफन्तकोमा बसेर कम्प्युटर सिक्न थालिन् । सामान्य परिवारकी सोनियालाई जीवन गुजरा गर्न गाह्रो हुन थाल्यो । दोहोरीसाँझमा काम गर्ने सानीआमाको सहयोगमा उनले पनि दोहोरीमा काम थालिन् ।

गंगबु नजिकैको शान्ति दोहोरी साँझमा वेटरको काम गर्न थालिन् । राति १२-१ बजेसम्म खटिनुपर्ने । त्यहाँ ६ महिना जति वेटरको काम गरेपछि उनी धौलागिरि दोहोरी साँझमा काम गर्न थालिन् ।

दोहोरी साँझमा अनेकौ मान्छे आउँथे । गुण्डाहरु पनि आउथे । त्यहाँ आउने मध्येका एउटा केटाले उनलाई खुब मन पराउँदा रहेछन् ।  उनी भन्छिन्–‘मलाई मन पराउने व्यक्ति चरी, साजन भन्ने डनका केटाहरु थिए ।’ त्यो २०६६ बैशाख महिनाको कुरा हो ।

उनी सम्झदै भन्छिन्– ‘साँझ पर्न लागेको थियो । त्यो दिन दोहोरी साँझमा म होस्टेज (पाहुना सत्कार)मा परेको थियो । ड्रेसमै थिए । दोहोरी साँझका साहुहरु आएका थिएनन् । ऊ लगायत ३ जना केटाहरु आएर मलाई ट्याक्सिमा हालेर लिएर गए । कसलाई भन्नु । कराए । तर कसैले केही गर्न सकेनन् । थाहा थिएन् कहाँ लैजादैँ छन् भनेर ।’

पछि मात्र थाहा भयो, त्यो ठाउँ धुलिखेल रहेछ । त्यहाँ उनलाई एक महिना होटेलमै राखियो ।  मौन मुद्रामा उनी भन्छिन्–‘बाहिर निस्कन दिदैँनथ्यो । उसैले मेरो सानिआमालाई फोन गरेर विहे गरी मसँग भनेको थियो । ऊ बाहिर निस्कियो भने मलाई हात बाँधेर, मुख थुनेर राख्दिन्थ्यो । मलाई लागेको थियो, मलाई म बेचिसके ।’

एक महिनापछि त्यहाँबाट मलाई जवरजस्ती राति ट्याक्सीमा हालेर पोखरा पु¥यायो । पोखरामा पनि होटेलमै राख्यो । बाहिर जान दिदैँनथ्यो । होटेलमा रहँदा पिट्ने, जबरजस्ती गर्ने गथ्र्यो । ’ मेरो हातमा मोबाइल थिएन् । उनले मलाई विहे भैसके भनेर घरमा भन्न लगाउँथ्यो । धुलिखेल र पोखरामा बस्दा मलाई जबरजस्ती गरेकै कारण मेरो पेटमा गर्भ रह्यो ।  उनी अलि भावुक हुन् थालिन् । अनि मैले फेरि सोधे त्यसपछि ….?

‘नारीको जिवन सोचेको जस्तो कहाँ हुन्छ र ? बर्मा गए, कर्मसगैँ । बुबा यहाँ हुनुभएको भए खोज तलास गर्थे । मलाई खोजी गर्ने कोही भएन । मलाई जबरजस्ती गर्ने, कुटपिट गर्न थाल्योे । कुनै उपाय लागेन् । अब कर्ममै यही लेखेको रहेछ भनेर भोग्न बाध्य भए ।
होटलमा करिब ६-७ महिना राखेपछि मलाई पोखरामै कोठा लिएर राख्यो । त्यसपछि एकदिन पोखराकै गण्डकी अस्पतालमा बच्चाको जाँच गर्न गए । २०६६ चैत २३ गते डाक्टरले बच्चाको डेट तोके । विस्तारै ऊ परिवर्तन हुन थाल्यो । कोठामा कहिले आउने, कहिले नआउन गर्न थाल्यो ।  त्यसपछि सोनीया काठमाडौं आइन् । आफन्तकोमा बस्न थालिएन् ।  काठमाडौंको प्रसूती गृहमा उनको चैत्र २५ गते छोरा जन्मियो ।
छोरा पाएपछि…..
छोरा जन्मिएसगैँ उनी काठमाडौमा आफन्तकोमा बस्न थालिन् । करिब ४-५ महिना काठमाडौंमै कसिन् । उनी भन्छिन्–‘ म काठमाडौं आएको लामो समय हुँदा पनि लिन आएन । सम्पर्क विहिन भयो । फोन स्विचअफ थियो ।’
म झन् उत्सुक भए त्यसपछि ……??
त्यसपछि ऊ नआएपछि मैले उसलाई खोज्न धेरै कोसिस गरे । पोखरामै चिनेजानेको एक जना मजदुर संघका अध्यक्ष थिए । उनलाई फोन गरे । जसरीनी सम्पर्क गर्ने कोसिस गर्छु भने । उनले स्याङ्जाका माओवादीका इन्र्चाजलाई फोन गरेछन् । त्यहाँबाट उसलाई पत्ता लाग्यो । त्यो मान्छे उसैको साथि रहेछ ।

म ३÷४ महिनाको छोरो च्यापेर पोखरा गए । पोखराबाट हामी ४ वटा बाइक लिएर पोखराको घरबेटी, त्यो मजदुर संघको अध्यक्ष लगायत हामी स्याङ्जा गयौं ।
स्याङजा बजारसम्म उसको ठूलो बाबु र आमा लिन आए । त्यो दाईले सबै स्याङ्जाका माओवादीका इन्र्चाजलाई भनेका रहेछन् ।
सासुले के गर्ने गल्ती गर्यो अब दुःख गरेर खानुपर्छ भनिन् ।
घरमा पुगेपछि……..?
सोनियाको श्रीमानको घर गाउँमा रहेछ । ४÷५ महिनाको बच्चा च्यापेर उनी स्याङ्जा पुगेकी थिइन् ।
त्यही साँझ सोनीया र बच्चालाई घरमा भित्राए । अध्यारो रात थियो । त्यहि मध्येकी एक महिला घुकु घुक रुदैँ थिइन् ।

सोनीयालाई थाहा थिएन् को, किन रोहि रहेको छ । भोलिपल्ट मात्रै थाहा भयो । ति रुने महिला उसकै श्रीमानको पहिलो श्रीमती रहिछिन् ।

उनी भन्छिन्–‘मलाई खल्लो लाग्यो । म कसैको सौता भएर आएको रहेछु । आफूले आफूलाई धिकारे । उसको ८÷९ वर्षकी छोरी पनि थिइन् । ’
मलाई जिज्ञासा झन् बढ्न थाल्यो त्यसपछि …. ?

त्यसपछि उपाय थिएन । मैले मिलेरै बस्ने सोच बनाए । जेठि श्रीमती पनि पीडामा रहेछिन । श्रीमानले रक्सि खाएर सधँै कुटपिट गर्दारहेछन् । अति नै भएपछि बेलाबखत माइती गएर बस्ने रहिछिन् । आमा बुबाको झगडाले छोरीको स्कूल जाने ठेगान पनि नहुँदोरहेछ ।

सासु पनि छोराकै सपोर्ट गर्थिन् । दुई वटी श्रीमतीलाई तह लगाउन नसक्ने भन्दै कराउँथिन् । दुःख सुःख गरेर ३ वर्ष विताए । आफ्नो दुःख सुन्ने कोही थिएन ।

त्यसपछि सोनिया छोरो लिएर नुवाकोट माइत आइन् । माइतमा कसैलाई थाहा थिएन् घरपरिवारको अवस्था यस्तो छ भनेर । माइतीबाट भाईलाई लिएर उनी फेरि काठमाडौं आइन् । आफन्तले सहयोग गरे । काठमाडौंमै कोठा लिएर भाई, छोरा लिएर बस्न थालिन् ।

काठमाडौंमा अरु जानेको केही काम थिएन् । पुनः दोहोरीमै काम गर्न थालिन् ।

उनी भन्छिन्–‘त्यहाँ काम गर्दै गर्दा महिला मञ्चका साथीहरु भिजिटिङका लागि आएका थिए । उहाँहरुकै सम्पर्कमा गए । विभिन्न सिप सिके । अहिले २-३ वर्षदेखि त्यहि महिला मञ्चको कार्यसमितिको सदस्य छु । छोरो अहिले ८ वर्षको भयो । २ कक्षामा पढ्छ । दोहोरीको काम छोडिसके । श्रीमानले छोरा लैजान्छु भन्दै बेलाबखत धम्कि दिन्छन् । मैलो लैजान दिएको छैन् । कसरी दिऊ । यति दुःख गरेर हुँर्काएको छोरालाई । ’

मामाको छोरा पनि मेरो विवाह भयो भन्ने थाहा पाएपछि अहिलेसम्म नेपाल फर्कीएका छैनन् । मेरो विवाहको कारण नै आमाबुबा र मामाको सम्बन्ध राम्रो छैन । जारी तिर्नुपर्छ भन्दैथिए । बुबाले मिलाउनुभएछ ।’

छोराको जन्मदर्ता छैन ?

छोरा अहिले ८ वर्ष पुग्यो, तर जन्मदर्ता बनाएको छैन् । थाहा छैन बनाइदिन्छ कि दिदैँन् । छोरो लैजान्छु भन्दै धम्कि दिन्थ्यो ।
छोराको बाउसगँको सम्बन्धको मसँग कुनै प्रमाण छैन, मेरो नागरिकतामा पतिको नाममा मामाको छोराको नाम छ । अब जिन्दगीको समाधान के हो ? मलाइ थाहा छैन ।

उनी नागरिकता सच्याउनकै लागि गाउँ नुवाकोट पनि पुगिन् तर कानुनमा मामाका छोरा उनका श्रीमान छन् । नागरिकतामा उनको नाम छ । प्रतिलिपि बनाउनकै लागि डिभोर्सको प्रक्रिया चाल्नुपर्छ भन्यो तर मामाका छोरा नेपाल फर्किएका छैनन् । अब श्रीमानसँग कानूनी प्रक्रियाबाटै अधिकार लिने सोच बनाएको छु । पहिले आफू बस्ने वातारण तयार गर्दैछु । एक्लै जानुपर्यो खर्च हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: