नेमकिपाबाट सिर्जना सैंजु सिफारिस

प्रकाशित मिति :2017-12-28 16:48:15

–महिला खबर–

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा महिलालाई सिफारिस गरेको छ ।

पार्टीले विद्यार्थी नेता २७ वर्षीया सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो । सैंजु पार्टीको जनवर्गीय संगठन क्रान्तिकारी विद्यार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध छन्, भने पार्टीको सामान्य कार्यकर्ता हुन् ।

यसअघि समेत नेमकिपाले समानुपातिकबाट युवा महिलालाई नै सभासद् बनाएको थियो ।

पहिलो संविधानसभामा नेमकिपाले २३ वर्षीया लिला न्याइच्याईलाई सभासद् बनाएको थियो । २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनायो ।

प्रतिनिधिसभामा पार्टीले थ्रेसहोल्ड कटाउन सकेन । सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट मात्रै जितेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: