न्यायको पक्षमा लड्दा अन्यायमा परे नर्स

प्रकाशित मिति :2018-01-07 15:38:10

-महिला खबर-

कठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्स त्रजिना जति  र सजना देउला न्यायको पक्षमा लड्दा आफै अन्यायमा परेका छन् ।

पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिलाई गत साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले एक्कासी निस्कासन गरेको पत्र थमाएयो । नर्स त्रजिनाका अनुसार कर्मचारी भर्ना लगायतका विषयमा अस्पताल प्रशासनको मनपरी विरुद्ध उनले आवाज उठाउन थालेपछि अस्पताल प्रशासनले उनलाई विना कुनै सुचना निस्कासन गरेको हो ।

‘म निष्कासित हुनुको प्रसंगसँग जोडिन आउँछ टेक्निसियन विकास महर्जनलाई बिनाकारण गरिएको निष्कासनको घटना । सायद आफ्नो नजिकका टेक्निसियन राख्ने प्रपञ्चले हुनसक्छ, महर्जनलाई कुनै गल्ती बिनै निकालिएको थियो । यसबारे मैले विरोध जनाउनु मेरो गल्ती ठानियो ।’ त्रीजिनाले भनिन् ।

केन्द्रले आफन्त र भनसुनका भरमा कर्मचारी राख्ने प्रवृत्तिविरुद्ध बोलेकाले नै आफू अस्पताल प्रशासनको निशानामा परेको उनको आरोप छ ।

‘केन्द्रले डायलाइसिस ट्रेनिङ गरेका अनि सोही केन्द्रमा काम गरिरहेकाहरुलाई मात्र भर्ना प्रक्रियामा समावेश गराइने भनिए पनि ट्रेनिङ नलिएका चिनजानकालाई परीक्षामा सामेल गराइयो । तर, विगत दुई वर्षदेखि अस्पतालमा भोलिन्टियर खटाएर, लाजगालले हालै मात्र ’सेसन बेसिस’मा काम लगाइएका सजना देउला लगायतका नर्स छनोटमा परेनन्’त्रीतिनाले भनिन् ।

लामो समय भोलेन्टिएरका रुपमा काम गरेर अस्पतालले खोलेको ‘भ्याकेन्सी’को लिखितमा पहिलो नम्बरमा नाम निकालेकी नर्स सजना देउलालाई अन्तर्वार्तामा फेल गराइएको थियो ।

लिखितमा पनि राम्रो अंक ल्याएकी देउलालाई अन्तर्वार्तामा किन फेल गरियो भन्ने विषयमा उनी बोलेकी थिइन् । त्यसपछि तुरुन्तै अस्पतालले नर्स त्रजिनालाई निस्कासन गरेको पत्र थमाएको थियो ।

अन्याय विरुद्ध बोल्दा आफूमाथि पनि अन्याय भएपछि न्यायका विषयमा उनले स्वास्थ्य मन्त्रालय, नर्सिङ एसोसियसन लगायतमा उजुरी गरेकी थिइन् ।
त्यस्तै सजना देउला सात महिनादेखि आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलोमा न्याय खोज्दै छिन् । तर अहिलेसम्म न्याय पाउने झिनो आशा समेत नदेदिएको उनी बताउछिन् ।

केन्द्रमा डेढ वर्षभन्दा बढी भोलेन्टिएरका रुपमा काम गराएको र त्यसपछि ‘सेसन बेस्ड’ भन्दै सात दिन काम लगाएर चार दिनको मात्रै पारिश्रमिक दिएको उनले बताइन् ।

यतीमात्र होइन्, अस्पतालले निकालेको भ्याकेन्सीमा उनले लिखितमा पहिलो नम्बरमै नाम निस्कियो । तर, अन्तर्वार्तामा उनलाई फेल गरियो । ‘इमर्जेन्सीमा काम गर्दा म चाँडै खाजा खाएर ड्युटीमा जान्थेँ । दिदीहरुले तिमीलाई दिइएको आधा घन्टा त रेस्ट गर भन्नुहुन्थ्यो’उनले भनिन् । निस्वार्थ भावनाले बिरामीको सेवा गरिरहेकी उनलाई अस्पतालले उनको यो सेवाको मूल्यांकन नगरि खाइपाइ आएको ‘सेसन बेस्ड’ जागिरबाट समेत निकालिइन् ।

‘यो लडाइँबाट कुनै पनि हालतमा पछि हट्दिनँ । सत्यको लडाइँ लडिरहेकी छु । ज्यान दिनु परे पनि सत्यकै लागि दिन्छु’ सजनाले भनिन् । स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिन गर्न तीन वटा समिति बनाएको थियो । तर दुई वटा समितिले त छानबिनको सुरसार नै गरेका छैनन् ।

मन्त्रालयले पीडित पक्षका मान्छे नै सहभागी नगराई छानबिन ग¥यो । छानबिन प्रतिवेदन पीडितका पक्षमा आएन । बरु उल्टै सम्झौताका लागि बाध्य पारिएको उनीहरुले बताएका छन् ।

अहिले उनीहरुलाई साथ दिदै केन्द्रका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । केन्द्रले बिना सूचना नर्सहरुलाई निकालेकोे विरोधमा शनिबारबाट स्वास्थ्यकर्मीहरु कालोपट्टी बाँधेर काम गरेका छन् ।

यो विषयमा स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहेको बताए पनि रिपोर्ट निष्पक्ष आउनेमा आशंका गरेका छन् । नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष तथा नर्सिङ क्षेत्रबाट छानबिन सदस्य गंगा थापाले छानविन समितिले सकारात्मक निर्णय नगरेमा आन्दोलनमा जाने बताईन् ।

‘हिजो बसेको समितिको बैठकबारे मलाई जानकारी गराईएन । यदी नर्सहरुको पक्षमा निर्णय सकारात्मक आएन भने आन्दोलनमा जान्छौं’ अध्यक्ष थापाले भनिन् ।
संघले स्वास्थ्य मन्त्रीसंग छलफल,वार्ता र अन्यायमा परेका नर्सहरुले न्याय पाउनुपर्छ भन्दै दबाबमुलक कार्यक्रम समेत गरिरहेको उनले बताईन् ।

आन्दोलरत नर्सहरूलाई कारवाही गर्न मन्त्रालयलाई पत्र

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले  उल्टै काम प्रभावित भएको भन्दै आन्दोलनरत पक्षलाई कारबार्हीको माग गर्दै मन्त्रालयमा पत्र पठाएको छ । केन्द्रले आन्दोलनरत नर्सलाई कारवाही होस् भनी स्वास्थ्य मन्त्रालयमा पुस १८ गते पत्र पठाएको छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा केन्द्रमा पुस १८ गते बसेको राजनीतिक दलहरूको सर्वदलिय बैठकले नर्सहरूलाई कारवाही होस् भनी पाँच बुँदे निणर्य गरेका छन् ।

राजनीतिक दलहरूको बैठकले नर्सिङ्ग जिता बराल, दिया भण्डारी, हेल्थ असिस्टेन्ट चन्द्र थापा र मेडकल असिस्टेन्ट रनिल श्रेष्ठले केन्द्रको सेवामा बाधा पु¥याएको भन्दै कारवाहीका लागि सम्बन्धित निकाय, स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: