महिनावारी हुँदा कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु

प्रकाशित मिति :2018-01-08 10:31:09

–महिला खबर–

भारत । भारतको अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गरेकी सांसद निनाङ एरिङले महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिनु पर्ने कानून बनाउन लोकसभा संसदमा विधेयक दर्ता गरेकी छिन् ।

विधेयक दर्तासगैँ महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । कांग्रेस सांसद एरिङले पेश गरेको उक्त विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग सम्बन्धित पहिलो विधेयक हो ।

विधेयकमा सरकारी तथा निजी कार्यालयमा काम गर्ने महिलालाई महिनामा २ दिन महिनावारी बिदा दिनु पर्ने प्रस्ताव राखिएको छ । महिनावारी हुँदा महिलालाई पीडा हुने हुँदा उनीहरुलाई आराम दिनु पर्ने सांसद एरिङको जोड दिएकी छिन् ।

आफ्नो घर परिवारका महिलाको दुःख देखेर नै यो विधेयक संसदमा ल्याएको उनको भनाइ छ । यो विधेयक संसदबाट पारित भएमा भारतका कामकाजी महिलाले महिनामा दुई दिन महिनावारी बिदा पाउने छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: