आत्महत्याको कारण घरेलु हिंसा

प्रकाशित मिति :2018-01-09 11:34:18

–महिला खबर–

काठमाडौं । डोटीकी लक्ष्मी विष्ट घरमा आत्महत्या गरेको अवस्थामा भेटिइन् । गत मंसिर १६ गते राति जोरायल गाउँपालिका वडा नं १ की २५ वर्षीया लक्ष्मी घरमा झुण्डिएको अवस्थामा फेला गरेकी हुन् ।

मृतकका दाजु गणेश विष्टले बहिनीको आत्महत्याको प्रमुख कारण नै घरेलु हिंसा भएको बताए । उनले भने, ‘श्रीमान खड्क बोहोराले बहिनीलाई दिनदिनै रक्सि खाएर कुटपिट गर्ने, मानसिक तनाब दिने गर्थे । त्यहि कारण मेरो बहिनीले अकालमै आत्महत्या गरिन् ।’

गणेशका अनुसार लक्ष्मीले आत्महत्या गरेको दिन समेत खड्कले रक्सी खाएर कुटपिट गरेका रहेछन् । ‘बहिनीको आँखाको माथिल्लो भागमा चोट थियो ।’ उनले भने ।

घटनाको अनुसन्धानका लागि गणेशले प्रहरीलाई जाहेरी दिएका छन् । प्रेम विवाह गरेका उनीहरूका दुई सन्तान छन् । लक्ष्मी गाउँकै विद्यालयको शिक्षक थिइन् ।

गत साउन २४ गते बाग्लुङकी एक महिलाले आत्महत्या गरिन् । दाङ घर भएकी बाग्लुङ पैयुँपाटा बस्दै आएकी २१ वर्षीया विष्णु सार्कीले आफ्नो कोठामा आत्महत्या गरेकी हुन् ।

विष्णुले दाङका देवाराज क्षेत्रीसँग प्रेम विवाह गरेकी थिइन् । उनीहरूबीच विवाहको केही दिन सम्बन्ध राम्रो भएपनि विवाहको छोटो समयमै पारिवारिक खटपट सुरु भएको प्रहरीको अनुसन्धानमा देखिएको थियो । श्रीमान र श्रीमतीबीच खटपट र हिंसा नै आत्महत्याको मुख्य कारण रहेको छिमेकीहरूले बताएका छन् ।

रामेछाप बेतालीकी २० वर्षीया एक युवतीको आत्महत्याको कारण पनि घरेलु हिंसा नै देखियो । श्रीमानले हेला गर्ने र यातना दिने गरेकै कारण उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

नेपाल प्रहरीको तथ्यांकले समेत महिलाहरूको आत्महत्याको दर बढेको देखाउँछ । तीन वर्षको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७३-०७४ मा आत्महत्या गर्ने पाँच हजार एक सय २४ मध्ये दुई हजार एक सय ५७ जना महिला छन् ।

आव ०७२-७३ मा ४ हजार ६ सय ६७ मध्येले आत्महत्या गर्ने महिला दुई हजार ६२, आव ०७१-७२ मा ४ हजार ३ सय ३२ मध्ये एक हजार ९ सय १४ महिला थिए ।

आत्महत्या गर्ने मध्ये अधिकांश महिलाले घरेलु हिंसाकै कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता नवराज नेउपाने भन्छन्, ‘महिला आत्महत्याका कारण मध्ये प्रमुख कारण घरेलु हिंसा पनि हो । जब श्रीमान श्रमतीबीच खटपट हुन्छ, तब हिंसा सुरु हुन्छ । जसले डिप्रेशन हुन्छ । अन्यमा महिला आत्महत्या गर्न बाध्य हुन्छिन् ।’

नेपालमा झुन्डिएर, विष सेवन गरेर, आगो लगाएर, डुबेर, हाम फालेर, धारिलो हतियार प्रयोग गरेर, करेन्ट लगाएर आत्महत्या गर्ने गरेको पाइन्छ ।

सन् २००८ र २००९ मा सुरक्षित मातृत्वले गरेको एक अध्ययनका क्रममा नेपालमा प्रजनन् उमेरका महिलाको मुत्युदर १६ प्रतिशत रहेको र त्यसको कारण आत्महत्या रहेको पाइएको थियो ।

यस्तै विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ नम्बरमा पर्दछ । स्वास्थ्य संगठनकै अनुसार महिला आत्महत्या गर्ने देश मध्ये नेपाल तेस्रो स्थानमा पर्दछ । हाम्रो देशमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको असामयिक मृत्युको कारण नै आत्महत्या लिने गरिएको छ ।

मनोचिकित्सक डा. लता गौतम भन्छिन्, ‘महिलाहरू आत्महत्याको एउटा कारण घरेलु हिंसा पनि हो । मान्छेमा डिप्रेसन विभिन्न कारणले उत्पन्न हुने गर्दछ ।

जस्तो श्रीमान,श्रीमतीबीचको झैँझगडा, प्रेमीप्रेमिकाबीच बिछोड, श्रीमानले अत्यधिक रक्सी÷मादक पदार्थ सेवन गर्नु, झगडा, दोस्रो विवाह गरेमा वा श्रीमतीलाई लुकाएर अर्को सम्बन्ध राखेको, वैदेशिक रोजगारबाट तनाव, अंशबन्डाको झगडा, सासूबुहारी बीचको झगडा लगायत थुप्रै कारणले सामाजिक, आर्थिक तथा व्यक्तिगत तनाव उत्पन्न हुन्छ । जसले मान्छे आत्महत्या गर्न बाध्य हुन्छ ।’

कसरी जोगिने

आत्महत्याका कारणमध्ये पारिवारिक कलह, श्रीमान श्रीमतीबीचको सम्वन्धमा समस्या, विश्वासको कमी र पारिवारिक असहयोगलाई लिन सकिन्छ । जसले आत्महत्या गर्ने सोचाई आउने गर्दछ । त्यसका लागि परिवारिक सहयोगको भावना, माया, प्रेम, विश्वास र राम्रो सम्वन्ध आत्महत्या रोक्नका लागि सहयोगी हुन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: