गर्भपतन गर्न दुई माना चुक

प्रकाशित मिति :2018-01-09 11:26:30

गर्भपतन सेवा प्रभावकारी बन्दै

–बन्दना बम–

डडेल्धुरा । नेपाल सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको छ । तर त्यसको सहज उपलब्धता नहुँदा गाउँघरका महिलाहरूले परम्परागत तरिकाले ज्यान जोखिममा राख्दै गर्भपतन गर्ने गरेका थुप्रै उदाहरण सुन्न र देख्न सकिन्छन् ।

डडेल्धुराको गन्यापधुरा–२ की धौली कार्कीको अनिच्छित गर्भ बस्यो । उनले गर्भ फाल्न चाहिन् । गाउँमा गर्भपतन सेवा थिएन । गर्भपतन गर्न जिल्ला अस्पताल जानुपर्दथ्यो । दिनभर हिडेर जिल्ला अस्पताल जान उनलाई सम्भव थिएन । त्यसैले पेटको गर्भ फाल्ने बारे पुराना महिलाहरूको अनुभव सुनेकी उनले दुई माना चुक (अमिलो) एकै साथ खाइन् । सकिनसकी गह्रुंगो भारी बोकिन । तर पनि गर्भ खसेन । त्यसपछि उनले बाध्य भएर पाँच हजार पैसा तिरेर एउटा नीजि क्लीनीकमा गर्भ खसाइन् ।

बच्चाको रहर पुगिसकेकाले गर्भपतन गर्न चाहेको तर गाउँमा त्यो सेवा नहुँदा आफूले दुख पाएको उनको भनाइ छ । अब त गाउँठाउँमै यो सेवा पाउने भएपछि गर्भपतन गराउन चाहाने महिला दिदी बहिनीहरूले सहजै सेवा लिइरहेको उनी बताउछिन् ।

गर्भपतन सेवा प्रभावकारी बन्दै

जिल्लामा पछिल्लो समय गर्भपतन सेवा प्रभावकारी बन्दै गइरहेको छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा निःशुल्क गराएपछि यो सेवा प्रभावकारी बनेको हो ।

२०७३ साल मंसिरदेखि निःशुल्क गर्भपतन सेवा लागु गरे पश्चात सेवा प्रभावकारी बनेको सेवा प्रदायकहरूको भनाइ छ । यस आर्थिक वर्षमा मात्रै परशुराम नगरपालिका ६ साँदनीमा रहेको साँदनी स्वास्थ्य चौकीबाट ५० जनाले गर्भपतन सेवा लिएको सुरक्षित गर्भपतन सेवा प्रदायक माया अवस्थीले जानकारी दिइन् ।

त्यस्तै देवल दिव्यपुर स्वास्थ्य संस्थामा असार यता २४ जनाले सुरक्षित गर्भपतन सेवा लिएको सेवा प्रदायक बागमती कठायतले बताईन् । अन्य स्वास्थ्य संस्थाहरूमा पनि यो सेवा प्रभावकारी बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पहिले महिलाहरू गाउँमा गर्भपतन सेवा लिन लाज मानेर टाढा जाने गरेको तर अहिले निर्धक्क भएर सेवा लिन आउने गरेको नवदुर्गा स्वास्थ्य चौकीका अहेव तारा भट्टले जानकारी दिए ।

पहिले ग्रामीण भेगका महिलाहरू गर्भपतन सेवा निःशुल्क छ भन्ने थाहा नहुँदा महंगो पैसा तिरेर नीजि क्लिनिक र मेडिकल जान बाध्य थिए । सेवामा पहुँच पुगाउन सामुदायिक संवाद बैठकले अझ सहयोग गरेको आमा समुहकी अध्यक्ष भागरती धामीले बताईन ।

बैठकबाट जिल्लाका १२ वटा स्वास्थ्य संस्थाले निःशुल्क गर्भपतन सेवा दिंदै आएको कुरा थाहा पाएको धामीले बताइन् । त्यस्तै ९ हप्तासम्मको गर्भपतन गाउँकै स्वास्थ्य संस्थामा हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगवुढा अस्पतालबाट दिइने भएपछि सेवाग्राही लाभान्वित भएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: