यूएईमा ८ महिलासहित ८४ नेपालीको मृत्यु

प्रकाशित मिति :2018-01-09 16:42:54

-महिला खबर –
काठमाडौं । यूएईमा एक वर्षको अवधिमा ८ महिलासहित ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीमा युएई पुगेका नेपालीहरूको सो संख्यामा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ ।

मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरू २६ प्रतिशत रहेका छन् । नेपाली दूतावास अबुधावीका अनुसार ४ वर्षको रेकर्ड हेर्दा सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो ।

यूएईमा नेपाली कामदारहरूको सरकारी तथ्यांक नभए पनि करिब दुई लाख ५० हजार नेपाली कामदार भएको अनुमान गरिन्छ । खासगरि यूएईमा नेपाली महिलाहरू घरेलु कामदार लगायतको क्षेत्रमा जाने गर्दछन् ।

यसैबीच वैदेशिक रोजगारमा गएका महिला मध्ये सन् २०१७ मा विभिन्न समस्याका कारणले १४ जना महिलाहरू नेपाल फर्कीको पौरखी नेपालले जननाएको छ । संस्थाको तथ्यांक अनुसार सो अवधिमा २०१७ मा चोटपटकका कारण ७ जना, बच्चा सहित २ जना, गर्भ सहित ५ जना नेपाल फर्कीको जनाएको छ । यस्तै सन् २०१६ मा चोटपटकका कारण १६ जना, बच्चा सहित १ जना र गर्भ सहित पाँच जना नेपाल फर्किएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: