श्रीमान नेपाल आए, घर आएनन्…….

प्रकाशित मिति :2018-01-09 16:45:06

–महिला खबर–
काठमाडौं । वैदेशिक रोजगारीका निम्ती साउदी पुगेर नेपाल फर्किएका श्रीमान घर नआएपछि एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छिन् ।

पाँचथर फिदिम नगरपालिका ११ सेजेपाका ३९ वर्षका शेर बहादुर तामाङ साउदीबाट नेपाल फर्किएको १६ दिन पुगिसक्दा समेत श्रीमान घर नआएपछि खोजी गरिदिन हरीमाया तामाङले आग्रह गरेकी हुन् ।

महिला खबरसँग कुरा गर्दै श्रीमती हरीमायाले भनिन्, ‘श्रीमान साउदीबाट नेपाल हिँडेका आज १६ दिन पुग्यो, तर सम्पर्कमा हुनुहुन्न । विदेशमा रहेका उहाँका साथीहरूसँग पनि सोधे हिँडिसक्यो भन्छन् ।’

शेर बहादुर दोस्रो पटक वैदेशिक रोजगारिबाट नेपाल फर्कदै थिए । हरिमायाले भनिन्, ‘कमाउन गएको श्रीमान बेपत्ता भएपछि हामीलाई ठूलो चिन्ता लागेको छ । काठमाडौं, झापा तथा अन्य ठाउँमा रहेका नातागोतामा सोधिसक्यौं, केही पत्ता लागेन ।’ साउदीबाट हिँड्ने दिनसम्म फोन भए पनि त्यसपछि भने सम्पर्क नभएको हरिमायाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: