देशभरका नर्सहरु कालोपट्टी बाँधेर काममा, माग पुरा नभए काम छाड्ने चेतावनी

प्रकाशित मिति :2018-01-11 12:27:50

-महिला खबर-

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट बिनाकारण निकालिएका नर्सहरूको पुनर्वहालीको माग गर्दै आएका देशभरका नर्सहरुले विरोधस्वरुप आज हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् ।

माग पुरा नभए भोलिदेखि ३० गतेसम्म सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म दैनिक १ घण्टा काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल नर्सिङ संघले ११ बुँदे माग सार्वजनिक गर्दै नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । आफ्ना मागहरु पुरा नभए माघ १ देखि ३ गते सम्म ३ घण्टा काम नगर्ने र क्रमश सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने घोषणा गरेका छन् ।

नर्सद्वारा आन्दोलन घोषणा, यस्ता छन् ११ माग

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: