निर्वाचित महिला जनप्रतिनिधिलाई तालिम

प्रकाशित मिति :2018-01-14 11:21:09

–महिला खबर–

काठमाडौं । जनप्रतिनिधिहरूलाई नयाँ संरचना अनुसार स्थानीय तहलाई प्रत्यायोजन गरेका अधिकारहरू, त्यसको कार्यान्वयनको प्रक्रियासहित न्यायिक कानूनहरूका बारेमा जानकारी गराइएको छ ।

भक्तपुर नगरपालिकाका स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिको लागि जागरण नेपालले आयोजना गरेको दुई दिने नेतृत्व विकास तालिममा यस्तो जानकारी गराइएको हो । निर्वाचित जनप्रतिनिधिहरूको भूमिका, जिम्मेवारी तथा काम कर्तव्य अधिकारका विषय, नेतृत्व विकास, जन वकालत जस्ता विषयमा जानकारी दिई कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले तालिम दिइएको हो ।

तालिमका सहभागीहरूले आफ्ना काम, कर्तव्य र अधिकारका विषयमा स्पष्ट नभएका कारण काम गर्न समेत अप्ठ्यारो परेको अवस्थामा तालिम ज्यादै फलदायि रहेको बताए । कार्यक्रममा विषय विज्ञहरूद्वारा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत भएका थिए ।

कार्यक्रमको उद्घाटन शत्रमा भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनप्रतिनिधिहरूलाई राष्ट्रको समृद्धिको लागि क्रियाशील रहन र स्थानीय नागरिकहरूलाई सहज रुपमा सेवा प्रदान गर्न समेत सुझाव दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: